समाबेश बिषयहरु
- २९ प्रतिशत अशक्तता मानिसहरू भएका बहुसास्कृतिक समुदायका
- के सरकारी अशक्तताको सेवा नेपालीले पनि पाउँछन्
- सेवा लिने क्रममा हिंसा वा शोषणको सिकारमा परे के गर्ने
सुचनाहरुको पहुँचमा अवरोधका कारण यस्ता विभिन्न समस्या भोगी रहेका मानिसहरूलाई सहज ढङले आफ्ना समस्याहरूका बारेमा आयोग समक्ष कुराहरू राख्न हालै विभिन्न भाषामा व्याख्यात्मक भिडियो सन्देश पनि जारी गरिएको छ । जसमा अरबिक,भियतनामी ट्यागलन,चीनीया,सामोन र हिन्दी भाषाहरूमा व्याख्यात्मक सन्देश जारी गरिएको छ ।
हाल यो भिडियो सन्देश नेपाली भाषामा भने उपलब्ध गरिएको छैन ।
शाही आयोगका अध्यक्ष रोनाल्ड स्याकभिल भन्छन्, “ हामी बहुसास्कृतिक समुदायका अपाङ्गता भएका मानिसहरूका समस्याहरू बुझ्न चाहान्छौ,बहुसास्कृतिक समुदायको परिभाषा ठुलो छ, कोही अस्ट्रेलियामा स्थापित भइसकेका छन् भने अन्य समुदाय अस्ट्रेलिया हालसालै आएका छन्। ”
बहुसास्कृतिक समुदायमा अशक्त मानिसहरूको पुष्टभुमी र उनीहरूको समस्याहरू बुझ्नका लागि डिजिटल माध्यम बाट गरिएको आह्वानले मानिसहरूलाई समस्याहरूका बारेमा जानकारी गराउन सहज हुने आशा गरिएको छ ।

शाही आयोगका अधिकारीहरू हिंसा दुरुपयोग उपेक्षा वा शोषणका समस्या कसैले भोगिरहेका छन् भने यसका बारेमा स्मार्ट फोन,कम्प्यूटर चिठी वा इमेल मार्फत बुझाउन आग्रह गर्छन् ।
हाल सम्म १५०० भन्दा बढी यस्ता समस्याहरू आयोगमा दर्ता भई सकेका छन् भने साढे पाँच हजार फोन कलहरू आई सकेका छन् ।
आफ्ना समस्याहरू राख्नका लागि अङ्ग्रेजी भाषाको दखल नभएकाहरूले आफ्नै भाषामा भिडियो वा अडियो रेकर्ड गरी पठाउन सक्छन् । अथवा फोन मार्फत सम्पर्क गरी आफ्ना समस्या राख्न सक्छन् ।

अस्ट्रेलियन तथ्याङ्क विभागका अनुसार अस्ट्रेलियाको कुल जनसङ्ख्याको करिब १७ प्रतिशत अर्थात् करिब ४० लाख मानिस अशक्त छन् ।
यसैगरी अशक्तता भएका २९ प्रतिशत मानिसहरू बहुसास्कृतिक समुदायका छन् र २५ प्रतिशत घरमा अङ्ग्रेजी भाषाका प्रयोग गदैन्न ।
अपाङताता सम्बन्धी सरकारको यो सहयोग कार्यक्रम कसले लिन सक्छ ?
६ वर्ष देखि ६५ वर्ष सम्मका मानिसहरू जो शारीरिक वा मानसिक रूपमा अशक्त हुन्छन् उनीहरू सरकारका यो यो कार्यक्रम सहभागी हुन सक्छन् । तर यो सेवा केवल अस्ट्रेलियामा स्थायी भिसामा हुन्छन् वा नागरिकहरूका लागि मात्र उपलब्ध छ ।

अपाङ्गता भएका नेपालीहरूको अवस्था
अस्ट्रेलियामा अपाङ्गता सेवा लिनेमा नेपाली मूलका मानिसहरू पनि रहेको रहेको यो क्षेत्रमा कार्यरत अन्जना के सी बताउँछिन् ।
बहुसास्कृतिक समुदायमा अपाङ्गता भएका मानिसहरूलाई सूचना र समन्वयको क्षेत्रमा कार्य गरिरहेकी अन्जना भन्छिन् “ बहुसास्कृति र भाषिक समुदायका मानिसहरू माझ हामीले काम गछौ , मैले हेर्ने जेन्टर्जज र क्यान्टरबेरी क्षेत्रमा मात्रै पनि २०–२५ जना यस्ता सेवा लिई रहेका नेपालीहरू हुनुहुन्छ "
उनले एथनिक कम्युनिटी सर्भिस ओपरेटिभ नामक संस्था सँग आबद्ध भई विशेष गरी नेपाली समुदायमा सरकारले प्रदान गदै आइरहेको राष्ट्रिय अपाङ्गता सेवामा जोडिएका वा जोडिन चाहनेका लागि समन्वयकर्ताको भूमिका निवार्ह गरिरहेकी छन् ।
उनीहरूमा परेका समस्या र यसका बारेमा जानकारी गराउने उनको मुख्य कार्य हो ।

"सांस्कृतिक र भाषिक अवरोध राष्ट्रिय सेवा प्रदायकका लागि पनि समस्या बनिरहेको छ ।
हाम्रै समुदायमा पनि अङ्ग्रेजी बोल्न र जवाफ फर्काउन नसक्नेहरूले धेरै हुनुहुन्छ र यसैका कारण शोषणमा परिरहेका हुन्छौ आफ्नो समस्याहरू राख्न हामीले सहयोग गएका छौ ” अन्जना भन्छिन् ।
“तर विडम्बना भनौँ यो सेवा केवल अस्ट्रेलियामा स्थायी भिसामा हुन्छन् वा नागरिकहरूका लागि मात्र उपलब्ध छ "
शाही आयोगले जुन सुकै सांस्कृतिक वा भाषिक समुदायको भए पनि समस्याहरूलाई अनुवाद गरेर अनुसन्धान गर्ने बताएको छ।
शाही आयोगको अन्तिम रिपोट अप्रिल २०२२ मा उपलब्ध हुनेछ । यदी तपाई आफ्ना समस्या दर्ता गर्न चाहानुहुन्छ भने १३१ ४५० मा फोन गर्नुहोस ।




