अस्ट्रेलियाको बहुभाषिक तथा बहुसांस्कृतिक सार्वजनिक प्रसारण संस्था स्पेसल ब्रोडकास्टिङ सर्भिस (एसबीएस) अस्ट्रेलियन पहिचानको एक महत्त्वपूर्ण भागको रूपमा सदाका लागि सुरक्षित भएको छ। नेश्नल फिल्म एन्ड साउन्ड आर्काइभ (एनएफएएस) को साउन्ड्स अफ अस्ट्रेलिया कलेक्सनमा देशको सांस्कृतिक तथा राजनीतिक अवस्था झल्काउने १० विशेष अडियो रेकर्डिङहरू समावेश भएसँगै एसबीएस अस्ट्रेलियन पहिचानको अभिन्न अङ्गका रूपमा सदाका लागि सुरक्षित भएको हो। यो रिपोर्टसँगै अर्को साल आफ्नो ५० औँ वार्षिकोत्सव मनाउने तयारीमा रहेको एसबीएसको बहुसांस्कृतिक अस्ट्रेलिया निर्माणमा योगदान र भविष्यमा रहने आवश्यक्ता बारे एसबीएस अडियोका भाषा सामाग्री प्रमुख डाभिडे स्कापापिएत्रासँगको कुराकानी सुन्नुहोस्। नोट: यो कुराकानी अङ्ग्रेजी भाषामा रहेको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





