Watch FIFA World Cup 2026™ LIVE, FREE and EXCLUSIVE

‘We hope the voices of all Nepalis will be heard!’

NEPAL-LALITPUR-PARLIAMENTARY ELECTION

LALITPUR, March 5, 2026 (Xinhua) -- People participate in voting during the parliamentary election in Lalitpur, Nepal, on March 5, 2026. Source: AAP / Hari Maharjan/Xinhua/Sipa USA

As Nepal’s election votes are being counted, the Rastriya Swatantra Party (RSP) has established itself as a major political force. Listen to our conversation with members of the Nepali community in Melbourne about their hopes and expectations from Nepal’s next government.


Subscribe to the SBS Nepali podcast here.
Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.

This podcast has been transcribed using AI.

यो विज्ञापन नाटी द्वारा प्रमाणित दोभाषेले उल्था गरेको हो।

This ad is interpreted by a Naati certified interpreter.

प्रमाणित दोभाषेको माध्यमबाट तपाईंले नेपालीमा भन्न चाहेको कुरा हुबहु व्यक्त हुन

-सक्छ। -With a certified interpreter, you can

express exactly what you want to say in Nepali.

साथै तपाईंले भनेको कुरा गोपनीय अनि अपरिवर्तित रहन्छ।

And what you say stays private and unchanged.

-किनकि हामी सबैले बुझिन पाउने हक राख्छौँ। -Because we all deserve to be understood.

नाटी द्वारा प्रमाणित दोभाषे माग्नुहोस्। थप जानकारीका लागि

naati.eu/interpreter हेर्नुहोस्।

SBS नेपाली रेडियो, online र mobile मा।

नमस्ते, SBS नेपाली podcast को यो नयाँ अंकमा तपाईंलाई स्वागत छ। श्रोतावृन्द

नेपालमा बिहीवार मार्च पाँचमा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना अन्तिम

चरणमा रहेको बताइएको छ। तीन वर्षअघि वैकल्पिक शक्तिका रूपमा गठन भएको राष्ट्रिय

स्वतन्त्र पार्टी रास्वपाले भारी मत ल्याएको छ। र मत परिणाम र अब बन्ने नयाँ सरकारबारे

हामीले हालै मेलबर्नका केही नेपाली भाषीहरूसँग कुराकानी गरेका छौँ। नेपालमा

कस्तो परिवर्तन देख्न चाहन्छन् त अस्ट्रेलियाको नेपाली समुदाय?

मेरो नाम रेशमा केसी हो। सरकार जुन बन्दैछ त्यसबाट चाहिँ hopefully अब चाहिँ

मान्छेहरूको need आवाज सुनिन्छ होला। Each and every individual नेपालीलाई चाहिँ

change गर्ने एउटा आफू change हुने एउटा environment बन्छ होला। Resources बन्छ

होला। नेपालीहरूले pay गरेको taxesहरू ठिक ठाउँमा use हुन्छ होला र जति पनि काम अँ

change चाहिनेछ त्यसको आवाजलाई चाहिँ दबाइँदैन। त्यसलाई चाहिँ अझ चाहिँ

प्रोत्साहन गरिन्छ होला। सबै युवालाई र of course entire नेपाली जनताहरूलाई चाहिँ

स-समेटेर चाहिँ काम गरिन्छ होला भन्ने आस छ।

म छवि रमन चौलागाई। अब नेपालमा म अलिकति public sector मा नै बसेर काम गरेर यता आको

कारणले र मेरो experience को कारणले गर्दाखेरि चाहिँ अँ त्यहाँनिर अलिक

structural changeहरू चाहिँ गर्ने पर्ने हुन्छ। basically एउटा political

leadersहरूको change मात्रै होइन कि अथवा व्यक्तिहरूको change भन्दा पनि त्यहाँ

दुई-तिनटा level मा काम गर्नुपर्ने हुन्छ। एउटा bureaucracy को

अँ reformation चाहिन्छ। अनि अर्को चाहिँ नि honesty पनि चाहिन्छ। Political अँ

leadersहरूमा चाहिँ त्यो honesty चाहिँ देखिएको थिएन। किनभने bureaucracy र

political leadersहरू केही मान्छेहरूको खराब नियतको कारणले गर्दा नै देश त्यहाँसम्म

पुग्या हो। यो चाहिँ हामी सबैले accept गर्ने पर्ने हुन्छ। र अब अहिलेको नयाँ

movement बाट आको बन्ने अब नयाँ सरकार basically अब राष्ट्रिय स्वतन्त्र पार्टी

अगाडि देखिराखेको छ। त्यसमा अँ भन्नलाई कुनै हिचकिचाहिँ नै भएन। अब

outcome ले त्यही देखिराखेको छ। र उनीहरूले चाहिँ नि अब government मा गइसकेपछि चाहिँ

निष्पक्ष ढङ्गले अँ यो bureaucracy को reformation गर्ने, अँ कुनै पनि

इलिगल अथवा चाहिँ भ्रष्टाचारसँग सम्बन्धित कुनै पनि मुद्दाहरूलाई नहिचकिचाइकन उठाउने र

त्यसलाई निरूपण गर्ने

अँ गर्यो भन्देखिन् चाहिँ एउटा माहौल पनि बन्छ, एउटा message पनि जान्छ र definitely

देशले एउटा निकास चाहिँ पाउन सुरु गर्छ।

नमस्ते, म कृष्ण डोटेल। अँ यो जनमत स्वतःस्फूर्त रूपमा आको जनमत हो। यो, यो

वैकल्पिक पार्टीको रूपमा अथवा वैकल्पिक शक्तिको रूपमा सृजित नभइकन जनताले नयाँ

चाहाना र नयाँ अपेक्षाका लागि दिएको मतदान हो। यो मतदानको कदर गर्दै अब, अब अहिले आको

leading मा रहेको राष्ट्रिय स्वतन्त्र प्रार्टिको leading मा सायद सरकार बन्न ला।

राष्ट्रिय स्वतन्त्र पार्टीले विगतको इतिहासलाई सम्झेर हिजो रहेको अँ संसदको

सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, त्यसपछिको नेकपा एमाले, त्यसपछिको चाहिँ

नेकपा माओवादी हुँदै गर्दा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीसम्म आइपुग्दा दलहरूले

गरेका गल्ती हिजोको विगतको चाहिँ त्यो जनताको power, supremacy, public supremacy

को जुन underestimation छ त्यो underestimation लाई चाहिँ आत्मसात गरेर यदि

जनताको चाहिँ powerलाई यदि आत्मसात गर्ने हो भने सायद देशमा परिवर्तन आउन सक्छ।

मेरो नाम गीता छेत्री। आफू जन्मेको हुर्केको देश नेपालमा अँ

new and improved Nepal

सुध्रिएको र नयाँ नेपाल जहाँ चाहिँ सबै जनतालाई एउटा समान किसिमको

अ-अवसर अँ मिलोस् भन्ने देख्न चाहन्छु।

चिरञ्जीवी देवकोटा। जुन भारी बहुमत आउने संकेत अहिले अहिलेसम्म देखिएको छ त्यो चाहिँ

अनपेक्षित नै हो। त्यसका केही

अँ मूलभूत

पृष्ठभूमिहरू छन्। जस्तो अँ यो जुन आन्दोलन भयो नि Gen Z को विद्रोह भयो। त्यो Gen Z को

विद्रोहलाई handle गर्ने जुन तरिका

नेपालका शासकहरूले नेपालका political partyहरूले अङ्गाले अंगीकार गरे

त्यसलाई चाहिँ जनताले अस्वीकृत गरिदिएका हुन्।

अँ म डक्टर राजु अधिकारी। नेपाल वि-विकसित

गर्ने बेला

दश वर्ष अगाडि, बिस वर्ष अगाडि जुन opportunity आथ्यो, नेपाल जुन बाटोमा

हिँड्नुपर्ने हो त्यो political fluidity ले गर्दाखेर त्यतातिर हामी कहिल्यै पनि त्यो

infrastructure जुन, जुन एउटा चाहिँ

development को जुन एउटा चाहिँ indicatorsहरू जुन हामीले कडा गर्नुपर्ने हो

pillarहरू त्यो गर्न सकेनौँ। remittence को भरमा हाम्रो economy चलायो। अब अहिले

global politics हेर्दाखेरि remittence पनि एकदमै गाह्रो होला जस्तो छ। अब पुरा Middle

East को हाम्रो त त्यो तीस लाख जति हाम्रो

सबै फर्केको नि remittence भोली आएन भने नेपाल कसरी? अहिले यो जुन change आछ young

generation होइन जुनले commitment गरेर जुन उहाँहरूले त्यो भुगेको भुक्तेको मानिसहरूले

नै politics मा लाएर अब देशलाई change गर्छु भनेर ल्याछ। I think they have got an

energy. They have learnt from their experiences. They know what went wrong. So

I think this is the opportunity for to show them their leadership. Bring Nepal

back to at least in the trajectory of development.

नेपालको निर्वाचनको मतपरिणाम र आउँदो सरकारबाट कस्तो अपेक्षा रहेको छ भन्ने

विषयमा मेलबर्न स्थित नेपाली समुदायका केही सदस्यहरूसँग गरिएको कुराकानी सुन्नुभयो SBS

नेपाली podcast मा। यो सँगै हामी तपाईंहरूलाई जानकारी गराउन चाहन्छौँ कि

कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ताहरू स्वयंका हुन् र यी विचारप्रति SBS को

समर्थन वा विरोध छैन। चुनावसम्बन्धी थप कुराकानीहरू, अध्यावधिक जानकारी र अन्य

सामग्रीका लागि हाम्रो website sbs.com.au/nepali जानुहोस् वा अझै आफ्नो

फोनमा SBS audio app लाई निःशुल्क डाउनलोड गर्नुहोस्।

तपाईंको समुदाय तपाईंको कुराकानी

SBS नेपाली।

online र social मा थप सामग्रीहरू पाउनुहोस् sbs.com.au/nepali मा जानुहोस्

वा Facebook मा SBS नेपालीलाई follow गर्नुहोस्।

Secret agent or Australia's answer to Robin Hood.

-He was quite brilliant. He was a crook. -Mark Fennell presents

Australia's greatest conman. Stream free on SBS on demand.

END OF TRANSCRIPT

Share

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now