अफगानिस्तानमा अमेरिकी सैन्य अपरेसन अगामी अगस्ट ३१ बाट अन्त्य हुदैछ ।
अस्ट्रेलियाले पनि हालै आफ्ना सम्पूर्ण सेना अफगानिस्तानबाट फिर्ता आइसकेको पुस्टि गरेको छ।
सैन्य उपस्थितिको अन्तसंगै अफगानिस्तानमा सहयोग पुर्याएका करिब १४ सय मानिसलाई भिसा उपलब्ध गराइसकेको र विभिन्न विकल्प मार्फत सहयोग पुर्याउने काम जारी रहने बताएको छ ।
पछिल्लो समय तालिवानले अफगानिस्तानका महत्त्वपूर्ण क्षेत्रहरू तीव्र रूपमा आफ्नो कब्जामा पारिरहेका छन् ।

र आउँदो केही हप्तामा अमेरिकी सेनाको अफगानिस्तानमा जारी सैन्य कारबाहीको अन्त्यसँगै तालीवान् समूहले थुप्रै स्थानहरूमा कब्जा जमाउने आशङ्का जताइएको छ ।
महिला तथा बालबालिकाका हक अधिकारका बोरेमा बोल्ने देखि आम नागरिक तथा मानवीय सहयोग प्रदान गरी रहनेछौ, म अफगानिस्तानमा कूटनीतिक उपस्थिति कायम राख्न चाहन्छु।
करिब २० वर्ष सम्म चलेको सैन्य कारबाहीमा करिब २ हजारको सङ्ख्यामा अमेरिकी सेनाका जवानहरूको ज्यान गएको छ,यसरी बिचमै अफगानिस्तानबाट आफ्नो बलियो उपस्थिति हटाउन लागेका राष्ट्रपति यसमा कुनै आत्मालोचना वा माफी भने मागेका छैनन् ।
तथापि गत महिना ओभल अफिसमा अफगानि राष्ट्रपति अश्राफ घानि सँगको छलफलमा उनले अफगानिस्तानका जनताका लागि अमेरिकी समर्थन भने जारी रहने बताएका छन् ।
“महिला तथा बालबालिकाका हक अधिकारका बोरेमा बोल्ने देखि आम नागरिक तथा मानवीय सहयोग प्रदान गरी रहनेछौ, म अफगानिस्तानमा कूटनीतिक उपस्थिति कायम राख्न चाहन्छु” उनले भने ।
राष्ट्रपति बाईडेनले अफगानिस्तानमा अनिश्चित काल सम्म युद्ध जारी रहनु अमेरीको सुरक्षाको हितमा भने नरहेको बताएका छन् ।
अमेरिकी जनताका कति सन्तानलाई जोखिममा राखेर अफगानिस्तानमा युद्ध गर्न पठाउने र कहिले सम्म पठाउने यसका बार बिचार गर्न पनि उनले अमेरिकी जनतासँग आग्रह गरे ।
दुई दशकसम्म चलेको सैन्य कारबाहीमा खबौ अमेरिकी डलर खर्च भएको छ, २४ सय ४८ जना अमेरिकी नागरिकका मृत्यु भएको छ भने र करिब २१ हजार मानिसहरू घाइते बनेका छन् ।
यसबाहेक तथ्याङ्क नै नराखिएका हजारौँ अमेरिकी जवान मानसिक स्वास्थ्यमा आघात पुगेर अमेरिका फर्किएका छन् ।

सेनाले छोडे पछि अफगानिस्तानमा सर्वसाधारण मारिए यसको जिम्मेवारी अमेरिकाले लिनु पर्छ कि पदैन भन्ने प्रश्नको जवाफमा राष्ट्रपति बाईडेन आक्रोशित हुँदै भन्छन् “होइन होइन होइन,अफगानिस्तानका जनताले कस्तो सरकार चाहन्छन् उनीहरूले निर्णय गर्ने हो हामीले लगेर थोपारिदिने होइन ।”
यता बेलायती प्रधानमन्त्री बोरीस जोन्सन भने सेनाको फिर्ती पछाडि आफ्नो मुलुकले अफगानिस्तानको बारेमा बेवास्ता गर्नेछ भन्ने कुरा मान्न तैयार छैनन् ।
“मलाई आशा छ कि हाम्रा सेनाहरू फिर्ता आउनुको अर्थ,अफगानिस्तानमा बेलायतको प्रतिबद्धताको अन्त्य हो भन्ने कुराको झुटो निष्कर्षमा कोही पनि पुग्नु पदैन,” उनले भने ।

यसैबिच अस्ट्रेलियाले भने अफगानिस्तानमा आफ्नो सेनाको उपस्थिति रहँदा सहयोग गर्ने कम्तीमा पनि १४ सय अफगानि नागरिकलाई भिसा उपलब्ध गराएको बताएको छ,यद्यपि केही विश्लेषकहरूले भने कतिपय मानिस अस्ट्रेलियाले सिधै रोजगारी नदिएर दोस्रो पक्षले अनुबन्ध गरेका कारण उनीहरूले भिसा प्राप्त नगरेको बताउँछन् ।
तर प्रधानमन्त्री मोरिसन उनीहरूका लागि पनि विकल्प रहेको बताउँछन् ।
“हामीले भिसाका दुई वटा स्ट्रिममा काम गछौ,एउटा कर्मचारीका लागि र अर्को सामान्य मानवीय भिसा–यी दुवै च्यानल मार्फत हामी काम गछौ,क्रिस बायन आप्रवासन सम्बन्धी मन्त्री हुँदा तैयार पारेको खाका मै हामीले काम गरिरहेका छौ,र हालसम्म १४ सय मानिसहरू अस्ट्रेलिया आइसकेका छन्।”
एसबीएस अस्ट्रेलिया सँगको कुराकानी दौरान जोन हार्वर्ड भन्छन् अस्ट्रेलियालाई मद्दत गर्नेहरूलाई मद्दत गर्नु अस्ट्रेलियाको “नैतिक दायित्व”हो र प्रधानमन्त्री मोरीसन,जोन हार्वडको भनाई प्रति आफू सहमत भएको बताउँछन् ।




