अस्ट्रेलियाको नागरिकता सम्बन्धि कानुनमा बदलाव गर्ने आफ्नो प्रस्तावलाई समर्थन नगर्ने भनि लेबर पार्टीले गरेको घोषणाको टर्नबुल सरकार द्वारा आलोचना गरिएको छ। सरकारको प्रस्तावमा स्थायी बासिन्दाको रूपमा यहाँ चार वर्ष बिताए पछि मात्र र अंग्रेजी परिक्षामा ६ ल्याउन सफल भएपछि मात्र नागरिकताको लागि आवेदन हाल्न पाउने लगायतका नीति रहेका छन्। अस्ट्रेलियाली लेबर पार्टीसँग आबद्ध सबकन्टिनेन्ट फ्रेन्ड्स ओफ लेबरका उपाध्यक्ष महेन्द्र लम्साल केन्द्र सरकारको नागरिकता कानुन संसोधन सम्बन्धि प्रस्तावबारे एसबीएस नेपालीसँग कुरागर्दै।
Share




