SKIP TO MAIN CONTENT

बदर हुने अधिकांश मतहरू बहु सांस्कृतिक समुदायबाट आउने भन्दै सचेतना कार्यक्रम

2019 federal election
Source: sbs nepali

पहिलो पटक मत हाल्ने नेपाली लगायत बहु सांस्कृतिक पृष्ठभूमिको मतदाताले टिक वा क्रस गरेर नभई १, २, ३, ४ गर्दै प्राथमिकताका आधारमा मत हाल्नु पर्ने कुरा थाहा नपाउँदा मत अनौपचारिक हुने वा बदर हुने भन्दै सरोकारवालाहरूले सचेत गराएका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

पहिलो पटक मत हाल्ने नेपाली लगायत बहु सांस्कृतिक पृष्ठभूमिको मतदाताले टिक वा क्रस गरेर नभई १, २, ३, ४ गर्दै प्राथमिकताका आधारमा मत हाल्नु पर्ने कुरा थाहा नपाउँदा मत अनौपचारिक हुने वा बदर हुने भन्दै सरोकारवालाहरूले सचेत गराएका छन्।


एथ्निक कम्युनिटी काउन्सिल अफ न्यु साउथ वेल्स र अस्ट्रेलियाली निर्वाचन आयोगको संयुक्त आयोजनामा बहु सांस्कृतिक समुदाय लक्षित मतदान गर्ने सही तरिकाबारे सचेतना फैलाउन 'भोट टल्क' नामक एक कार्यक्रमको आयोजना गरिएको थियो। 

 

कार्यक्रममा सहभागिता जनाएका ऋषि आचार्यले नेपाली समुदायमा सही मतदान प्रक्रियाबारे जानकारी प्रवाह गरिरहेका छन्। 

 

निर्वाचनमा बदर हुने मतहरूको सङ्ख्यामा अधिक बहु सांस्कृतिक पृष्ठभूमिका मतदाताहरूको रहने भन्दै नेपाली समुदायले पनि मतदानको सही प्रक्रियाबारे जानकारी लिन आवश्यक भएको ऋषि आचार्य बताउँछन्।

आचार्यसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्: बदर हुने अधिकांश मतहरू बहु सांस्कृतिक समुदायबाट आउने भन्दै सचेतना कार्यक्रम हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now