केही दिन यता धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर परशुराम नेपालले एउटा कार्यक्रममा टेबलमाथि चढेर सलामी लिएको तस्बिर भाइरल भएको छ।
स्थानीय एक खेलकुद कार्यक्रममा अतिथिका रूपमा गएर सलामी ग्रहण गर्दै गर्दाको सो तस्बिरलाई सम्पादन गरेर जहाज माथि र अग्लो पोलमा उभिएको जस्तो बनाए पछि सामाजिक सञ्जालमा भाइरल भएको थियो।
सामाजिक सञ्जालमा उक्त विषयले निकै चर्चा पाएपछि हामीले उनलाई सम्पर्क गरेर किन टेबलमाथि चढेर सलामी लिनु भएको भनी सोधेका थियौँ।
जवाफमा नेपालले संविधानमा तिन वटा सरकारको परिकल्पना गरिएकोमा नयाँ अभ्यास स्वरूप सलामी ग्रहण गर्नु पर्ने र त्यसो गर्न टेबल माथि चढ्नै पर्छ भनिए पछि आफूले त्यस्तो गरेको बताएका छन्।
उनीसँग गरिएको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।





