SKIP TO MAIN CONTENT

सरकारको आप्रवासन नीति: अन्तर्राष्ट्रिय विद्यार्थीले परिवारका सदस्य अस्ट्रेलिया ल्याउन नपाउने

TONY BURKE PRESS CLUB
Australian Minister for Immigration and Citizenship Tony Burke prepares to address the National Press Club in Canberra, Thursday, September 17, 2026. Source: AAP / LUKAS COCH/AAPIMAGE

गृह मामिला साथै आप्रवासन तथा नागरिकतासम्बन्धि सङ्घीय मन्त्री टोनी बर्कले बिहीबार १७ सेप्टेम्बरमा नेसनल प्रेस क्लबमा सम्बोधन गर्दै आप्रवासन सम्बन्धी नयाँ परिवर्तनहरूको घोषणा गरेका छन्।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

गृह मामिला साथै आप्रवासन तथा नागरिकतासम्बन्धि सङ्घीय मन्त्री टोनी बर्कले बिहीबार १७ सेप्टेम्बरमा नेसनल प्रेस क्लबमा सम्बोधन गर्दै आप्रवासन सम्बन्धी नयाँ परिवर्तनहरूको घोषणा गरेका छन्।


विद्यार्थी तथा भिजिटर भिसामा परिवर्तन

नयाँ नियमअनुसार, अन्तर्राष्ट्रिय विद्यार्थी र ग्राजुएट भिसामा रहेकाहरूले अब सामान्यतया आफ्ना परिवारका सदस्यहरूलाई अस्ट्रेलिया ल्याउन पाउने छैनन्।

यद्यपि, पीएचडी अध्ययनरत विद्यार्थीहरू लगायत केही विशेष अवस्थामा अपवाद लागू हुने सरकारको भनाइ छ।

साथै यी नियम नयाँ भिसा आवेदनमा लागु हुने र हाल अस्ट्रेलियामा नै रहेका परिवारका सदस्यहरूलाई भने बस्ने अनुमति दिइने मन्त्री बर्कले बताएका छन्।

त्यसैगरी, विदेशी विद्यार्थीहरूले आफ्नो भिसा अवधि थप गर्न अब उच्च तहको अध्ययनतर्फ अगाडी बढे मात्र सम्भव हुनेछ।

उदाहरणका लागि, ब्याचलरबाट मास्टर्समा जाने विद्यार्थीहरूले मात्र भिसा नवीकरण वा विस्तार गर्न सक्ने व्यवस्था हुनेछ।

सरकारका अनुसार, यो कदम "भिसा हपिङ" अर्थात् एक कोर्सबाट अर्को कोर्समा सर्दै अस्ट्रेलियामा बसाइ लम्ब्याउने प्रवृत्ति नियन्त्रण गर्न ल्याउन लागिएको हो।

भिजिटर भिसामा अबदेखि "नो फर्दर स्टे" अर्थात् थप बसाइको अनुमति नदिने व्यवस्था लागू गरिनेछ।

यो परिवर्तन पनि हाल अस्ट्रेलियामा रहेका व्यक्तिहरूमा लागू हुने छैन। नयाँ नियम भविष्यमा जारी हुने भिसाहरूमा मात्र लागू हुनेछ।

पोइन्ट सिस्टममा परिवर्तन

मन्त्री बर्कले आप्रवासन सुधारका उपायहरूलाई को अस्ट्रेलिया आउँछ, को बस्न पाउँछ र को जानुपर्छ भन्ने तीन वटा मुख्य भागमा विभाजन गरिएको बताएका छन्।

उनका अनुसार, पोइन्ट्स टेस्टमा परिवर्तन गरिनेछ। दक्ष आप्रवासी कामदारहरू छनोट गर्न प्रयोग हुने यस प्रणालीअन्तर्गत अब आवास तथा निर्माणसम्बन्धी योग्यताहरूलाई युनिभर्सिटिको योग्यतासरह पोइन्ट दिइने छ।

यसका साथै, निर्माण, कृषि, मत्स्यपालन, स्रोतसाधन तथा शिक्षण क्षेत्रलाई आप्रवासन नीतिमा प्राथमिकता दिइने मन्त्री बर्कले बताएका छन्।

ओभरस्टेमा कडाइ

सरकारले भिसाको अवधि सकिएपछि पनि अस्ट्रेलियामा बसिरहने व्यक्तिहरूमाथि अझ कडा कारबाही गर्ने बताएको छ।

यसका लागि सन् २०१५ अघिको व्यवस्था पुनः लागू गरिनेछ।

टोनी बर्कका अनुसार, सन् २०१५ अघि भिसा अवधि नाघेर बसिरहेका व्यक्तिहरूलाई आप्रवासन बन्दी गृहमा राखिने गरिन्थ्यो भने त्यसपछि केही साताभित्र उनीहरूले आफ्नै खर्चमा फर्कने व्यवस्था गरी अस्ट्रेलिया छाड्ने गर्थे।

सरकारले अब पुनः त्यस्तै कडा नीति अपनाउँदै, वैध भिसा बिना देशमा बसिरहने व्यक्तिहरूलाई अस्ट्रेलिया छोड्ने प्रक्रिया थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

संघीय सरकारको आप्रवासन प्रणालीमा सुधारमा लक्षित ६ समूह:

  • अवैध रूपमा बसिरहेका गैर-नागरिक
  • विद्यार्थी
  • पर्यटक
  • ब्याकप्याकर
  • दक्ष आप्रवासी
  • माइग्रेसन एजेन्ट
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now