Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

भिक्टोरियामा बढेको संक्रमणले अन्य राज्यहरुमा पनि चिन्ता

Victorian Deputy Chief Health Officer Annaliese van Diemen

Victorian Deputy Chief Health Officer Annaliese van Diemen speaks to media. Source: AAP

भिक्टोरिया राज्यमा कोरोनाभाईरसकको संक्रमण फेरि बढ्न शुरु भएपछि, यो लगायत अन्य राज्यहरुले, विदेशबाट फर्कि क्वारेन्टिनमा बस्नेहरुमाथि आफ्नो ध्यान केन्द्रित गर्न थालेको छ।


Published

Updated

By Jennifer Luu

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


भिक्टोरिया राज्यमा कोरोनाभाईरसकको संक्रमण फेरि बढ्न शुरु भएपछि, यो लगायत अन्य राज्यहरुले, विदेशबाट फर्कि क्वारेन्टिनमा बस्नेहरुमाथि आफ्नो ध्यान केन्द्रित गर्न थालेको छ।


क्वारेन्टिनमा बस्ने कतिपयहरुले कोरोनाभाईरसको परिक्षण लिन नमानेको कारणले, विभिन्न राज्य सरकारहरुले यससम्बन्धमा के नयाँ नितीहरु ल्याउन सकिन्छ, त्यस विषयमा छलफल गर्दै रहेको बुझिएको छ।

हिजो शनिवारको तथ्यांकका अनुसार, भिक्टोरिया राज्यामा थप ४१ जनामा कोरोनाभाईरसको संक्रमण देखा परेको थियो।अप्रिल महिनाको शुरु तिर देखिएको संक्रमणको यस किसिमको बढोत्तरी अहिले फेरि देखा पर्न थालेको छ।

यसले भिक्टोरिया बाहेक अन्य राज्यहरुलाई पनि चिन्तित बनाएको छ।

यस राज्यको केलोर डाउन्स र ब्रोड मेडोस्मा संक्रमण निके फैलिएका कारण त्यहाँका बासिन्दाहरुलाई  कोरोनाभाईरसकको परिक्षण गर्न अधिकारिहरुले अपिल गरेका छन्।

Police and media waiting in front of the isolation hotel in Sydney
Police and media waiting in front of the isolation hotel in Sydney Source: SBS

त्यसै गरि, विदेशबाट फर्कि क्वारेन्टिनमा बस्ने यात्रुहरुले कोरोनाभाईरसको परिक्षण लिन नमाने उनीहरुलाई त्यो परिक्षण लिनै लगाउन के गर्न सकिन्छ, त्यो सम्बन्धमा सरकारले कानूनी सल्लाह लिदै गरेको छ।

भिक्टोरिया राज्यको सहायक प्रमुख स्वस्थ्य अधिकारि,एनालिसि भ्या डिमेनले विदेशबाट फर्केकाहरुले समुदायमा कोरोनाभाईरस फेलाएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी दिएकि छीन्।

तर विदेशबाट फर्केकाहरुले कोरोनाभाईरसको परिक्षण लिन नमाने, त्यसलाई अनिवार्य परिक्षणको रुपमा परिवर्तित गर्ने तर्फ पनि छलफल भईरहेको उनले जानकारी दिईन्।

विदेशबाट अस्ट्रेलिया फर्किनेमध्येका कतिले स्वस्थ्य परिक्षण दिन नमानेको समाचार प्रकासमा आएपछि अहिले विभिन्न राज्य सरकारहरु, यस विषयलाई कसरि अगाडि लैजाने, त्यस सम्बन्धमा छलफल गरिरहेका छन्।

भिक्टोरिया राज्यमा क्वारेन्टिन अन्तर्गत विभिन्न होटलहरुमा राखिएका मानिसहरुमध्ये  झण्डै ३० प्रतिशतले कोरोनाभाईरसको परिक्षण लिन नमानेको बताएका छन्।

यता न्यु साउथ वेल्स राज्यमा भने यसरी परिक्षण लिन नमान्नेहरुले थप दिन क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ।

लिबरल पार्टिको तर्फबाट सांसद रहेका ट्रेन्ट जिम्मरम्यानले यसरी कोरोनाभाईरसको परिक्षण नलिनेहरुलाई अस्ट्रलिया प्रवेश गर्न अनुमति नदिनु पर्ने बताए।उनले परिक्षण गर्न नमान्नेहरुले समुदायको कर्तव्यको अवहेलना गरेको पनि आरोप लगाए।

यसैबिच, अस्ट्रेलियाका अर्थमंत्री जोश फ्राईडनबर्गले भने परिक्षण गर्ने व्यवस्थापनको जिम्मेदारी राज्य सरकारको रहेकोले सम्बन्धित राज्य सरकारलेले नै यस विषयमा निर्णय लिनु पर्ने बताउछन्।

कोरोनाभाईरस रोगको कुनै पनि संकेत देखेको खण्डमा- यस संक्रमणको परिक्षण गर्न पनि उनले सबैलाई प्रोत्साहित गरेका छन्।

हिजो मात्र नर्दन टेरोटरीले जुलाईको १७ तारीख देखि आफ्नो सीमा खोल्ने घोषणा गरेको छ, तर कोरोनाभाईरसले संक्रमित क्षेत्रहरुबाट आएकाहरु भने १४ दिन अलग्गै बस्नु पर्ने पनि बताएको छ।

Barriers are seen installed at Miles Street in Coolangatta on the NSW-Queensland border, Tuesday, April 7, 2020
Barriers are seen installed at Miles Street in Coolangatta on the NSW-Queensland border, Tuesday, April 7, 2020 Source: AAP

त्यस्तै, क्विन्सल्याण्ड राज्यले पनि आफ्नो सीमा खोल्ने समबन्धमा पर्सि मंगलवार निर्णय गर्ने भएको छ। पहिले सोचेकोभन्दा अघि सीमा खोलिने अनुमान गरे पनि, भिक्टोरियामा बढ्दै गएको समुदायिक संक्रमण भने चिन्ताको विषय रहेको- क्विन्सल्याण्डकी प्रिमियर एनास्टेशिया पलासे बताउछिन्।

 उता दक्षिण अस्ट्रेलियामा भने सयौं यात्रुहरु विदेशबाट फर्केका छन्। दक्षिण अमेरिका, भारत र ईन्डोनेशिया लगायतका देशहरुबाट फर्केका यि यात्रुहरुबाट संक्रंमण सर्न सक्ने भय अहिले त्यहाँ रहेको छ।

त्यहाँका स्वस्थ्य मंत्री स्टेफन वेडले फर्केका यात्रुहरुले ‘आईसोलेशन’ छोड्नु अघि परिक्षणमा भाग लिनु पर्ने बताएका छन्।

अन्य राज्यहरको तथ्यांक हेर्दा, विदेशबाट फर्किनेहरु मध्येका दश प्रतिशतसम्मलाई कोरोनाभाईरसले संक्रमित पारेको देखिएको छ। यो सप्ताहन्तमा २५० जना एडिलेड फर्किदा, २५ नयाँ संक्रमणको संभावना रहेको पनि उनले बताए।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now