सङ्घीय सरकारले अस्ट्रेलियाको भिसा सम्बन्धी केही नियमहरू फेरबदल गरेको छ। ग्र्याजुएट भिसा आवेदन शुल्क दोब्बर गर्ने निर्णयसँगै, विद्यार्थी भिसा आवेदन शुल्कमा पनि वृद्धि गरिएको छ। यस बाहेक भिसा हपिङमा कढाइ, एडमीनीस्ट्रेटीभ रिभ्यू ट्रिब्यूनललाई (एआरटी) थप अधिकार दिने लगायतका निर्णयहरू आएका छन्। अध्यागमन सम्बन्धी सरकारले गरेका पछिल्ला परिवर्तनसँगै अस्ट्रेलियामा पढाई पछि जागिर र स्थायी बसोबास (पीआर) प्राप्त गर्न सजिलो हुने शैक्षिक विषयहरूका बारेमा सिड्नी स्थित अध्यागमन एजेन्ट शम्भु कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो अध्यागमन एजेन्टलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





