न्यु साउथ वेल्स
सर्वप्रथम त तपाईँ न्यु साउथ वेल्सको बासिन्दा हुनु पर्यो र यी शुल्क तिर्नु नपर्ने कोर्स गर्न योग्य ठहरिनु पर्दछ।
अनि, कि त अस्ट्रेलियाली नागरिकता बोकेको हुनुपर्यो होइन भने पर्मानेन्ट रेसिडेन्ट।
त्यसो त न्युजिल्याण्डको नागरिकता छ वा हाल अस्ट्रेलियामा मानवीय भिसामा हुनुहुन्छ भने पनि काम चल्छ।
विद्यार्थी भिसामा भएकाहरू यो कार्यक्रमका लागि “इलिजेबल” वा योग्य ठहर हुँदैनन्।

इलिजेबल हुनुहुन्छ भने सर्वप्रथम तपाईंले युनिक स्टुडेन्ट आइडेन्टिफायर (युएसआई) भनिने अद्वितीय विद्यार्थी पहिचानकर्ता नम्बर चाहिन्छ। पहिले नै यसका लागि दर्ता गर्नुभएको छैन यहाँ गएर यो नम्बर लिन सक्नुहुन्छ।
अनि, फेरी आफूलाई मनपर्यो भन्दै कुनै पनि कोर्स गर्न पाइने भन्ने होइन। तपाईँ आफूलाई मन परेको कोर्सका के-कस्ता आवश्यकता छन्, ती बारे पनि बुझ्नु जरुरी छ र ती कोर्स सम्पन्न गरिसक्नुपर्ने समय सीमा र टाइम दिन सक्नुहुन्छ कि हुँदैन भनेर पनि एक पटक सोच्नुहोस्।
के-के परेका छन् त यी शुल्क मिनाहा गरिएका कोर्समा?
टेफ न्यु साउथ वेल्सले यी पाठ्यक्रमहरूलाई पाँच विभिन्न प्रकारमा विभाजन गरेको छ:
- प्रशासकीय सिपहरूको विकास (डेभेलप एड्मिनिस्ट्रेसन स्किल्स)
- डिजिटल प्रभाव (इन्ह्यान्स योर डिजिटल इम्प्याक्ट)
- स्वास्थ्य तथा चिकित्सकीय ज्ञान (ग्रो हेल्थ एन्ड मेडिकल नलेज)
- नेतृत्व क्षमतामा सुधार र (इम्प्रुभ लिडरशिप परफरमेन्स)
- व्यावहारिक व्यवसाय कौशल (प्र्याकटिकल बिजिनेश स्किल्स)
प्रशासकीय सिपहरूको विकास (डेभेलप एड्मिनिस्ट्रेसन स्किल्स) मा पढ्न मिल्ने कोर्सहरू
डिजिटल प्रभाव (इन्ह्यान्स योर डिजिटल इम्प्याक्ट) मा पढ्न मिल्ने कोर्सहरू

स्वास्थ्य तथा चिकित्सकीय ज्ञान (ग्रो हेल्थ एन्ड मेडिकल नलेज)
नेतृत्व क्षमतामा सुधार र (इम्प्रुभ लिडरशिप परफरमेन्स)
व्यावहारिक व्यवसाय कौशल (प्र्याकटिकल बिजिनेश स्किल्स)
यी त भए तपाईँ न्यु साउथ वेल्समा हुनहुन्छ भने टेफमा बिना शुल्क पढ्न/तालिम लिन मिल्ने कोर्सहरू।

भिक्टोरिया
भिक्टोरियामा हुनुहुन्छ भने त्यहाँको राज्य सरकारले वर्किङ्ग फर भिक्टोरिया नामक एक कार्यक्रम घोषणा गरेको छ। यो कार्यक्रम अन्तर्गत तपाईंले आफ्नो विवरण यहाँ हालेर नयाँ कामका अवसरसम्म पहुँच पाउन सक्नुहुनेछ।
भिक्टोरियाली सुविधा प्राप्त गर्न योग्य ठहर हुनुभएको छ भने तपाईंले नयाँ काम (आफ्नो सिप अनुसारको) पाउन सक्नु हुनेछ वा थप अवसरहरूका लागि आवश्यक तालिम लिन सक्नुहुनेछ।
भिक्टोरियाली सरकारका अनुसार उक्त राज्यमा वर्किङ्ग फर भिक्टोरिया अन्तर्गतको सुविधा लिन तपाईँसँग अस्ट्रेलियामा काम गर्न पाउने अधिकार हुनु जरुरी छ र यसका लागि तपाईँ अन्तर्राष्ट्रिय विद्यार्थी भए पनि योग्य हुनुहुनेछ।

यहाँ दर्ता गर्न भने तपाईंले साइडकिकर नामको एक कर्मचारीहरू भर्ना गर्ने सुविधा प्रदायक संस्था मार्फत जानुपर्ने हुन्छ।
भिक्टोरियाली सरकारका अनुसार, उक्त साइडकिकर सेवाले सम्भावित आवेदकहरूलाई उनीहरूको सीप र अनुभवमा आधारमा काम मिलाइदिने कार्य गरिदिन्छ।
क्लिनिकल स्वास्थ्य सेवा सम्बन्धी काम (जस्तै: नर्सिङ्ग, मिडवाइफ, पारामेडिक, नर्सिङ्ग असिस्टेन्ट आदि) खोजिरहनु भएको भए चाहिँ आफ्नो रुचि व्यक्त गर्न भिक्टोरियाली सरकारले भनेको छ जसका लागि तपाईंले यहाँ उपलब्ध फारम भर्नुपर्ने हुन्छ।
माथि उल्लेखित क्लिनिकल स्वास्थ्य सेवाका विद्यार्थी हुनुहुन्छ र काम खोजिरहनु भएको भए पनि तपाईंले उक्त फारम मार्फत चासो व्यक्त गर्न सक्नुहुन्छ।

हैन, मेरो तालिम अनुसारका काम पाउन अहिले निकै गाह्रो छ भन्नुहुन्छ भने चाहिँ भिक्टोरियाली सरकारले दुई किसिमबाट तपाईँलाई सहयोग गर्न सक्छ।
पहिलो त तपाईंले भिक्टोरियाली रोजगारदाताले कामदारहरू खोजिरहेको क्षेत्र सम्बन्धित एउटा छोटो अनलाइन तालिम लिन सक्नुहुन्छ।
अथवा, भिक्टोरियाली रोजगारदाताले अर्थतन्त्र सुदृढ हुँदै जाँदा कामदारहरूको खोजी गर्ने क्षेत्र सम्बन्धित निःशुल्क टेफ कोर्स गर्न सक्नुहुन्छ।
पढ्न वा तालिम निःशुल्क भए पनि त्यसका लागि आवश्यक पर्न सक्ने सामाग्री र विद्यार्थी सेवा शुल्क भने तपाईंले आफ्नै खल्तीबाट हाल्न पर्ने हुन सक्छ।
प्रशिक्षण उपलब्ध भएको क्षेत्रहरू बारे थाहा पाउन तथा थप जानकारीका लागि तपाईंले साइडकाइकरसँग दर्ता गर्नुपर्ने हुन्छ।
उक्त सेवासँग दर्ता हुनुभए पछि भने थप निर्देशनहरू तपाईंलाई इमेलबाट पठाइने भिक्टोरियाली सरकारको भनाई छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

