Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

भिक्टोरियाको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल: हवाई यात्रा कत्तिको सहज?

Avalon Airport

Deal in sight for $200m quarantine facility near Avalon Airport. Source: Supplied

५ डिसेम्बरदेखि एअर एसियाले आफ्नो मेलबर्न - क्वालालम्पुर हवाई सेवा भिक्टोरिया राज्यको दोस्रो ठुलो सहर - जीलंग नजिकैको एभलन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रारम्भ गरेको छ।


हरेक दिन, आफ्नो लामो दुरीको सेवा दिने एयर एसिया एक्सको ए ३००-३०० विमानबाट दुई चोटि उडान भर्ने लक्ष लिएको उक्त हवाई सेवाले भिक्टोरियालाई अस्ट्रेलियाको मुख्य सहरहरूसँग जोड्ने छ।

व्यापक स्तरोन्नति गरेर एभलन विमानस्थलले अन्तर्राष्ट्रिय उडान भर्ने गरी मान्यता पाए पछि एयर एसियाले आफू नियन्त्रित कम्पनी एयर एसिया एक्सको ए ३००-३०० विमानहरु मार्फत आफ्नो एभलन - क्वालालम्पुर हवाई सेवा प्रारम्भ गरेको हो।

Perth AirAsia
Foto Archivo Source: Imaginechina

एयर एसिया एक्सले हरेक दिन एभलन - क्वालालम्पुर हवाई रुटमा दुई चोटि उडान भर्नेछ। 

यो सेवाले मेलबर्न सहरको पश्चिमी भेग लगायत जीलंग सहर वरिपरि बसोबास गर्ने थुप्रै नेपालीहरूलाई सहयोग पुर्‍याउने देखिन्छ।

जीलंग तथा वरिपरि बसोबास गर्ने नेपालीहरूको प्रतिनिधित्व गर्ने एक सामुदायिक सङ्गठन - जीलंग नेप्लीज एसोसिएसनका अध्यक्ष नीरज कारन्जीत यो सेवालाई लिएर उत्साहित छन्।

"यहाँबाट टुलामारिनसम्म (मेलबर्न स्थित भिक्टोरिया राज्यको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल) जाँदा-आउँदा पैसा र समय दुवै नै बर्बाद हुन्छ, उनले एसबीएसलाई भने।

"अब घरै नजिकबाट उड्न पाउँदा बचत त हुने नै भयो, जीलंग तथा एभलन वरिपरि बस्ने नेपाली लगायतका सबै समुदायका मानिसहरूले आफूलाई पायक पर्ने हवाई सेवा छान्ने मौका पाउनु भएको छ।"

डिकिन विश्वविधालयको जीलंगमा रहेको क्याम्पस तथा गोर्डन टेफ अनि पश्चिमी मेलबर्नमा रहेको भिक्टोरिया विश्वविधालयको वेरीबी क्याम्पसमा अध्यन गर्ने नेपाली विधार्थीहरुलाई पनि यसले टेवा पुर्‍याउने बिचार कारन्जीतको रहेको छ।

"हामी दक्षिण पश्चिम बार्वन भेगमा बस्नेहरूलाई अब अरू विमान सेवाहरूले पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान भरिदिए निकै राम्रो हुने थियो!," उनले थपे।

Avalon Airport
El aeropuerto de Avalon se encuentra justo entre Melbourne y Geelong. Source: SBS

एभलन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख कार्यकारी अधिकृत जस्टिन गीडिङ्गस् कारन्जीतको आसालाई वास्तविकतामा परिणत गर्ने सुरमा छन्।

एभलनबाट थप अन्तर्राष्ट्रिय विमान सेवाहरू सञ्चालन गर्न आफूहरूले गृहकार्य गरिरहेको तथा त्यसका लागि निकट भविष्यमा भौतिक संरचनाहरू थप्ने आफ्नो योजना रहेको उनले बताए।

"मेरो बिचारमा थुप्रै हवाई सेवा सञ्चालकहरू पर्ख र हेरको अवस्थामा हुनुहुन्छ।"

यहाँबाट यात्रा गर्नुहुने मानिसहरूलाई हामी अन्तर्राष्ट्रिय विमानस्थलका हरेक सुविधाहरू सुलभ तथा कुशलतापूर्वक प्रदान गर्दै संसारकै सानो हवाई अड्डाहरू मध्य सबैभन्दा उत्कृष्ट बन्न चाहन्छौँ," उनले आफ्नो भविष्यका योजनाहरूबारे स्पष्ट पार्दै थपे।

Avalon Airport
Avalon Airport launched its new international terminal on 2 December, 2018. Source: Supplied

एभलनको अन्तर्राष्ट्रिय टर्मिनल भवन गत शनिवार एक समारोहका बिच सङ्घीय सरकारमा विदेश मन्त्री समेत रहेकी मरिस पेयनले लारा नामक त्यस क्षेत्रलाई भिक्टोरियाली राज्य संसद्मा प्रतिनिधित्व गर्ने सांसद जोन एरोनसँग संयुक्त रूपमा उद्घाटन गरेकी हुन्।

एयर एसियाका अनुसार सञ्चालनको पहिलो वर्षमा करिब ५ लाख मानिसहरूले एभलन अन्तर्राष्ट्रिय विमानस्थलबाट उसको सेवा लिने अनुमान छ।

अस्ट्रेलियाकै सबैभन्दा तेज रफ्तारमा बढिरहेको पश्चिमी मेलबर्नको जनसङ्ख्यामा ठुलो मात्रामा आप्रवासीहरुको हात छ जसलाई एयर एसियाले राम्ररी बुझेको देखिन्छ। यो उसको लागि आर्थिक लाभ गर्ने  एवं आफ्नो साख बढाउने राम्रो रणनीतिक चाल हुनसक्छ।

The Melbourne city skyline is seen behind a new home at a housing estate at Deer Park in the outer western suburbs of Melbourne, Wednesday, May 23, 2012. (AAP Image/David Crosling) NO ARCHIVING
The Melbourne city skyline is seen behind a new home at a housing estate at Deer Park in the outer western suburbs of Melbourne (AAP Image/David Crosling) Source: AAP

मेलबर्न सहर वरिपरि भन्दा बाहिरी चक्रमा पर्ने ग्रेटर मेलबर्न क्षेत्रमा यो वर्ष मात्र १८ वटा नयाँ सबर्बहरु थपिएका छन्। जसमध्ये ११ त पश्चिमी मेलबर्नको मेल्टनदेखि क्यारोलाइन स्प्रिन्ग्ससम्म पर्ने "ग्रोथ करिडर" नाम दिइएको क्षेत्रमा पर्दछन्।

त्यस्तै भिक्टोरियन योजना प्राधिकरणले एभलन भन्दा लगभग २० किलोमिटर पर रहेको वेरीबी पूर्वलाई एक नवोत्थान तथा उद्यमशीलता क्लस्टरको रूपमा विकास गर्दै त्यहाँ निजी साझेदारहरूसँग मिलेर अस्ट्रेलियन शिक्षा नगर बनाउने आफ्नो योजना सार्वजनिक गरिसकेको छ।

वेरीबी पूर्व: एक नवोत्थान तथा उद्यमशीलता क्लस्टर
Source: Planning Victoria

अहिले लगभग ४८ लाख मानिसहरू बसोबास गर्ने बृहत् मेलबर्न सहरी क्षेत्रले वार्षिक रूपमा १२५,००० को हाराहारीमा मानिसहरू थपिरहेको छ। आगामी दश वर्ष भित्र बृहत् मेलबर्न सहरी क्षेत्रले सिड्नीलाई पछि पार्दै जनसङ्ख्याको हिसाबमा अस्ट्रेलियाको सबभन्दा ठुलो सहर बन्ने प्रक्षेपण अस्ट्रेलियाली तथ्याङ्क ब्युरोले गरेको छ।

स्रोत: एबीसी

कुनै पनि सहरको जनसङ्ख्या करिब ५० लाखको हाराहारीमा पुगेपछि उक्त सहरले आफ्नो काँचुली फेर्नुपर्ने कुरामा जोड दिन्छन् एक जनसांख्यिकी अधेय्ता बर्नार्ड सल्ट।

अमेरिकी राज्य टेक्सस स्थित ड्यालस फोर्ट वर्थ सहरको उदाहरण दिँदै उनले एबीसीलाई भने, "मेलबर्न जत्तिकै जनसङ्ख्या भएको तथा उस्तै गतिमा जनसङ्ख्या बढ्दै गरेको ड्यालस तथा फोर्ट वर्थ खासमा ३० किमी पर रहेका दुई भिन्न-भिन्नै सहरहरू हुन् जहाँका मुख्य व्यापारिक क्षेत्रहरूमा फोर्च्युन ५०० मा नामाङ्कित धेरै कम्पनीहरूको प्रमुख कार्यालयहरू छन्। "

उता एभलन नजिकैको अर्को नगर विन्धमले पनि विमानस्थलको स्तरोन्नतिसँगै आफ्नो पनि आर्थिक विकास हुने आसा राखेको छ।

विन्धम काउन्सिलमा पर्यटन सम्बन्धी मामला हेर्ने एक अधिकारी जोन गिबन्स अन्तर्राष्ट्रिय उडानका कारण त्यस क्षेत्र भएर आवतजावत गर्ने  मानिसहरू मेलबर्न सहरको सट्टा आफ्नो काउन्सिल इलाकामा पर्ने साना तथा मझौला व्यवसायहरूमा अधिक भन्दा अधिक सेवा तथा अन्य सुविधाहरू लिन सकुन् भनेर आफूहरूले तथा कार्यक्रमहरू बनाइरहेको भन्छन्।

नोट: गत अक्टोबर १३ देखि एयर एसियाको क्वालालम्पुर - काठमान्डू सेवा स्थगित रहेकोले एअर एसियाको विमानसेवाबाट नेपालसम्मै सोझै पुग्न भने सकिन्न।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now