नेपालमा एक प्राथमिक विद्यालयमा शिक्षकको रूपमा काम गरेका भुवन खड्का सन् २००८ साल मा विद्यार्थी भिसामा अस्ट्रेलिया आएका थिए। अहिले, झन्डै एक दशक पछि, उनि पश्चिम अस्ट्रेलियाली ग्रीन्स पार्टी द्वारा राज्य चुनावको लागि उम्मेदवारको रूपमा मनोनित गरिने नेपाली मूलका पहिलो व्यक्ति भएका छन्। आगामी मार्च महिना मा हुने उक्त चुनावमा बेलमोन्ट नामक स्थान बाट खड्काले ग्रीन्स पार्टीको प्रतिनिधित्व गर्दै छन्। चुनावमा उठ्नुको आफ्नो लक्ष्यबारे भुवन खड्काले एसबीएस नेपालीलाई यसो बताए।
Share