SKIP TO MAIN CONTENT

भिक्टोरियामा यौन व्यवसायसँग सम्बन्धित कानूनको समीक्षा हुने

३० वर्षमा पहिलो पटक दक्षिणी राज्य भिक्टोरियाले यौन व्यवसायसँग सम्बन्धित आफ्नो कानूनको पुनरावलोकन गर्ने बताएको छ।

A growing number of eastern suburbs mothers are allegedly signing up to work as sex workers.
Source: Wikipedia

1 min read

Published



Skip to article content

आगामी वर्ष सुरु हुने ६ महिने एक जाँचबुझ समितिले यौनकर्मीहरूका कार्यस्थलको सुरक्षा, सङ्कीर्णता र त्यस्ता स्थानहरूमा हुने भनिएको गैर कानूनी गतिविधिको जाँच गर्नेछ।

हाल यौन व्यवसायलाई हेर्ने भिक्टोरियाको कानून आफ्नो “उद्देश्यको लागि सही नरहेको” रिजन पार्टीकी सांसद तथा यौन जन्य कार्यकी एक अभियन्ता फियोना प्याटेन बताउँछिन्।

“हाल विद्यमान कानून इन्टरनेट युगको सुरुवात भन्दा अगाडी लेखिएको हो - त्यही भएर यसले यौन जन्य कार्यहरू अनलाइनमा प्रवर्धन एवं सञ्चालन हुने कुरालाई सम्बोधन गर्दैन,” उनले भनिन्।

FIona Patten MP during an estimates hearing. MP Fiona Patten will seek to reform of Victoria's preferencing system if re-elected. (AAP)
MP Fiona Patten Source: AAP

प्याटेनका अनुसार, ती पुराना जमानाका कानूनहरुले मानिसहरू अहिलेको गीग इकोनोमीमा कार्यरत छन् भनेर पहिचान गर्दैनन्।

“यो केवल कानूनी या गैरकानूनी यौन जन्य कार्यस्थलको कुरो होइन,” बुधवार पत्रकारहरूसँग बोल्दै उनले भनिन्।

राज्यका उपभोक्ता मामिला सम्बन्धी मन्त्री मर्लिन काइरुजका अनुसार आगामी वर्ष हुने उक्त समीक्षा भिक्टोरियामा कार्यरत यौनकर्मीहरुलाई सुरक्षाको प्रत्याभूति दिने प्रति लक्षित छ।

भिक्टोरियाभर मसाज पार्लरहरू लगातार रूपमा बढिरहेको तथ्यलाई इङ्गित गर्दै प्याटेनले भनिन्,“विगत केही वर्ष यता मसाज पार्लरहरू ह्वात्तै बढिरहेको हामीले देखेकै छौँ र दुर्भाग्यवश धेरै यौनकर्मीहरूले कानूनी रूपरेखा बाहिर बसेर काम गरिरहेका छन्।”

भर्खरै मात्र नर्दन टेरोटेरीको संसद्द्वारा व्यावसायिक यौन कार्यलाई पूर्ण रोजगारीको मान्यता दिने एक प्रस्ताव पारित गरेको छ। यसबारे पढ्न यहाँ थिच्नुहोस् 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now