рдЕрд╕реНрдЯреНрд░реЗрд▓рд┐рдпрд╛рдорд╛ рдирдпрд╛рдБ рдиреЗрдкрд╛рд▓реА рдорд╣рд╛рд╕рдЩреНрдШ: рдПрдирдЖрд░рдПрдирдП рдкреНрд░рддрд┐рд╕реНрдкрд░реНрдзреА рдирднрдПрдХреЛрдорд╛ рдЬреЛрдб

FeNCAA_nepali organisation_ inauguration_nepali community

Source: sbs nepali

рдЕрд╕реНрдЯреНрд░реЗрд▓рд┐рдпрд╛рдорд╛ рд╕рдЮреНрдЪрд╛рд▓рдирдорд╛ рд░рд╣реЗрдХрд╛ рд╕рд╛рдореБрджрд╛рдпрд┐рдХ рд╕рдВрд╕реНрдерд╛рд╣рд░реВрдХреЛ рдорд╣рд╛рд╕рдЩреНрдШ (рдлреЗрдиреНрдХрд╛) рдХреЛ рдЖрдзрд┐рдХрд╛рд░рд┐рдХ рдЙрджреНрдШрд╛рдЯрди рднрдПрдХреЛ рдЫред


केही वर्षको कसरत पश्चात् अन्ततः सम्पूर्ण सङ्घ संस्थालाई एकै छाता मुनि ल्याउने उद्देश्यका साथ नेपाली संस्थाहरूको राष्ट्रिय महासङ्घको स्थापना गरिएको छ ।

अस्ट्रेलियामा रहेका नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ फेन्काको सेप्टेम्बर १० मा क्यानबेरामा एक कार्यक्रमका बिच आधिकारिक उद्घाटन गरिएको हो ।

विभिन्न सामुदायिक संस्थाका प्रतिनिधि र सङ्घीय मन्त्री र विपक्षी सांसदहरूको पनि उपस्थिति रहेको उक्त कार्यक्रममा फेन्काले अस्ट्रेलियाली सरकारसँग नेपाली समुदायका लागि पहल गर्ने बताइएको थियो।

यसै क्रममा मोरिशन सरकारमा बहुसांस्कृतिक मामिलाको जिम्मा पाएका मन्त्री जेसन वुड्सले फेन्का को आधिकारिक उद्घाटन गर्दै यसले एकीकृत रूपमा समुदायका समस्याहरूलाई सरकार समक्ष ल्याउन सजिलो बनाउने बताएका थिए।
jason wood_FeNCAA_Nepali organization_ nepali community
Jason Wood, Assistant Minister for Customs, Community Safety and Multicultural Affairs. Source: sbs nepali
त्यस्तै भनाइ विपक्षी लेबर पार्टीका सांसद एन्ड्रू जाइल्स को पनि रहेको थियो।

फेन्का के हो ?
नेपाली सङ्घ संस्थाहरूलाई एउटै छाता मुनी ल्याउने अवधारणा नै फेन्का हो।

फेन्का का संस्थापक महासचिव कृष्ण हमालले सरकारी स्तरमा नै यस्ता साना संस्थाहरूको संयुक्त आवाजको प्रतिनिधित्व गर्ने काम यो संस्थाले गर्ने बताएका छन्।
krishna hamal_FeNCAA_nepali organisation, nepali community
Source: sbs nepali
अस्ट्रेलियामा पछिल्लो २५ वर्षको अवधिमा सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्ने १०० भन्दा बढी नेपाली सामुदायिक सङ्गठनहरूको स्थापना भएको पाइन्छ।

निकै पुराना सामुदायिक संस्थाहरू आबद्ध रहेको फेन्कामा अहिले २६ वटा संस्थाहरू मात्र रहेको भन्दै हमालले यो सङ्ख्या बढाउने कार्य योजना नै बनाइएको बताएका छन्।

२०१६ को अप्रिलमा पहिलो पटक सामुदायिक संस्थाहरूको बैठकका बिच फेन्काको अवधारणा आएको थियो। र त्यसपछि ५ सदस्यीय कार्यदल बनाएर यसको दर्ताका लागी पहल सुरु गरिएको हो।

र विभिन्न बैठकबाट प्राप्त सुझावहरूका साथ अन्ततः २०१७ मा सङ्गठन दर्ता ऐन १९९१ अन्तर्गत नेप्लिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (FeNCAA) दर्ता भएको हो।

फेन्काको ३५ जनाको कार्यकारी समितिमा ७ वटै राज्य तथा टेरीटोरीका प्रतिनिधिहरू रहेका छन्।
FeNCAA_nepali organisation_nepali community_inauguration
Source: sbs nepali
अस्ट्रेलियाका नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ फेन्का का महासचिव कृष्ण हमालले नेपालीहरूले राष्ट्रिय नीति निर्माणमा कुनै भूमिका खेल्न नसकिरहेकोले समुदाय तुलनात्मक रूपमा पछि परेको बिचार व्यक्त गरेका छन्।

"नेपाली समुदायले कर तिरी रहेका छौँ, निर्वाचनमा मत दिइरहेका छौँ तर हामीले केही पाएका छैनौँ। हामी उनीहरूको नीति निर्माण तहमा सहभागी पनि हुन सकेका छैनौ।"

उद्घाटन कार्यक्रममै पनि ग्रामीण आप्रवासन तथा यहाँका विद्यालयहरूमा नेपाली भाषा पनि राखिनु पर्ने लगायतका विषयहरूको उठान गरिएको महासचिव हमालले जानकारी गराएका छन्।

"सरकारले पनि तिमीहरूको प्रस्तावहरू केही छ भनेर सोध्दा पनि केही संस्थाको अनुपस्थितिमा दिन सकिरहेका छैनौँ। त्यस्तो अवस्थामा अब फेन्काले काम गर्नेछ।"

फेन्काको उद्घाटनसँगै गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया शाखासँग यसको जिम्मेवारी बाझिने हो कि भन्ने चासो व्यक्त भई रहेका छन्।

एनआरएन र फेन्का:

यहाँ बसोबास गर्ने नेपालीहरूको समग्र सरोकारका विषयमा बोल्ने संस्थाका रूपमा यस अघि गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया मात्र रहेकोमा अब नव स्थापित महासङ्घ प्रतिस्पर्धा हो त ?

फेन्का को उद्घाटन कार्यक्रममा उपस्थित व्यक्तिहरूले यी दुई संस्थाबिच प्रतिस्पर्धा नभएर मिलेर नेपाली समुदायको हितका लागी अघि बढ्नेमा जोड दिए।

फेन्का का संस्थापक अध्यक्ष डाक्टर राजु अधिकारीले यो संस्था एनआरएनएको प्रतिस्पर्धी नभएर परिपूरक भएको बताएका छन्।
Raju Adhikari_FeNCAA_nepali organisation_nepali community_inauguration
President of FeNCAA, Dr. Raju Adhikari. Source: sbs nepali
"एनआरएनए एकदम राम्रो संस्था हो। यो समावेशी हुनुका साथै नेपालमा पनि राम्रो काम गरी रहेको छ साथै यहाँका समुदायमा पनि भलाइ गरिरहेको छ। तर फेन्काले संस्थाहरूको प्रतिनिधित्व गर्ने जिम्मेवारी हुन्छ त्यो धेरै फरक छ।"

अधिकारीले आफू पनि लामो समयदेखि एनआरएनएमा आबद्ध भएको बताउँदै फेन्का स्थापनाका लागी कार्यदल पनि एनआरएनएले नै दिएको बताए।

गैर आवासीय नेपाली सङ्घको अस्ट्रेलिया शाखाको स्थापनामा महत्त्वपूर्ण भूमिका निभाएकी इन्द्र बनले पनि फेन्का र एनआरएनए अस्ट्रेलिया बिच प्रतिस्पर्धा भन्दा दुवै पक्षले मिलेर काम गरे सबैको लागि फाइदा हुने बताएकी छन्।

उनले सरकारी स्तरमा साना सामुदायिक संस्थाहरूको आवाज छुट्टा छुट्टै राख्नु भन्दा एक संयुक्त आवाज राखिने र त्यो बढी प्रभावकारी हुने विचार व्यक्त गरिन्।
FeNCAA_Indra Ban_nepali organisation_nepali community_inauguration
Indra Ban, Vice President of FeNCAA. Source: sbs nepali
"सबै सामुदायिक संस्थाहरू नेपालीहरूकै लागी भनेर खोलिएको हो। एनआरएनको दायित्व यहाँ पनि छ साथ साथै आफ्नो जन्मभूमिमा पनि छ। र यदि सबैले मिलेर काम गरे हामीले आकाश पनि छुन सक्छौँ जस्तो मलाइ लाग्छ।"

राष्ट्रिय स्तरमा गरिने लबीइङ्ग एनआरएनएले नगर्ने बताउँदै महासचिव हमालले भने, "एनआरएन आफू मात्र संस्था हो अरू संस्था छैन, तर यो फेन्कामा अन्य संस्थाहरूको पनि संयुक्त आवाज लान सकियो भने सरकारलाई दबाब पर्छ र हामीले हासिल गर्न नसकेका कुरा पनि हासिल हुन्छ।"

गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका उपाध्यक्ष समेत रहेका देव गुरुङले सिड्नीमा मात्र ९२ वटा नेपाली सङ्घ संस्थाहरू रहेकोमा फेन्का पनि त्यस मध्ये एक भएको आफ्नो बुझाइ रहेको बताएका छन्।
FeNCAA_nepali organisation_inauguration_dev Gurung
Dev Gurung. Source: sbs nepali
आफूलाई छाता सङ्गठन भन्दै गर्दा धेरै चुनौतीहरूको पनि सामना गर्नु पर्ने गुरुङको भनाइ रहेको छ।

"धेरै सामुदायिक संस्थाहरूलाई उहाँहरूले साथमा लिएर जानुपर्ने हुन्छ, सदस्यता नै त्यस्ता संस्थाहरूको हुने भएको कारणले गर्दा पनि उहाँहरूलाई मनाउन सक्नु भनेको एउटा ठुलो चुनौती हो।"

यद्यपि समय र मेहनत गरिएको खण्डमा राष्ट्रिय अनुदान प्राप्त गराउने साथै विभिन्न क्षेत्रमा लबीइङ्ग गर्न सके फेन्काले आउँदा दिनहरूमा ठुलो फड्को मार्ने उनको भनाइ रहेको छ।

सामुदायिक संस्थाहरूको राष्ट्रिय महासङ्घको स्थापनासँगै अब भने मूलभुमि बाट टाढा रहेको जस्तो अनुभव गर्ने तास्मेनियाका नेपाली समुदायले पनि आफ्नो आवाज सुनिने आशा राखेका छन्।

तास्मानिया स्थित नेपाली सामुदायिक केन्द्र कि अध्यक्ष पुनम पन्तले यदि कसैले साना संस्थाहरूको प्रतिनिधित्व संसद्मा गरिदिन्छ भने त्यो साना संस्थाहरूको फाइदामा रहेको बताएकी छन्।
Nepali Society of Tasmania's President Punam Panta spoke to SBS Nepali
Punam pant talking to SBS Nepali. Source: SBS Nepali
तास्मेनियाका नेपाली समुदाय समक्ष देखिएका चुनौतीहरूलाई फेन्काले कसरी सम्बोधन गर्न सक्ला भन्ने प्रश्नमा पन्तले भनिन्,

"ग्रामीण आप्रवासन योजना अन्तर्गत तास्मेनियामा सरकारले मान्छेहरू पठाई राखेको छ। तर त्यहाँ कति धेरै समस्याहरू छन्, मैले मात्र कराई रहनुको सट्टा हामी माथि पनि अर्को संस्था छ र त्यसले सहयोग गर्छ भन्नु सकारात्मक छ र आस पनि छ।"

विभिन्न नेपाली सामुदायिक संस्थाहरूलाई एकत्रित गर्ने भन्दै स्थापना गरिएको फेन्काको प्रभावकारिता आगामी दिनले प्रस्ट्याउने भए पनि उद्घाटन समारोहमा उपस्थित नेपाली समुदायका प्रतिनिधिहरूले समुदायकै सरोकारलाई सरकारी स्तरमा राख्ने उक्त महासङ्घबाट आशा राखेको पाइएको छ।
FeNCAA_nepali organisation_nepali community
Source: sbs nepali



Share

Latest podcast episodes

Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
рдЕрд╕реНрдЯреНрд░реЗрд▓рд┐рдпрд╛рдорд╛ рдирдпрд╛рдБ рдиреЗрдкрд╛рд▓реА рдорд╣рд╛рд╕рдЩреНрдШ: рдПрдирдЖрд░рдПрдирдП рдкреНрд░рддрд┐рд╕реНрдкрд░реНрдзреА рдирднрдПрдХреЛрдорд╛ рдЬреЛрдб | SBS Nepali