SKIP TO MAIN CONTENT

सङ्घीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको अग्रता

Every seat that the Liberal Party lost was lost to a female candidate
Source: SBS /, Supplied / Facebook (Allegra Spender)

स्कट मोरिसनले सन् २०२२ को सङ्घीय निर्वाचनमा आफ्नो हार स्वीकारेका छन्। जस पश्चात् एन्थनी एल्बनिजी अस्ट्रेलियाको ३१ औँ प्रधानमन्त्रीका रूपमा देखिने छन्। मत परिणामले स्वतन्त्र सांसदहरूका लागी निकै ठुलो समर्थन रहेको देखाएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

स्कट मोरिसनले सन् २०२२ को सङ्घीय निर्वाचनमा आफ्नो हार स्वीकारेका छन्। जस पश्चात् एन्थनी एल्बनिजी अस्ट्रेलियाको ३१ औँ प्रधानमन्त्रीका रूपमा देखिने छन्। मत परिणामले स्वतन्त्र सांसदहरूका लागी निकै ठुलो समर्थन रहेको देखाएको छ।


अस्ट्रेलियाले आइतबारको बिहानी सँगै देशको नयाँ प्रधानमन्त्री पाउँदै छ जब लेबरले निकै कडा निर्वाचन अभियान पश्चात् विजेताका रूपमा अगाडी ल्यायो।

स्कट मोरिसनले आफ्ना समर्थकहरू माझ हार स्विकार्दै सत्तामा रहँदा पार्टीले हासिल गरेका उपलब्धिलाई सम्झाउने प्रयास गरेका छन्।

यो सँगै नौ वर्ष देखिको गठबन्धनको सत्ता साझेदारीको अन्त्य भएको छ।

मत परिणाम आउन थालेको केही समयमा नै स्पष्ट विजेताका रूपमा स्वतन्त्र उम्मेदवारहरू देखिए।

पुरा रिपोर्ट सुन्नुहोस्:सङ्घीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको अग्रता हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

ट्रेन्ट जिमम्यानले उनको नर्थ सिड्नी सिटका लागी आफ्नो हार स्वीकारेका थिए जहाँ  स्वतन्त्र उम्मेदवार काएली टिंकले चुनौती दिएकी थिइन्।

साइमन बर्मिङ्घमले एबीसी सँगको कुराकानीमा निर्वाचन अभियानमा ट्रान्स महिलाहरूको सवालमा प्रधान मन्त्री र उनले चुनेकी उम्मेदवार क्याथरिन डिभ्सको आक्रामक प्रस्तुतिले  पार्टीको अभियानलाई असर पारेको बताएका छन्।

हरियो र निलो मिसिएको एक प्रकारको रङ्गद्वारा प्रतिनिधित्व गराइने गरेका क्ल्याइमेट टु हन्ड्रेडद्वारा समर्थित स्वतन्त्र उम्मेदवारहरूलाई यस पटक धेरै स्थानमा जित हात पर्ने दाबीहरू आउन थालेका छन्।

लिबरलका लागी निकै ठुलो घाटाका रूपमा धेरै सञ्चार माध्यमहरूले कूयोङ्ग सिटमा टील स्वतन्त्र सांसद डा मोनिक राएनको जित हुने बताइरहेका छन्।

त्यस्तै टील समूहकै जो जोइ ड्यानिएलले पनि परम्परागत रूपमा निलो वा लिबरलको सिटका रूपमा चिनिएको मेलबर्नको गोल्डस्टेइनमा वर्तमान सांसद टिम विल्सन विरुद्ध जित दाबी गरेकी छिन्।

पूर्व पत्रकार समेत रहेकी ड्यानिएलले आफ्नो टोलीको उपलब्धिलाई असामान्य भनेकी छिन्।

त्यस्तै अर्की स्वतन्त्र उम्मेदवार जाली स्टेगल जसले क्याथरिन डिव्सलाई चुनौती दिएकी छिन्, एबीसीसँगको कुराकानीमा उनि भन्छिन् प्रमुख पार्टीहरूले सर्वसाधारणलाई हल्का रूपमा लिनु हुँदैन भन्ने कुरा मत परिणामले देखाएको छ।

लेबरले भित्री सिड्नीको रीड र भित्री मेलबर्नको हिगीन्समा अग्रता लिएर निकै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भए पनि यसले पनि अर्को स्वतन्त्र उम्मेदवारको जोखिम टार्न सकेको छैन।

क्लाइमेट टु हन्ड्रेडमा आबद्ध नभएकी फेयर फिल्डकी उप मेयर र भियतनामी शरणार्थी दाइ लीले फाउलर निर्वाचन क्षेत्रमा लेबरलाई टक्कर दिइराखेकी छिन्।

 पश्चिम सिड्नीको फाउलर सिटमा क्रिस्टिना केनेलीलाई अप्रत्याशित रूपमा उठाइएको थियो जब उनलाई न्यु साउथ वेल्सको जितको सम्भावना कम भएको सिनेट टिकट दिन लागिएको थियो।

यो निकै विवादित निर्णय थियो- जसले गर्दा स्थानीय वकिल टू लीको उम्मेदवारी परेन।

यसले गर्दा बहु सांस्कृतिक समूहहरूले लेबरलाई बहु सांस्कृतिक र बहु भाषिक पृष्ठभूमिका उम्मेदवारहरूलाई समर्थन गर्न दबाब पर्न थाल्यो।

सो सिटका लागी डाइ लीले  झिनो अग्रता लिएको सन्दर्भमा क्रिस्टिना केनेलीले पार्टी उनको निर्वाचन क्षेत्रलाई लिएर आशावादी भएको बताएकी छिन्।

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now