पेरेन्ट भिसा पाएर स्थायी रूपमा नै सन् २०१७ देखि सिड्नीमा बसोबास गर्दै आएका जित गोपालीले आफ्नो अस्ट्रेलिया अनुभव सुनाएका छन्।
सिड्नीका विभिन्न स्थानमा हुने सामुदायिक कार्यक्रम हत्तपत्त नछुटाउने जित गोपाली अस्ट्रेलिया बसाइको धेरै मध्ये यो एक निकै रमाइलो लाग्ने पक्ष भएको बताउँछन्।
नेपाली समुदायका कार्यक्रमहरूमा सक्रिय सहभागी हुने गोपालीलाई यहाँको स्वास्थ्य प्रणाली, बिरामीलाई गर्ने व्यवहार र सामुदायिक जीवन आकर्षक लाग्छ।
तर गोपालीलाई सधैँ यतै बस्ने निर्णय कत्तिको सही लाग्छ त भन्ने प्रश्न सोध्दा केही हिचकिचाउँछन्। साथै उनको भर्खर अस्ट्रेलिया आएका वा आउने योजनामा रहेका अभिभावकलाई केही व्यवहारिक सुझाव पनि छन्।
ट्रेन यात्राका क्रममा गरिएको यस कुराकानीमा गोपालीका अनुभव र नेपालबाट यहाँ आएका अभिभावकका चुनौतीबारे सुन्ने छौँ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।





