Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

भर्जिन वायुसेवाले पायो नयाँ जीवन

Virgin Australia planes lined up at Sydney Airport

Virgin Australia planes lined up at Sydney Airport Source: AAP

कोरोनाभाईरस शुरु भए लगत्तै टाट पल्टेको भर्जिन एयरलईन्सको नयाँ संचालकको रुपमा अमेरिकी वित्तिय कम्पनि- बेन क्यापिटल चयन भएको छ।


Published

Updated

By Jennifer Scherer

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


कोरोनाभाईरस शुरु भए लगत्तै टाट पल्टेको भर्जिन एयरलईन्सको नयाँ संचालकको रुपमा अमेरिकी वित्तिय कम्पनि- बेन क्यापिटल चयन भएको छ।


नयाँ व्यवस्थापकको छनौट प्रक्रियामा रहेको डेलोएट अस्ट्रेलियाले जनाए अनुसार, अन्तिम क्षणमा आएर साईरस क्यापिटलले प्रतिस्पर्धामा भाग लिने छोडेपछि, व्यवस्थापनको जिम्मेदारी, बेन क्यापिटललाई आएको हो।

यातायात कर्मचारीहरुको युनियनका माईकल केनले, यो निर्णयले मानिसहरुको रोजगारी बचेको बताएका छन्।

दुवै साईरस र बेन क्यापिटलमा हवाई व्यवस्थापन सम्बन्धि अनुभव रहेको समाचारहरुले जनाएका छन्।

तर संचालकको रुपमा बेन क्यापिटलले अरुलाई उछिनेको प्रष्ट हुन्छ भनि आर एम आई टि विश्वविधालयका वारेन स्टेपल बताउछन्।

भर्जिनको पुन: संचालनको क्रममा- यसलाई सस्तो विमान सेवाको रुपमा चित्रण गरिने संभावना देखिन्छ। सबै कर्मचारीहरुको- टाट पल्टिनु- अघिका  सुविधाहरु सुरक्षित राखिने र सम्मान गरिने पनि बताईएको छ।

साथै यात्रुहरुले पाउनु पर्ने यात्रा सहुलियतका भाउचरहरु पनि जारि राखिने नयाँ संचालकहरुले बताएका छण्।

स्टेपल्सको भनाईमा, देशका प्रमुख शहरहरुमा सेवा प्रदान गर्नमा, नयाँ संचालकहरुको मुख्य ध्यान जाने छ।

Representational image of passengers
passengers walking at sydney international airport Source: AAP

यस नयाँ व्यवस्थापनको प्रस्ताव आधिकारिक रुपले अगष्ट महिनामा पारित हुने देखिएको छ। ऋणदाताहरुले यसलाई अनुमोदन गर्नु पर्ने हुन्छ। हवाई सेवाका विशेषज्ञ निल ह्यान्सफोर्डका अनुसार, अहिलेको प्रस्ताव अनुसार, ऋणदाताहरुले करिब दश प्रतिशत फिर्ता पाउने देखिएको छ।

अस्ट्रेलियाको प्रमुख हवाईसेवा- क्वान्टसले करिब ६००० जागिरहरु घटाउने निर्णय गर्दा यस क्षेत्रमा काम गर्ने हरु चिन्तित रहेका छन्।

एबे कोश र रिबेक्का मक्लिन आमा-छोरिका जोडी हुन् र यसरी जागिर अचानक छुट्दा – नयाँ परिस्थितिमा आफूलाई ढाल्न निकै अफ्ठेरो हुने बताउछन्।

 क्वान्टसका प्रमुख एलेन जोन्सले भने जागिर घटाएकाले असर परेका कर्मचारिहरुले, कोरोनाभाईरसको पछि सरकारले घोषणा गरेको “जब -किपर”को सहयोग नपाउने बताउछन्।

जब-किपर भनेको रोजगारमा रहेकाहरुको लागि यो सहयोग हो, तर कामनै हराएपछि- “जब-किपर”को सहयोग नआउने उनी बताउछन्।

यसैबिच, प्रधानमंत्री स्कट मरिशनले भने हवाई क्षेत्रमा काम गर्नेहरु कोरोनाभाईरसका कारण निकै प्रभावित भएकाले, सरकारले यस सम्बन्ध थप सहयोग गर्ने कुरामा छलफल गरिरहेको संकेत दिएक छन्।

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now