SKIP TO MAIN CONTENT

छ वर्षदेखि चिसिएको अस्ट्रेलिया-चीन कूटनीतिक सम्बन्ध सुधार गर्न दुई देशका प्रधानमन्त्रीबिच भेट

ANTHONY ALBANESE G20 BALI
Australia’s Prime Minister Anthony Albanese meets China’s President Xi Jinping in a bilateral meeting during the 2022 G20 summit in Nusa Dua, Bali, Indonesia, Tuesday, November 15, 2022. (AAP Image/Mick Tsikas) NO ARCHIVING Source: AAP / MICK TSIKAS/AAPIMAGE

बालीमा भएको जी-२० सम्मेलनमा प्रधानमन्त्री एन्थनि एल्बनिजीले चिनियाँ प्रधानमन्त्री सी जिन्पिङ्गसँग वार्ता गरेपछि दुई देशबिच चिसिएको सम्बन्धलाई सुमधुर बनाउने अपेक्षा गरिएको छ।


Published

Updated

By Hannah Kwon

Presented by Sunita Pokharel

Source: SBS



Skip to podcast episode content

बालीमा भएको जी-२० सम्मेलनमा प्रधानमन्त्री एन्थनि एल्बनिजीले चिनियाँ प्रधानमन्त्री सी जिन्पिङ्गसँग वार्ता गरेपछि दुई देशबिच चिसिएको सम्बन्धलाई सुमधुर बनाउने अपेक्षा गरिएको छ।


बालीमा जी-२० सम्मेलन जारी रहेको समयमा प्रधानमन्त्री एन्थनि एल्बनिजीले चिनियाँ समकक्षी सी जिन्पिङ्गसँग भेट गरेका छन्।

छ वर्ष पछि दुई राष्ट्र प्रमुखहरूबिच यो वार्ता सम्भव भएको हो।

पछिल्लो पटक सन् २०१६ मा तत्कालीन अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले चिनियाँ प्रधानमन्त्री सीलाई भेटेका थिए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

प्रधानमन्त्री एल्बनिजीले यसलाई महत्त्वपूर्ण खुड्किलो भएको बताए।

"भेट हुनु नै सफलता हो किनभने छ वर्षमा हामीबिच वार्ता नै भएको थिएन।"

सन् २०२० चीनले अस्ट्रेलिया विरुद्ध प्रतिवर्ष २० अर्ब डलर बराबरको वाइन, जौ र लब्स्टरको व्यापारमा प्रतिबन्धहरू लगायो।

एल्बनिजीले ती व्यापार प्रतिबन्धहरूमा परिवर्तन आउनेबारे खासै जोड नदिए पनि दुई देशबिचको सम्बन्धमा देखिएका चुनौतीहरूलाई पार गर्न सकिने कुरामा भने आफू विश्वस्त रहेको बताए।

"मलाई लाग्छ आज दुवै देशले अगाडी बढ्न महत्वपुर्ण कदम चाल्यौँ। अझै पनि यस्ता धेरै खुड्किलाहरू पार गर्नु पर्ने निश्चित छ। र मैले प्रधानमन्त्री बन्नु भन्दा अगाडी देखि नै सधैँ भन्दै आएको छु कि हामी चाहिने ठाउँमा सहकार्य गर्छौँ, चाहिने बेला आफ्नो असहमति राख्छौँ र राष्ट्रिय हितमा काम गर्छौँ।"

३२ मिनेट लामो छलफलमा प्रधानमन्त्री एल्बनिजीले दुई देशबिचको सम्बन्धमा देखिएका अन्य विवादित विषयहरूलाई पनि राखेका थिए।

जसमध्ये सिञ्जियाङ्गमा मानव अधिकारका सम्बन्धमा देखिए चिन्ताहरू, ताइवानसँगको तनाव र अस्ट्रेलियाली पत्रकार चंग ले र यंग हेञ्जुङ्गको पक्राउका विषयहरू पनि रहेका थिए।

"मानिसहरूले बुझेका छन् कि हामी फरक छौँ हाम्रो फरक प्रणालीहरू रहेका छन्।...तर हामीहरू अगाडी बढ्न यी भिन्नताहरूलाई लिएर खुल्ला र इमानदार बन्नु पर्छ।"

त्यसै समयमा चिनियाँ प्रधानमन्त्रीले एल्बनिजीलाई चुनावी जितका लागि बधाई दिएका थिए साथै उनले दुई देशबिचको सम्बन्ध महत्त्वपूर्ण रहेको बताए।

"विभिन्न अवसरमा तपाइले चीन-अस्ट्रेलिया सम्बन्धका बारेमा बोल्नु भएको छ, र चीन-अस्ट्रेलिया सम्बन्धका बारेमा परिपक्व ढङ्गबाट काम गर्ने दोहोर्‍याउनु भएको थियो। म तपाइको बिचारलाई निकै महत्त्व दिन्छु।"

उनले पछिल्ला वर्षहरूमा अप्ठ्याराहरू आएका भन्दै अस्ट्रेलियालाई "परिवर्तन गर्न, सम्बन्धलाई कायम र विकास गर्न" अनुरोध गरेका छन्।

धेरैले यसलाई चीन र अस्ट्रेलियाबिचको सम्बन्ध सुधारको सुरुवात हुने सम्भावनाका रुपमा लिएका छन्।

ग्रिफिथ युनिभर्सिटीका रोवन कालिकले नाइन नेटवर्कसँग कुरा गर्दै दुवै पक्षका लागि यो एक महत्वपुर्ण भेट भएको बताएका छन्।

उनले अहिलेको परिस्थितलाई हेरेर भविष्यमा हुने छलफलको लागि पनि वातावरण बन्ने बताए।

केही रिपोर्टहरूका अनुसार दुई नेताहरूबिच इन्डोनेसियामा भएको जी-२० को गाला डिनरमा दोस्रो पटक पनि भेट भएको थियो।

चार मिनेट लामो प्रधानमन्त्री एन्थनि एल्बनिजी, सी जिन्पिङ्ग र उनकी श्रीमती म्याडम पङ्ग लीयुएन बिच भएको कुराकानीलाई निकै सौहार्दपूर्ण रहेको भनेर व्याख्या गरिएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now