SKIP TO MAIN CONTENT

विश्वविद्यालय र टेफ़का विद्यार्थीहरुमा व्यापक मानसिक तनाव

Mental Health
Source: Getty

अस्ट्रेलियाका विश्वविद्यालय र टेफ़मा अध्यनरत विद्यार्थीहरु मध्ये धेरैले हाल व्यापक मानसिक स्वास्थ्य समस्याको सामना गर्नु परिरहेको एक सर्वेक्षण देखाएको छ। राष्ट्रिय युवा मानसिक स्वास्थ्य कोष हेडस्पेस र राष्ट्रिय विद्यार्थी संगठन द्वारा आयोजना गरिएको उक्त सर्वेक्षणमा ७० शिक्षण संस्थाका २६०० विद्यार्थीहरुको सहभागिता रहेको थियो। १७ देखि २५ वर्ष उमेरका ती विद्यार्थीहरु मध्ये एक तिहाई भन्दा बढीले आत्महत्या वा आत्महानी बारे सोचेका थिए। साथै सर्वेक्षणका दुई तिहाई सहभागीहरुले गए बार्ह महिना आफुले धेरै वा एकदमै धेरै मानसिक दबाबको सामना गर्नु परेको बताएका थिए। यस्तो अवस्थामा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई के कस्ता सहयोग पुर्याउन सकिन्छ त? मेलबर्नका मनोचिकित्सक डा. अनुपम पोखरेल यसो भन्नुहुन्छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाका विश्वविद्यालय र टेफ़मा अध्यनरत विद्यार्थीहरु मध्ये धेरैले हाल व्यापक मानसिक स्वास्थ्य समस्याको सामना गर्नु परिरहेको एक सर्वेक्षण देखाएको छ। राष्ट्रिय युवा मानसिक स्वास्थ्य कोष हेडस्पेस र राष्ट्रिय विद्यार्थी संगठन द्वारा आयोजना गरिएको उक्त सर्वेक्षणमा ७० शिक्षण संस्थाका २६०० विद्यार्थीहरुको सहभागिता रहेको थियो। १७ देखि २५ वर्ष उमेरका ती विद्यार्थीहरु मध्ये एक तिहाई भन्दा बढीले आत्महत्या वा आत्महानी बारे सोचेका थिए। साथै सर्वेक्षणका दुई तिहाई सहभागीहरुले गए बार्ह महिना आफुले धेरै वा एकदमै धेरै मानसिक दबाबको सामना गर्नु परेको बताएका थिए। यस्तो अवस्थामा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई के कस्ता सहयोग पुर्याउन सकिन्छ त? मेलबर्नका मनोचिकित्सक डा. अनुपम पोखरेल यसो भन्नुहुन्छ।

सहायता चाहिएमा लाइफलाइनलाई १३ ११ १४ मा फोन गर्नुहोला।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now