यो वर्ष अस्ट्रेलियाली तटीय क्षेत्रहरुमा मृत्यु हुने ११६ जना मध्ये आधाको देशका बीचहरुमा डुबेर मृत्यु भएको सर्फ लाइफ सेभिंग अस्ट्रेलियाले आफ्नो वार्षिक रिपोर्टमा बताएको छ। येसरी मृत्यु हुनेहरु मध्ये झन्डै १४% आप्रवासी पृष्ठभूमिको रहेको पनि उक्त संस्थाको भनाइ छ। "उपयुक्त शिक्षा र जनचेतना" नै यस प्रकारका घटनाहरुलाई रोक्ने सबै भन्दा राम्रो विकल्प रहेको सर्फ लाइफ सेभिंग अस्ट्रेलियाले बताएको छ।
Share
