SKIP TO MAIN CONTENT

‘काममा गए पीडा अलि भुलिन्छ कि’: बाढीबाट विस्थापित परिवारहरूलाई अब के?

NEPAL FLOOD SUWA MALLA
Suwa Malla and her family are currently staying at a ward office in Lalitpur. Credit: SBS Nepali/Pratichya Dulal

सुवा मल्ल कामको खोजीमा पश्चिमी नेपालस्थित बाजुराबाट मध्य नेपालमा पर्ने रसुवाको टिमुरेसम्म आइपुगेकी थिइन्।


Published

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

सुवा मल्ल कामको खोजीमा पश्चिमी नेपालस्थित बाजुराबाट मध्य नेपालमा पर्ने रसुवाको टिमुरेसम्म आइपुगेकी थिइन्।


सानोतिनो काम प्रशस्तै पाइने भएकाले केही वर्ष उनी र उनको परिवारको गुजारा त्यहाँ राम्रै चलिरहेको थियो।

तर गत अगस्ट २६ को बिहानीपख भोटेकोशी-त्रिशूलीमा आएको बाढीले आफ्नो जीवन नै परिवर्तन गरिदिएको ३२ वर्षीय मल्लको भनाइ छ।

बाढीबाट सकुशल बाँचेकी सुवा मल्ल र उनकै जस्तै एक अर्को परिवार हाल ललितपुरको एउटा वडा कार्यालयमा आश्रय लिएर बसेका छन्।

अब फेरी कहाँ बसाइ सर्ने भन्ने चिन्ता रहेको उनले एसबीएस नेपालीलाई बताउँदै त्यो भन्दा पनि पहिले आफूहरूलाई दैनिकी चलाउन कामको खाँचो भएको कुरा सुनाइन्।

सुवा मल्लसँग नेपाल संवाददाता प्रतिक्षा दुलाल गर्नुभएको कुराकानी सुन्नुहोस्।

नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपत्कालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईँले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now