SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स: मापसे गर्नेको लाइसेन्स तत्काल निलम्बन हुने

न्यु साउथ वेल्स राज्यमा आगामी मे २० तरिकबाट लागु हुने गरी सडक नियम सम्बन्धी नयाँ र कडा व्यवस्थाहरू लागु हुँदै छन्।

NSW Police
Source: NSW Police

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

 मे २० तरिकदेखि न्यु साउथ वेल्स राज्यमा सवारीसाधन चलाउँदा कानूनी सीमा भन्दा माथि मादक पदार्थ सेवन गरिएको पाइएमा त्यस्ता चालकहरूको लाइसेन्स तत्काल तीन महिनाका लागि निलम्बन हुनेछ।

सवारी चलाउँदा निकै कम श्रेणीको “ड्रिङ्क ड्राईभिङ्ग” (ब्लड एल्कोहल ०.०५ देखि ०.०८ भन्दा कम) गर्ने सवारी चालकहरूले कम्तीमा ५६१ डलर जरिवाना तिर्नुका साथै आफ्नो सवारी चलाउन पाउने अधिकार तीन महिनाका लागि गुमाउने छन्।

राज्यका सडक मन्त्री एन्ड्रु कन्स्टेन्सद्वारा सुरु गरिएको “जिरो टोलरेन्स” नीतिको एक हिस्साको रूपमा उक्त व्यवस्था कार्यान्वयन हुन लागेको हो।

“यसको मतलब, तपाईँले जति नै कम मात्रामा मादक पदार्थ सेवन गरेर गाडी चलाउनु भयो भने आफ्नो लाइसेन्स तत्काल गुमाउनु हुनेछ,” उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

लागू पदार्थ सेवन गरेर सवारी साधन चलाउनेको हकमा पनि यदि प्रयोगशाला विश्लेषणबाट कसुर गरेको ठहरिएमा जरिवाना सहित लाइसेन्स तत्काल निलम्बन हुनेछ।

अघिल्लो नियमानुसार, अदालतको आदेश बिना लाइसेन्स निलम्बन गर्न पाइँदैन थियो।

गए वर्ष मात्र न्यु साउथ वेल्स राज्यमा ६८ जनाले मादक पदार्थ सम्बन्धी सडक घटनाहरू परेर आफ्नो ज्यान गुमाएका थिए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now