शनिवार मध्य सिड्नी सहर स्थित टाउन हल अगाडी भेला भएका सयौँ प्रदर्शनकारीहरूले हंगकंग चीनको भाग भएको भन्दै "चीन अमर रहोस्" लगायतका नाराबाजी गरेका थिए। सोही दिन झन्डै पाँच सय प्रदर्शनकारीहरूले हंगकंगमा "प्रहरी दमन" अन्त्य हुनुपर्ने भन्दै प्रजातन्त्रको माग सिड्नीमा गरेका थिए।
अस्ट्रेलियाली राजनीति र विश्वविद्यालयमा चिनियाँ हस्तक्षेप बढ्दै गएको भन्दै मोरिशन सरकारकै केही सांसदहरूले चिन्ता व्यक्त गरिँदा, हंकंगका प्रदर्शनकारीहरूको समर्थनमा सिड्नी लगायतका अस्ट्रेलियाका केही विश्वविद्यालयहरूमा पनि कार्यक्रमहरू आयोजना भएका छन्।
अस्ट्रेलियाली विश्वविद्यालयमा समर्थक र विरोधी पक्षहरू बिच झडप भएका समाचारहरू पनि आएका छन्।
पूरा रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्

गए ११ हप्ता देखि चलिरहेको प्रदर्शनलाई अस्ट्रेलिया बाट हेरिरहेका हंगकंग नागरिकहरूले आफूहरू उक्त अवस्था प्रति चिन्तित रहेको बताएका छन्।
अस्ट्रेलियाली प्रतिनिधि सभामा निर्वाचित हुने पहिलो चिनिया पृष्ठभूमि कि सांसद ग्लाडिस लू को विचार पनि त्यस्तै रहेको छ। हंगकंगमा जन्मिएकी उनले आफ्नो जन्म सहरमा हाल भोगिएका पीडालाई आफूले बुझेको बताउँछिन्।
चिनिया मूल भूमि र हंगकंग बिच आपराधिक सुपुर्दगी सन्धि हुने प्रस्तावको विरोध बाट सुरु भएको प्रदर्शन अहिले उक्त सहर कि कार्यकारी प्रमुख क्यारी ल्याम र उनको प्रशासनका साथै हंगकंगको मामिलामा चिनिया सरकारको प्रतक्ष्य हस्तक्षेपको विरुद्ध आफूहरूले आवाज उठाइरहेको प्रदर्शनकारीहरूको भनाइ छ।लिबरल सांसद लूले भने हंगकंग सरकार र प्रदर्शनकारीहरूले वार्ता मार्फत शान्ति स्थापनाको लागि पहल गर्नु पर्ने बताएकी छन्।
ग्लाडिस लू को उक्त भनाइको अस्ट्रेलिया हंगकंग लिङ्क नामक समूह कि प्रवक्ता जेन पून ले भने आलोचना गरेकी छन्। हंगकंगमा जन्मिएकी व्यक्ति बाट सरकार र स्थानीय प्रहरीको आलोचना नभएको देख्दा आफूलाई दुख लागेको उनले बताइन।

अर्कोतर्फ विपक्षी लेबर पार्टीका नेता एन्थनी अल्बनेज़ीले चाहिँ हंगकंगमा जारी पछिल्लो अवस्था प्रति आफू चिन्तित रहेको भन्दै स्थानीय बासिन्दाहरू प्रति आफ्नो समर्थन रहेको पनि उनले बताएका छन्।गए केही हप्ता यता हंगकंगको स्थितिलाई लिएर अस्ट्रेलियाली चिनिया समुदायमा पनि विभाजन स्थापना भएको बताइदा, सिड्नी र क्वीन्सल्याण्ड लगायतका केही विश्वविद्यालयहरूमा दुवै पक्षका समर्थकहरू बिच झडप भएको समाचारहरू पनि आएका छन्।
यसै क्रममा चिनिया कम्युनिस्ट पार्टीका आलोचक रहेका रेडियो उद्घोष क बिन लिन भन्छन् कि हंगकंग प्रदर्शनकारीहरू प्रतिको आफ्नो समर्थनका कारण आफू माथि धम्कीहरू पनि आउन सुरु भैसकेका छन्।





