SKIP TO MAIN CONTENT

BONUS

तेक्वान्दो खेल्ने रहरले अस्ट्रेलियन बनेकी विश्व च्याम्पियन सृजना घिसिङ

SHRIJANA GHISING GAME
Para taekwondo champion Shrijana Ghising shared her story with SBS Nepali. Credit: Supplied/Australian Government Department of Home Affairs

नेपाललाई पारा तेक्न्द्वोमा ऐतिहासिक स्वर्ण पदक दिलाउन सफल खेलाडी सृजना घिसिङलाई गत जुनमा अस्ट्रेलियाले आफ्नो बनाएको छ।


Published

By Abhas Parajuli

Source: SBS



Skip to podcast episode content

नेपाललाई पारा तेक्न्द्वोमा ऐतिहासिक स्वर्ण पदक दिलाउन सफल खेलाडी सृजना घिसिङलाई गत जुनमा अस्ट्रेलियाले आफ्नो बनाएको छ।


हरेक वर्ष १७ सेप्टेम्बरलाई अस्ट्रेलियन नागरिकता दिवसका रूपमा मनाउने गरिन्छ।

सन् २००१ देखि यस मितिमा मनाउन थालिएको ‘अस्ट्रेलियन सिटिजनशिप डे’को अवसरमा देशभर विभिन्न स्थानमा नयाँ अस्ट्रेलियन नागरिकहरूलाई स्वागत गर्दै नागरिकता वितरण समारोह तथा अन्य कार्यक्रम आयोजना गरिन्छ।

आज हामी यही सन्दर्भमा एक कुराकानी लिएर आएका छौँ।

केही वर्ष अगिसम्म चन्द्र र सूर्य अङ्कित नेपाली झण्डा मुनि बसेर सन् २०२२ मा साउदी अरेबियाको रियादमा आयोजना भएको ‘वर्ल्ड पारा तेक्वान्दो ग्राँ प्रि’मा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाउन सफल २६ वर्षीय सृजना घिसिङलाई अस्ट्रेलियाले आफ्नो बनाएको छ।

यसबारे एक मिडिया विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाको सङ्घीय गृह मामिला मन्त्रालय तथा पारालिम्पिक्स अस्ट्रेलिया दुवैले तेक्वान्दो च्याम्पियन सृजना घिसिङलाई देशको नयाँ नागरिकको रूपमा गर्वका साथ स्वागत गरेको बताएका छन्।

घिसिङले हालै सेप्टेम्बरमा दक्षिण कोरियाको मुजुमा भएको २०२६ वर्ल्ड तेक्वान्दो पारा ग्राँ प्रीमा प्रथम हुँदै अस्ट्रेलियाको पहिलो स्वर्ण हात पारेकी छिन्।

तर, सन् २०२३ मा पहिलो पटक अस्ट्रेलिया आइपुगेकी सृजना घिसिङले किन नेपाली नागरिकता त्याग्ने निर्णय लिइन्? घिसिङले एसबीएस नेपालीसँग गरेको कुराकानीको छोटो अंश सुन्नुहोस्।

नोट: हामी तपाईँलाई अवगत गराउन चाहन्छौं कि यस कुराकानीमा व्यक्त विचारहरू वक्ता स्वयम्का हुन र यी भनाइहरूप्रति एसबीएसको सहमति तथा विमति दुवै रहेको छैन। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि कुराकानीमा व्यक्त गरिएका आप्रवासन सम्बन्धि जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो माइग्रेसन एजेन्ट वा कानूनी सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौँ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now