Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

नायक पल शाह विरुद्ध नाबालिगमाथि जबरजस्ती करणीको उजुरी: साप्ताहिक नेपाल सन्दर्भ

Paul Shah

नायक तथा मोडल पल शाहमाथि १६ वर्षीय एक गायिकाले प्रेमको नाममा आफूमाथि जबरजस्ती करणी गरेको आरोप लगाएकी छन्। नाबालिगमाथि जबरजस्ती करणीको उजुरी परेपछि यो समाचार बनाउने समयसम्म शाह भने फरार रहेका छन्। यसबारे एक रिपोर्ट र पछिल्ला सात दिनका प्रमुख समाचारहरू सुन्नुहोस्।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Share this with family and friends


नायक तथा मोडल पल शाहमाथि १६ वर्षीय एक गायिकाले प्रेमको नाममा आफूमाथि जबरजस्ती करणी गरेको आरोप लगाएकी छन्। नाबालिगमाथि जबरजस्ती करणीको उजुरी परेपछि यो समाचार बनाउने समयसम्म शाह भने फरार रहेका छन्। यसबारे एक रिपोर्ट र पछिल्ला सात दिनका प्रमुख समाचारहरू सुन्नुहोस्।


यस हप्ताका प्रमुख समाचारमा,

  • संसदमा छलफल हुने भनिएको एमसीसी यस हप्ता पनि अघि बढ्न नसकेपछि संसदको बैठक आइतबारका लागि सारिएको छ। अमेरिकाले दिने भनेको हालसम्मकै ठुलो आर्थिक सहयोग एमसीसीका बारेमा सत्तारुढ दल नेपाली काँग्रेस सकारात्मक छ भने सत्तारुढ गठबन्धनकै अरू दल र विपक्षी एमाले सकारात्मक छैनन्।
  • युक्रेनमाथि रुसले हमला गरेको घटनाप्रति नेपालले निन्दा गरेको छ, र त्यहाँ रहेका नेपालीहरूलाई नेपाल फर्कन आग्रह गरेको छ। युक्रेनमा २०० जना भन्दा बढी नेपाली रहेको र करिब १७० जना नेपाली राजदूतावासको सम्पर्कमा रहेको युक्रेनस्थित नेपाली राजदूतावासले बताएको छ।
  • नेपालले क्रिकेटको टी-२० विश्वकप छनोटका खेलमा तेस्रो स्थान हासिल गरेको छ। विश्वकपमा छनोट हुन भने असफल भएपछि राष्ट्रिय क्रिकेट टोली शुक्रवार नेपाल फर्किएको छ।
  • अभिनेता पल शाहमाथि एक जना नाबालिगमाथि जबरजस्ती करणीको उजुरी परेपछि शाह फरार भएका छन्। १६ वर्ष रहेकी एक जना गायिकाले शाहले विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको भन्दै बुधवार तनहुँको जिल्ला अदालतमा उजुरी दिएकी हुन्।

उजुरी दिनु भन्दा अगाडि गायिका र पल शाहबीचका कुराकानीको अडियो र उनले आफ्नो अनुभव सुनाएका अडियोहरु बाहिरिएका थिए।

त्यस लगत्तै शाहले पनि आफू निर्दोष रहेको र आफूलाई फसाइएको भन्दै फेसबुकमा लामो स्ट्याटस लेखेका थिए।

त्यसमा उनले, सार्वजनिक भएका अडियोको स्वर आफ्नो नभएको, र आफ्ना प्रतिस्पर्धीहरूले उकासेपछि गायिकाले उनीमाथि आरोप लगाएको बताएका छन्।

"अनलाइन माध्यमहरूमा प्रकाशित समाचार र अडियो रेकर्डहरू हेर्दा र सुन्दा म स्वयं आश्चर्यचकित भएको छु। प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भएता पनि उक्त आवाज मेरो हो भन्नेमा पूर्ण शङ्का रहेको, प्रविधिको कुटिल प्रयोग मार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढङ्गबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ।"

"यहाँ पनि फरक प्रसङ्ग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरूलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यावसायिक प्रतिस्पर्धी) ले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिपोर्टले थप पुष्टि गरेको छ," शाहले भनेका छन्।

त्यसपछि शाहले पनि केही अडियो सार्वजनिक गरेका छन्, जसमा केही मानिसहरूले शाहको बदनामी गर्ने उद्देश्यले योजना बनाइरहेको सुनिन्छ।

यी सब घटनाक्रमपछि यो घटना प्रकरण अत्यन्त चर्चित बनेको छ, र शाहले आफू दोषी भए कारबाही भोग्न तयार भएको बताएका छन्।

नेपालको मनोरञ्जन क्षेत्रमा यौन दुर्व्यवहारका घटना विगतमा पनि देखिएका थिए, तर ती घटनामा दोषीलाई कारबाही भने विरलै हुने गरेको पाइन्छ।

करिब २० वर्षअघि अभिनेत्री श्रीषा कार्कीले पत्रिकामा निजी तस्बिर छापिएपछि आत्महत्या गरेकी थिइन्, र त्यसपछि कलाकारहरूले पीत पत्रकारिताको विरुद्धमा आन्दोलन पनि गरेका थिए।

त्यस्तै, निजी भिडियो बाहिरिएपछि अभिनेत्री जेशिका खड्काले सन् २०१२ मा आत्महत्या गरेकी थिइन्। यो घटनामा भने गायक प्रकाश ओझालाई दस वर्षको जेल सजाय भएको थियो। 

हालसालै मात्रै अभिनेत्री साम्राज्ञी राणाले अभिनेता भुवन केसी विरुद्ध दुर्व्यवहारको आरोप लगाएकी थिइन्, तर केसीले उल्टै राणामाथि मानहानिको मुद्दा हालेका थिए।

पुरा सामाग्री सुन्नुहोस्:नायक पल शाह विरुद्ध नाबालिगमाथि जबरजस्ती करणीको उजुरी: साप्ताहिक नेपाल सन्दर्भ
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यसै क्रममा, लोकप्रिय अभिनेता पल शाहप्रति पनि सामाजिक सञ्जालमा गाली र समर्थन उत्तिकै देखिएका छन्, र नेपाली मनोरञ्जन क्षेत्रका बारेमा धेरै प्रश्नहरू उठेका छन्।

नेपाली मनोरञ्जन उद्योगमा यस्ता दुर्व्यवहारका घटनाहरू भइरहने, तर नियमनको कमीका कारण सतहमा नआउने कलाकर्मीहरू बताउँछन्।

विरलै सजाय दिइने र उल्टै पीडितकै बदनामी हुने प्रवृत्तिले गर्दा पीडितहरू यी विषयमा खुलेर कुरा गर्न हिचकिचाउने गर्दछन्।

यस पटक भने शाह विरुद्ध किटानी जाहेरी दिइएपछि प्रहरीले उनलाई खोजिरहेको छ।

एसबीएस नेपालीका लागि काठमान्डुबाट सेवा भट्टराई

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now