सन् २०२६ को सुरुवातसँगै अस्ट्रेलियामा भिसा सम्बन्धी केही नियमहरू अद्यावधिक हुँदै छन्। देश भित्रने आप्रवासीहरूको सङ्ख्या नघट्ने भए पनि अस्ट्रेलियामा को आउँदै छन् र किन आउँदै छन् भन्ने कुरालाई बढी ध्यानमा राखिने बताइएको छ। अध्यागमन सम्बन्धी पछिल्ला परिवर्तन, विद्यार्थी र पार्टनर भिसा आवेदन दिँदा ध्यान दिनु पर्ने कुराहरू, ‘ल्याङ्ग्वेज टेस्ट’मा आएका फेरबदल लगायत एज्ड प्यारेन्ट भिसाको बारेमा सिड्नीस्थित अध्यागमन एजेन्ट शम्भु कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो अध्यागमन एजेन्टलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।




