वेस्टर्न अस्ट्रेलियाको राजधानी शहर पर्थमा आगामी शनिबार हुने नेपाल महोत्सव पछि त्यहाँका बासिन्दाहरुले नेपाललाई राम्रोसँग चिन्ने बताउँछन् उक्त महोत्सवको आयोजक टोलीका एक सदस्य। गैर आवासीय नेपाली संघ एन आर एन अस्ट्रेलिया द्वारा प्रत्येक दुइ बर्षमा आयोजना गरिने उक्त महोत्सवको यस पटकको पहिलो संस्करण ३१ मार्चको दिन हुँदै छ। आयोजक टोलीका सदस्य दीपक शर्माका अनुसार महोत्सवले नेपाली खाना, सङ्गीत र संस्कृतिको प्रचार गर्न सहयोग गर्ने छ। नेपाल महोत्सवबारे शर्माले एसबीएस नेपालीलाई यसो बताए।
Share
