SKIP TO MAIN CONTENT

‘आर यु ओके?’: बाढी विपद् बिच आफ्नो मानसिक स्वास्थ्यमा पनि ध्यान दिन आग्रह

RU OK DAY NEP
R U OK? Day is marked every year in Australia. Credit: Pexels/https://kaboompics.com/

यस ‘आर यु ओके?’ डेमा अस्ट्रेलियामा रहेका नेपाली समुदायका सदस्यहरूले नेपालमा आएको बाढी सम्बन्धि पछिल्ला घटनाक्रमबारे सामाग्रीहरू निरन्तर हेर्दै गर्दा, आफ्नो मानसिक स्वास्थ्यमा पर्न सक्ने असरबारे सचेत रहन र आवश्यक परे सहयोग खोज्न आग्रह गरेका छन्।


Published

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

यस ‘आर यु ओके?’ डेमा अस्ट्रेलियामा रहेका नेपाली समुदायका सदस्यहरूले नेपालमा आएको बाढी सम्बन्धि पछिल्ला घटनाक्रमबारे सामाग्रीहरू निरन्तर हेर्दै गर्दा, आफ्नो मानसिक स्वास्थ्यमा पर्न सक्ने असरबारे सचेत रहन र आवश्यक परे सहयोग खोज्न आग्रह गरेका छन्।


अस्ट्रेलियामा हरेक वर्ष, कोही ठिक छन् कि छैनन् अथवा जीवनमा के-कस्ता सङ्घर्ष भोगिरहेका छन् भनेर बुझ्नका लागि, सेप्टेम्बरको दोस्रो बिहीवारलाई ‘आर यु ओके?’ डेका रूपमा मनाइने चलन छ।

यसपालि बिहीवार, १० सेप्टेम्बरमा परेको ‘आर यु ओके?’ को सन्दर्भमा हामीले मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने संस्था हेडस्पेसमा स्वयंसेवक रहेकी मेलबर्नकी रसिका श्रेष्ठ, पत्रकार तथा अस्ट्रेलियन नेपाली जर्नलिस्ट एसोसिएसनका पूर्व अध्यक्ष चिरञ्जीवीराज देवकोटा र नेपाल तथा अन्य देशका मानिसहरूलाई हाल प्रत्येक दिन ‘मेडिटेसन’ र योगा सिकाउँदै आएका आर्ट अफ लिभिङका स्वयंसेवक सुदेश मल्लसँग गरेको कुराकानी सुन्नुहोस्।

नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now