SKIP TO MAIN CONTENT

खालीसिसि: फोहोरबाट मोहर बनाउने आयुसीको नेपाली सफलता

Aayushi KC (centre) with her Khaalisisi friends in Kathmandu.
Aayushi KC (centre) with her Khaalisisi friends in Kathmandu. Source: Supplied

सन् २०१७ मा आफ्नो विवाह पछि फोहोर व्यवस्थापनको लागि नयाँ व्यवसाय सुरु गर्ने आफ्नो योजना रहेको बताउँदा धेरैले आयुसी केसीलाई परिवार सुरु गर्नु सट्टा किन फोहर उठाउने भनी सोधेका थिए। अहिले २७ वर्षे आयुसी खालीसिसि नामक एक सफल 'रिसाइक्लिंग" व्यवसाय सञ्चालन गर्दछिन्। आयुसीका सपना, भविष्यका योजना र उनको कामको चुनौतीमा केन्द्रित एसबीएस नेपालीसँगको कुराकानी।


Published

Updated

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

सन् २०१७ मा आफ्नो विवाह पछि फोहोर व्यवस्थापनको लागि नयाँ व्यवसाय सुरु गर्ने आफ्नो योजना रहेको बताउँदा धेरैले आयुसी केसीलाई परिवार सुरु गर्नु सट्टा किन फोहर उठाउने भनी सोधेका थिए। अहिले २७ वर्षे आयुसी खालीसिसि नामक एक सफल 'रिसाइक्लिंग" व्यवसाय सञ्चालन गर्दछिन्। आयुसीका सपना, भविष्यका योजना र उनको कामको चुनौतीमा केन्द्रित एसबीएस नेपालीसँगको कुराकानी।


फोहोर बाट मोहर बन्छ भन्ने कसरी थाहा पाउनु भयो?

यो नयाँ कुरा हैन, हाम्रै घरमा पनि आमा -हजुरआमाहरूले हर्लीक्सको सिसीमा अचार हालेर त्यसलाई फेरी प्रयोगमा ल्याउने गर्नुहुन्छ । तर यसलाई व्यवस्थित रूपमा व्यवसाय नै बनाएको उदाहरण हामीसँग नभएको मात्र हो।

व्यवसाय गर्छु भन्दा धेरैले अब फ्यामिलि स्टार्ट गर्नुपर्छ भन्नु भएको थियो।

यो व्यवसायबाट पैसा कमाइन्छ भन्ने सुरु देखिनै सोच्नु भएको थियो?

हो, सुरु देखिनै लागेको थियो। यसको लागि मैले केही गृहकार्य गरेकी थिएँ।

कसैले नगरेको व्यवसाय सुरु गर्न कत्तिको गाह्रो भयो?

मैले विवाह गरेपछि व्यवसाय सुरु गरेकी हुँ। त्यस बेला मैले नयाँ व्यवसाय गर्छु भन्दा धेरैले अब फ्यामिलि स्टार्ट गर्नुपर्छ भन्नु भएको थियो। त्यसमा पनि फोहोरको काम गर्ने भन्दा धेरैलाई मन परेको थिएन।

Aayushi KC from Khaalisisi speaking to SBS Nepali.
Aayushi KC from Khaalisisi speaking to SBS Nepali. Source: Supplied

तपाईँले गर्ने काम के हो?

हामी फोहोर सङ्कलन गर्छौ। फोहोर उठाउनका लागि हामीलाई मानिसहरूले सम्पर्क गर्नुहुन्छ। हामी त्यहाँ खालि सिसी दाइहरूलाई पठाउँछौँ र त्यसलाई किन्छौँ। हामी फोहोरलाई सिधै डम्पिङ् साइडमा जानबाट रोक्छौँ। रिसाइकल गर्न मिल्ने सामान छुट्याउँछौं।

नेपालमा मानिसहरूमा फोहोर रिसाइकल गर्न मिल्छ भन्न् चेतना कत्तिको छ?

पुनर्प्रसोधन गर्न मिल्छ भन्ने धेरैलाई थाहा छ। तर कसरी गर्ने भन्ने थाहा छैन।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now