SKIP TO MAIN CONTENT

हिमालका कुरा: नौ पटक सगरमाथा चढेका कुङ्गा शेर्पाको हिमाल आरोहण ‘चेकलिस्ट’

Kunga Sherpa shares his mountaineering journey with SBS Nepali.
Kunga Sherpa shares his mountaineering journey with SBS Nepali. Credit: Kunga Sherpa, Sunita Pokharel

सन् २०१६ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कुङ्गा शेर्पाले हालसम्म नौ पटक सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेका छन्। गत अगस्टमा तेस्रो पटक अस्ट्रेलिया भ्रमणका क्रममा एसबीएस नेपालीसँग कुरा गर्दै उनले हिमाल, पर्वतारोहण र शेर्पा समुदायको भूमिकाबारे आफ्नो अनुभव तथा दृष्टिकोण बाँडेका छन्।


Published

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

सन् २०१६ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कुङ्गा शेर्पाले हालसम्म नौ पटक सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेका छन्। गत अगस्टमा तेस्रो पटक अस्ट्रेलिया भ्रमणका क्रममा एसबीएस नेपालीसँग कुरा गर्दै उनले हिमाल, पर्वतारोहण र शेर्पा समुदायको भूमिकाबारे आफ्नो अनुभव तथा दृष्टिकोण बाँडेका छन्।


दुई भागमा प्रस्तुत गरिएको यस विशेष कुराकानीको पहिलो अङ्कमा कुङ्गा शेर्पाले आफ्नो अस्ट्रेलिया भ्रमण अनुभवसँगै हिमाल चढ्दा आवश्यक पर्ने तयारी, सावधानी र चुनौतीहरूबारे चर्चा गरेका छन्।

उनले शेर्पा गाइडहरूको जिम्मेवारी, विश्वभर पर्वतारोहण क्षेत्रमा उनीहरूको योगदान तथा शेर्पा गाइडहरूको सङ्ख्या क्रमशः घट्दै गएको अवस्थाबारे पनि प्रकाश पारेका छन्।

साथै, आफ्ना सन्तानलाई पर्वतारोहण पेसामा नलागुन् भन्ने आफ्नो चाहनाको कारण खुलाउँदै उनले यस क्षेत्रमा रहेका जोखिम र कठिनाइबारे बताएका छन्।

हिमाल आरोहणका लागि शारीरिक तन्दुरुस्ती, मानसिक तयारी र आर्थिक क्षमता किन महत्त्वपूर्ण छन् भन्नेबारे पनि शेर्पाको विचार सुन्ने छौँ ।

विभिन्न हिमाल आरोहणका लागि लाग्ने सम्भावित खर्च र आवश्यक पूर्व तयारीबारे समेत यस कुराकानीमा चर्चा गरिएको छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now