सन् २०१६ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कुङ्गा शेर्पाले हालसम्म नौ पटक सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेका छन्। गत अगस्टमा तेस्रो पटक अस्ट्रेलिया भ्रमणका क्रममा एसबीएस नेपालीसँग कुरा गर्दै उनले हिमाल, पर्वतारोहण र शेर्पा समुदायको भूमिकाबारे आफ्नो अनुभव तथा दृष्टिकोण बाँडेका छन्।
दुई भागमा प्रस्तुत गरिएको यस विशेष कुराकानीको दोस्रो तथा अन्तिम भागमा उनले निर्मल पुर्जासहितका पर्वतारोहीहरूको ज्यान गएको घटनाबारे आफ्नो धारणा राख्दै हिमालमा देखिएको परिवर्तन, उच्च हिमाली क्षेत्रमा आउने चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने विषयमा चर्चा गरेका छन्।
साथै नेपालमा महिला पर्वतारोहण गाइडहरूको अवस्था र आफ्नो व्यक्तिगत जीवनका केही पाटाहरू पनि उनले खुलाएका छन्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।





