Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

के रोबोटहरूले हामीलाई बेरोजगार बनाइदेलान् त?

Robot

Instagram/Naulo Source: Instagram/Naulo

रोबोटहरूले मानिसहरूको जागिर खोस्ने डर वास्तविकतामा आधारित भने नरहेको एक नयाँ अध्यनले बताएको छ।


भविष्यमा सबैजसो काम यन्त्र मानव पनि भनिने रोबोटहरूले नै गर्ने र ठुलो सङ्ख्यामा मानिसहरू चाहिँ बेरोजगार हुने भन्ने जस्ता भनाइहरू समय समयमा आउने गरेका छन्।

त्यसैले, भविष्यका कार्य स्थल कस्तो रहला भन्ने बारे डेलोईट एक्सेस इकोनोमिक्सले गरेको अध्यन अनुसार रोबोट लगायतका प्राविधिक विकासले खालि मानिसहरूमा रहेका सीपलाई अझ सजिलो र चाँडै काम सम्पादन गर्न मद्दत गर्नेछ।

Deloitte's Chris Richardson says the hit to migration is putting a hole in the economy. (AAP)
Deloitte's Chris Richardson says the hit to migration is putting a hole in the economy. (AAP) Source: AAP

“कार्यस्थलमा हुने प्राविधिक विकासका साथ कामदारहरूले पनि आफ्नो क्षमतामा सुधार गर्न सके - सन् २०३० सम्ममा अस्ट्रेलियन अर्थतन्त्र धेरै बलियो अवस्थामा रहने छ,” उनले भने।

“भविष्यमा ८०% भन्दा बढी जागिरहरू रोबोटका सट्टा मानिसहरूले नै गर्नुपर्नेछ।”

रिपोर्टका अनुसार यदि कामदारहरूले आफ्ना कार्यस्थलमा हुने प्राविधिक विकासका साथ आफ्नो सीपोन्नति पनि गर्न सके त्यसले देशको अर्थतन्त्र वार्षिक करिब ३६ अर्ब डलरले वृद्धि हुनेछ।

सेन्टर फर फ्युचर वर्क नामको अर्को एक संस्थाका जीम स्ट्यानफर्ड यसमा सहमति जनाउँदै भन्छन्, “मानिसहरू नभए प्राविधिक विकास असम्भव प्राय: हुन्छ।”

यस कारण पनि, कामदारहरूको स्थान मेसिनले लिने जस्ता सोच कहिले वास्तविकतामा परिणत हुन नसक्ने उनको धारणा छ।

रोजगार र प्रविधि बिच रहेको गहिरो सम्बन्धबारे राम्रोसँग बुझ्नेहरूमा सिड्नी विश्वविद्यालयका रोबोटिक्स इन्जिनियर र अध्यनकर्ता इयन म्यानचेस्टर पनि रहेका छन्।

उनी अहिले “स्वागबोट” नामक एक रोबोटको विकास गर्दै छन् जसलाई गाईबस्तुहरूको व्यवस्थापनमा प्रयोग गरिने छ।

यसले किसानहरूलाई आफ्नो काममा धेरै सहयोग पुग्ने उनको भनाइ छ।

“स्वागबोटले कृषकहरूको काम खोस्नु भन्दा उनीहरूलाई आफ्नो काम गर्न झन् सजिलो हुनेछ।”

तर, प्राविधिक विकासले भर्न नसक्ने पेसाहरूका लागि भने मानिसहरूको सीपोन्नति हुन पनि धेरै जरुरी रहेको रिचर्डसनको भनाइ रहेको छ।

“भविष्यमा ८०% भन्दा बढी जागिरहरू रोबोटका सट्टा मानिसहरूले नै गर्नुपर्नेछ।”

अनि, यसका निम्ति परिवर्तनलाई स्वीकार गर्न सक्ने क्षमताको विकास हुनु र रचनात्मक विचारधाराको पनि महत्त्वपूर्ण भूमिका रहने उनी बताउँछन्।

उता, स्ट्यानफर्ड भने रोबोटहरूले सबै काम गर्न सक्दैनन् भन्दैमा मानिसहरू लापरबाही हुनु नहुने तर्क राख्दै भन्छन्, “ काममा अस्थिरता, तलब नबढ्ने र असमानता जस्ता कुराहरू चाहिँ बढ्न सक्छ र यसबारे मानिसहरूले समय छँदै ध्यान पुर्‍याउनु पर्छ।”

 दी पाथ टु प्रोस्पेरिटी: व्हाई दि फ्युचर अफ वर्क ईज ह्युमन (पुरा रिपोर्ट तल छ)

This browser does not support inline PDFs. Please download the PDF to view it: Download PDF


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now