Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

बेलायती युवा पुस्ताको भनाई: “राजतन्त्र अब 'पुरानो' भइसक्यो”

Buckingham Palace
London residence of Britain's Queen Elizabeth II, Buckingham Palace, in central London, Britain Source: EPA

महारानी एलिजाबेथ द्वितीयको निधनसँगै राजतन्त्रका भविष्यका बारेमा बेलायत भित्रै प्रश्नहरू उठ्न थालेका छन्।


Published

Updated

By Abbie O'Brien

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


महारानी एलिजाबेथ द्वितीयको निधनसँगै राजतन्त्रका भविष्यका बारेमा बेलायत भित्रै प्रश्नहरू उठ्न थालेका छन्।


बेलायत यतिखेर महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक मनाइरहेको छ।

सेन्ट्रल लन्डनको ग्रिन पार्क शोक मनाउन आउने मानिसहरूको भिडले भरिएको छ।

यत्रतत्र मानिसहरू शोक मनाइरहेका देखिन्छन्।

“म रानीको राज्याभिषेकको समय जन्मिएको हु, हामी रानीप्रति श्रद्धाञ्जली व्यक्ति गर्दै सम्झन चाहन्छौ, उनले ७० वर्ष गरेका सेवाका लागि धन्यवाद छ,” त्यहाँ उपस्थित एक व्यक्तिले भने।

तर यो माया संस्थागत नभएर व्यक्ति विशेषलाई हो।

राजतन्त्रका विपक्षीमा वकालत गर्नेहरू भने नयाँ राजाले, उनकी आमाले जत्तिको लोकप्रियता नकमाउने बताउँछन्।

ग्राहम स्मिथ वर्षौँदेखि गणतन्त्रको पक्ष र राजतन्त्रको विपक्षमा वकालत गरिरहेका छन्। उनी बेलायतमा निर्वाचित राष्ट्रप्रमुख हुनु पर्ने पक्षमा छन्।

राजतन्त्र प्रतिको बद्लिँदो भावना मानिसहरूमा रानीले प्राण त्याग गर्नु अघि देखि आएको स्मिथ बताउँछन्।

यता दक्षिणी लन्डनको ब्रिक्सटेनलाई विविधताका कारण चिनिन्छ, त्यहाँका युवा पुस्तामा राजतन्त्र प्रतिको भावना मेटिँदै गएको छ।

“थुप्रै मानिसहरू सडकमा छन् तर उनीहरूसँग भने अथाह सम्पत्ति छ, मलाई यो उचित हो जस्तो लाग्दैन,” त्यहाँ बसोबास गर्ने एक व्यक्तिले भने।

मुलुक शोकमा डुबी रहेका बेला यहाँको गणतान्त्रिक अभियान बिस्तारै चलिरहेको छ, एक हजार वर्ष लामो संस्थाको भविष्यका बारेमा आगामी दिनमा समीक्षा गरिनु पर्ने उक्त अभियानले जोड दिएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now