अस्ट्रेलियाभर निःशुल्क र सहुलियतमा उपलब्ध रहेका कोर्सहरू

कोरोनाभाइरस प्रकोपबाट उत्पन्न आर्थिक सङ्कटका कारण रोजगारी गुमाएकाहरुलाई पुनः काममा फर्कन वा आफ्नो पेशा परिवर्तन गर्न सहयोग गर्न भन्दै सरकार द्वारा गरिएको घोषणाका साथ् विभिन्न कोर्सहरु पनि सुरु भएका छन्।

Fee-free courses at TAFE NSW

Fee-free courses at TAFE Source: TAFE NSW

अस्ट्रेलियाली विश्वविद्यालय, टेफ र निजी कलेजहरूका लागि मरिसन सरकारद्वारा आर्थिक सहायताको घोषणा भईसकेको अवस्थामा राज्य र प्रादेशिक सरकारहरूले पनि आ-आफ्नै किसिमका राहत कार्यक्रमहरु अगाडी सारेका हुन्।

आर्थिक सहायताको घोषणा गर्ने क्रममा, सङ्घीय शिक्षा मन्त्री ड्यान टीहानले जागिर गुमाएकाहरूलाई कम शुल्क वा बिना कुनै आर्थिक बोझ प्रशिक्षण उपलब्ध हुने बताएका थिए।

“अस्ट्रेलियालीहरूको सीप विकास गर्न, विशेष गरेर कोरोनाभाइरसका कारण आफ्नो जागिर गुमाएकाहरूका लागि आफ्नो पेसा परिवर्तन गर्न (घोषित राहतले) सहयोग गर्ने छ,” उनले भनेका थिए।

यस अन्तर्गत विश्वविद्यालय लगायतका शिक्षण संस्थाहरूले छ महिना सम्मका अनलाइन कोर्सहरू सहुलियत दरमा उपलब्ध गराउने टीहानले बताए।

२० हजारको सङ्ख्यामा उपलब्ध गराइने उक्त कोर्सहरूमा नर्सिङ, शिक्षण, आइटी, विज्ञान र काउन्सेलिङ्ग लगायतका राष्ट्रिय प्राथमिकतामा रहेका विषयहरूमा शुल्क सहुलियत प्रदान हुने पनि ड्यान टीहानको भनाइ थियो।

लगत्तै, केही हप्ता अघि, न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरिजिक्लियनले पनि आफ्नो राज्यका बासिन्दाहरूलाई लक्षित गरेर २२ विभिन्न विषयहरू निःशुल्क पढ्न वा तालिम लिन पाउने व्यवस्था गरिएको बताइकी थिइन्।

"हामीलाई थाहा छ कि अबका ६ महिना कठिन हुनेछन् … टेफ मार्फत २१ निःशुल्क पाठ्यक्रमहरू उपलब्ध गराइएका छन् जसको सहयोगले तपाई आफ्नो सीप अद्यावधिक गर्न वा नयाँ सीप प्राप्त गर्न सक्नुहुन्छ," उनले पत्रकारहरूलाई भनेकी थिइन्।

NSW Premier Gladys Berejiklian.
NSW Premier Gladys Berejiklian. Source: AAP

“यसको मतलब यो कठिन समय सकिएपछिका लागि, मानिसहरूले तयारी गर्न सुरु गर्न सक्दछन्। यदि तपाईँसँग हाल जागिर छैन वा घरबाट काम नगरेको अवस्था हो भने यो तपाईँको लागि सीप अद्यावधिक गर्ने वा नयाँ सीपहरू प्राप्त गर्ने अवसर हो ताकि तपाईंले यो कठिन समय समाप्त गरेपछि कार्यबलमा प्रवेश वा पुन-प्रवेश गर्न सक्नुहुनेछ।"

र, भिक्टोरियाका प्रिमियर ड्यानियल एण्ड्रुज लगायत अन्य राज्य तथा प्रदेशका प्रमुखहरूले पनि यस्तै कार्यक्रमहरू लागू गरेका छन्।

कोभिड-१९ महामारीका कारण काम गुमाएर घरमा बस्न बाध्य हुनु भएको छ र भविष्यमा आफ्नो रोजगारीका अवसरहरूलाई कसरी बढाउने भनेर सोचिरहनु भएकाहरुलाई लक्षित गर्दै हामीले यो गाइड प्रकाशित गरेका छौँ।

न्यु साउथ वेल्स

२२ विभिन्न विषयहरू निःशुल्क पढ्न वा तालिम लिन पाउने व्यवस्था छ तर, यी शुल्क तिर्नु नपर्ने कोर्स गर्न योग्य ठहरिनु पर्दछ।

सर्वप्रथम त तपाईँ न्यु साउथ वेल्सको बासिन्दा हुनु पर्‍यो। अनि, कि त अस्ट्रेलियाली नागरिकता बोकेको हुनुपर्‍यो होइन भने पर्मानेन्ट रेसिडेन्ट। त्यसो त न्युजिल्याण्डको नागरिकता छ वा हाल अस्ट्रेलियामा मानवीय भिसामा हुनुहुन्छ भने पनि काम चल्छ। विद्यार्थी भिसामा भएकाहरू यो कार्यक्रमका लागि “इलिजेबल” वा योग्य ठहर हुँदैनन्।

Western Sydney University students
Training a distanza Source: Supplied

इलिजेबल हुनुहुन्छ भने सर्वप्रथम तपाईंले युनिक स्टुडेन्ट आइडेन्टिफायर (युएसआई) भनिने अद्वितीय विद्यार्थी पहिचानकर्ता नम्बर चाहिन्छ। पहिले नै यसका लागि दर्ता गर्नुभएको छैन यहाँ गएर यो नम्बर लिन सक्नुहुन्छ।

अनि, फेरी आफूलाई मनपर्यो भन्दै कुनै पनि कोर्स गर्न पाइने भन्ने होइन। तपाईँ आफूलाई मन परेको कोर्सका के-कस्ता आवश्यकता छन्, ती बारे पनि बुझ्नु जरुरी छ र ती कोर्स सम्पन्न गरिसक्नुपर्ने समय सीमा र टाइम दिन सक्नुहुन्छ कि हुँदैन भनेर पनि एक पटक सोच्नुहोस्।

कोर्सहरू बारे विस्तृत जानकारी यो लिङ्कमा उपलब्ध छ

भिक्टोरिया

Victoria Premier Daniel Andrews said he doesn't anticipate an end to the current social distancing laws and partial lockdown.
Source: AAP

भिक्टोरियामा हुनुहुन्छ भने त्यहाँको राज्य सरकारले वर्किङ्ग फर भिक्टोरिया नामक एक कार्यक्रम घोषणा गरेको छ। यो कार्यक्रम अन्तर्गत तपाईंले आफ्नो विवरण यहाँ हालेर नयाँ कामका अवसरसम्म पहुँच पाउन सक्नुहुनेछ।

भिक्टोरियाली सुविधा प्राप्त गर्न योग्य ठहर हुनुभएको छ भने तपाईंले नयाँ काम (आफ्नो सिप अनुसारको) पाउन सक्नु हुनेछ वा थप अवसरहरूका लागि आवश्यक तालिम लिन सक्नुहुनेछ।

भिक्टोरियाली सरकारका अनुसार उक्त राज्यमा वर्किङ्ग फर भिक्टोरिया अन्तर्गतको सुविधा लिन तपाईँसँग अस्ट्रेलियामा काम गर्न पाउने अधिकार हुनु जरुरी छ र यसका लागि तपाईँ अन्तर्राष्ट्रिय विद्यार्थी भए पनि योग्य हुनुहुनेछ

कोर्सहरू बारे विस्तृत जानकारी यो लिङ्कमा उपलब्ध छ

क्विन्सल्याण्ड

म त क्विन्सल्याण्डमा पो छु, मेरो लागि के छ त भन्नुहुने पाठकहरूका लागि भने त्यहाँको राज्य सरकारले आइसोलर्न भनेर कार्यक्रम संचालन गरेको छ।

टेफ क्विन्सल्याण्ड अन्तर्गत पढ्न वा तालिम लिन सकिने यी कोर्सहरूले माथि उल्लेखित अन्य राज्यहरू झैँ कुनै विशेष सिप सुधार गर्न सहयोग गर्ने क्विन्सल्याण्ड राज्य सरकारको भनाइ छ।

कोर्सहरू बारे विस्तृत जानकारी यो लिङ्कमा उपलब्ध छ

नर्दन टेरोटेरी

The National Critical Care and Trauma Response Centre based out of Darwin conductedTrauma Education in Jabiru for remote area health workers.
Trauma Education in Jabiru for remote area health workers. Source: NATIONAL CRITICAL CARE AND TRAUMA RESPONSE CENTRE

नर्दन टेरोटेरीमा बस्छु भन्नुहुन्छ भने त्यहाँको राज्य सरकारले कोभिड-१९ का कारण आफ्नो जागिर गुमाएकाहरूले “टेरोटेरी जब्स हब” प्रयोग गरेर काम खोज्न मिल्ने व्यवस्था गरेको छ।

तपाईँ रोजगारदाता हुनुहुन्छ भने उक्त सरकारी सेवा प्रयोग गरेर आफूलाई चाहिएको कामदारहरू खोज्न सक्नुहुन्छ।

टेरोटेरी जब्स हब सेवा प्रयोग गर्न, नर्दन टेरोटेरीका बासिन्दाहरूलाई शुल्क लाग्दैन।

कोर्सहरू बारे विस्तृत जानकारी यो लिङ्कमा उपलब्ध छ

वेस्टर्न अस्ट्रेलिया

वेस्टर्न अस्ट्रेलियाका हाम्रा पाठकहरूले आफ्नो क्षमता बढाउन तालिम वा प्रशिक्षण लिन्छु भन्ने सोच लिनुभएको छ भने तपाईंले आफू नजिकैको “जब्स एण्ड स्किल्स सेन्टर”हरूमा सम्पर्क राख्नुपर्छ।

राज्यभर छरिएर रहेका यस्ता सहायता केन्द्रहरूले निःशुल्क आफ्नो सेवा दिन्छन् र यी सुविधा वेस्टर्न अस्ट्रेलियामा बस्ने सबैलाई प्राप्त हुन्छ।

कोर्सहरू बारे विस्तृत जानकारी यो लिङ्कमा उपलब्ध छ

साउथ अस्ट्रेलिया

International students working in cleaning
International students working in cleaning Source: Getty Images

साउथ अस्ट्रेलियामा हुनहुन्छ भने आर्थिक सहायता पाइने तालिम वा टेफ अन्तर्गतका पढाई - तपाईँ - महानगरीय क्षेत्र वा रिजनल कहाँ बस्नुहुन्छ - त्यसमा भर पर्छ।

अनुदान प्राप्त ती कार्यक्रमहरूमा भर्ना हुन भने तपाईँ कि त अस्ट्रेलियाली नागरिक हुनुपर्छ, होइन भने तपाईँसँग पीआर हुनु जरुरी हुन्छ। तर फेरी यी दुई मध्ये एक सर्त पुरा गरेर मात्र पनि पुग्दैन - तपाईँ साउथ अस्ट्रेलियाको बासिन्दा हुनुपर्‍यो अनि फेरी तपाईँको उमेर १६ वर्ष भन्दा माथि हुनु पनि एक अर्को सर्त छ।

कोर्सहरू बारे विस्तृत जानकारी यो लिङ्कमा उपलब्ध छ

तास्मानिया

यदि तपाईँ तास्मानियामा बस्नुहुन्छ र डाक्टर, नर्स, मीडवाइफ वा अन्य स्वास्थ्य सम्बन्धी काम गर्नुहुन्छ भने कोभिड-१९ विरुद्ध को अभियानमा सघाउन तास्मनिया सरकार आफू मातहत काम गर्न तपाईँ जस्ता हेल्थ प्रोफेस्नललाई आफ्नो रुचि प्रकट गर्न आह्वान गरेको छ।

यसका अतिरिक्त तास्मानियामा केही समय अघिदेखि नै रोजगारी गुमाएका कर्मचारीहरूलाई सहयोगका रूपमा र्यापिड रेस्पन्स स्किल्स इनिसिएटिभ नामको सरकारी राहत योजना लागू छ।

यदि तपाईंले आफ्नो रोजगारी गुमाउनु भएको छ भने तस्मानिया सरकारले तपाईँलाई नयाँ कामको लागि तालिम वा प्रशिक्षण लिन ३,००० डलरसम्म दिन सक्छ।

कोर्सहरू बारे विस्तृत जानकारी यो लिङ्कमा उपलब्ध छ

 

Un'immagine di Hobart
Hobart Source: Getty

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

e968806e-f4c6-4c94-be3c-371e46b231f8

Share

6 min read

Published

Updated



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now