Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नयाँ अभिभावक भिसा: "महँगो र अनुपयुक्त" भन्छन् केही आप्रवासी परिवार

अस्ट्रेलिया सरकारले सुरु गरेको नयाँ प्रायोजित अस्थायी अभिभावक भिसाका लागि १० हजार डलरसम्म शुल्क लाग्नु धेरै महँगो र अनुपयुक्त रहेको आप्रवासी परिवारहरूले दाबी गरेका छन्।

 Visa

Image for representation only Source: SBS

अस्ट्रेलियामा १० वर्षसम्म आफ्नो अभिभावकलाई राख्न मिल्ने नयाँ भिसा प्रकिया सुरु भएको छ।

नयाँ अस्थायी प्रायोजित अभिभावक भिसा (उपवर्ग ८७०) नामकरण गरिएको उक्त भिसाका निम्ति आजैकै मितिबाट लागु हुने गरी आवेदन खुल्ला गरिएको अध्यागमन मन्त्री डेभिड कोल्म्यानले जनाएका छन्।

“यो नयाँ भिसाले आप्रवासी समुदायहरूलाई ठुलो टेवा मिल्ने हामीले विश्वास लिएका छौँ,” उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्।

मन्त्री कोल्म्यानका अनुसार मरिसन सरकारको यो पहलले अस्ट्रेलियालाई सबैभन्दा सफल आप्रवासी राष्ट्र बनाउन मद्दत गर्नेछ।

“यो भिसाले हजारौँ आप्रवासी परिवारहरूको पुनर्मिलन गराई अस्ट्रेलियालाई सामाजिक लाभ दिनेछ,” उनले अगाडी भनेका छन्।

हरेक वर्ष १५,००० सम्म यस्ता भिसाहरू दिने सरकारी प्रतिबद्धता छ।

DAMA
Immigration Minister David Coleman. Source: AAP

यो भिसा पाउने अभिभावकहरूले अस्ट्रेलिया आइसकेपछि पाँच वर्षसम्म यहाँ बस्न पाउनेछन् भने चाहिएको खण्डमा थप पाँच वर्षका लागि पुन: आवेदन हाल्न सक्ने पनि बताइएको छ।

त्यसरी थप पाँच वर्षका निम्ति उक्त भिसा नवीकरण गर्दा भने अस्ट्रेलिया बाहिर केही दिन बिताउनुपर्ने हुन सक्नेछ।

यो भिसा अन्तर्गत हरेक परिवारबाट दुई जना अभिभावकहरूलाई एकैसाथ प्रायोजन गर्न मिल्ने पनि मन्त्री कोल्म्यानको कार्यालयले जनाएको छ।

यस भिसा अन्तर्गत प्रायोजित अभिभावकहरूले आगामी जुलाई १ तारिख देखि आफ्नो भिसा दर्ता गर्न सक्ने पनि बताइएको छ।

भिसा प्रतिको असन्तुष्टि

सरकारले आफ्नो नीतिलाई “आप्रवासी मैत्री” भनी प्रचार प्रसार गरे तापनि आप्रवासी समुदायहरूले यो नयाँ भिसा अपुरो भएको भन्दै यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

हरेक परिवारबाट एक चोटिमा एक जोडी अभिभावकहरूलाई मात्र बोलाइन पाइने अनि त्यसमा पनि उनीहरूको स्वास्थ्य बिमा हुनुपर्ने र केवल १ पटक मात्र उक्त भिसा नवीकरण गर्न मिल्ने भन्दै उनीहरू यसप्रति उदासीन देखिएका हुन्।

सन् २००७ मा भारतबाट आएका इन्दरदिप तथा हरप्रित सन्धु त्यस्ता असन्तुष्ट आप्रवासी मध्यका हुन्।

उनीहरूका यहीँ जन्मेका दुई सन्तान छन् । ती बालबालिकालाई भेट्न उनीहरूका हजुरबा तथा हजुरआमाहरू यहाँ भिजिटर भिसामा पहिले आई सकेका छन्। तर एक उक्त बर्से भिसा पर्याप्त नरहेको उनीहरूको गुनासो थियो।

अहिलेको नयाँ व्यवस्थाले उक्त गुनासोलाई केही हदसम्म सम्बोधन गरेको जस्तो देखिए पनि अस्ट्रेलियन सरकारले हजुरबा तथा हजुरआमाहरूबाट आफ्ना नाति-नातिनीसँग समय बिताउन निकै पैसा उठाउनु अनैतिक रहेको समुदायका मानिसहरू बताउँछन्।

नयाँ घोषणा गरिएको भिसाको शुल्क म्याद अनुसार ५,००० डलरदेखि २०,००० सम्म तोकिएको छ।

तुलनात्मक रूपमा सस्तो रहेको पर्यटक भिसाको शुल्क जम्मा १४० डलर छ।

Arvind Duggal has been a long term campaigner for the new parent visa and says he will keep fighting for fairer terms.
Arvind Duggal has been a long-term campaigner for the parent visa. Source: Supplied by Arvind Duggal

अभिभावकहरुको निम्ति स्थायी भिसा

अहिले कायम रहेको व्यवस्था अनुसार अभिभावकहरुले स्थायी भिसा पाउन निकै मुस्किल छ।

“कन्ट्रीब्युटरी” भनिने अधिक शुल्क सहितको भिसा पाउन औसतमा ४५ महिना आफ्नो पालो कुर्नुका साथै ४७,१२० प्रतिव्यक्तिका दरले शुल्क अस्ट्रेलियन सरकारलाई बुझाउन पर्छ ।

“ नन् कन्ट्रीब्युटरी” भिसाको हकमा भने ६,००० डलर शुल्क लाग्छ र यो पाउन ३० बर्षसम्म कुर्नुपर्ने हुन्छ।

साथै, यो भिसा पाउन अभिभावकहरुले “ब्यालेन्स अफ फ्यामिली” भनिने एक अवरोध पनि पार गर्नुपर्छ।

“ब्यालेन्स अफ फ्यामिली”को नियमानुसार स्थायी भिसाका लागिआवेदन हाल्ने अभिभावकहरुको आधा भन्दा बढी सन्तानहरु अस्ट्रेलियाका स्थायी बासिन्दा हुनुपर्छ।

थप रुपमा त्यस्ता सन्तानका परिवारको बार्षिक कुल आय पनि ८३,४५५ डलर भन्दा बढी हुनुपर्दछ।


3 min read

Published

Updated

By SBS News

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now