‘People used to be arrested for carrying Lhosar pamphlets!'

Ajitman Tamang is a cultural researcher.

Ajitman Tamang is a cultural researcher. Credit: SBS Nepali/Pratichya Dulal (inset), SBS Nepali/Dinita Rishal

The Tamang community welcomed the Year of the Horse by celebrating Sonam Lhosar on January 19 this year. Our Nepali correspondent spoke with cultural researcher Ajitman Tamang about the history of the festival, its cultural significance from diverse perspectives and the meaning of the Year of the Horse.


Subscribe to the SBS Nepali podcast here.

Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves

This podcast has been transcribed using AI.

SBS लाइव स्ट्रिम्स एण्ड पोडकास्ट्स आर सपोर्टेड बाइ एडभर्टाइजिङ।

मोमेन्टम एनर्जी इज वन हन्ड्रेट पर्सेन्ट ओन्ड बाइ हाइड्रो तस्मानिया, हु इन ए सिंगल

आवर, मेक इनफ रिन्युएबल एनर्जी टु फिल फोर हन्ड्रेट थाउजेन्ड बाथटब्स विथ फ्रेशली

पोप्ड पॉपकॉर्न, ओर स्पिन टु हन्ड्रेट मिलियन डिस्को बॉल्स अल एट वन्स, ओर पावर एन

आर्मी अफ टेन मिलियन रोबोट भ्याक्यूम्स रेडी टु टेक ओवर द वर्ल्ड!

ओर जस्ट हेल्प युर लेफ्टओभर्स कोल्ड, इधर ओर। फोर ए पावर कम्पनी बैकड बाई समवन हु कैन

डू ऑल दैट, स्विच टु मोमेन्टम एनर्जी वन हन्ड्रेट पर्सेन्ट।

तपाईँ एसबीएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि

sbs.com.au/nepali जानुहोस्।

[म्यूजिक]

र श्रोताहरू, यो धुनका साथ अवश्य पनि नेपालतिर लाग्ने समय भएको छ कार्यक्रममा। अब

अस्ट्रेलिया, नेपाललगायत संसारभर छरिएका तामाङ समुदायले सोमबार जनवरी उन्नाइसमा

सोनाम लोसार मनाउँदै घोडा वर्षको स्वागत गरेका छन्। सोनाम लोसार भनिने तामाङ

समुदायको नयाँ वर्ष र यसको सांस्कृतिक महत्त्वबारे विभिन्न कोणबाट अनुसंधान गर्दै

आएका एकजना संस्कृतिविद् अजितमान तामाङसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले

गर्नुभएको यो कुराकानी सुन्न तर्फ लागौं अबको प्रस्तुतिमा।

सोनाम लोसारको नेपाली संस्कृतिमा के महत्त्व छ?

यो सोनाम लोसार वास्तवमा आफैमा

हिजो उन्नाइस सय नब्बेभन्दा अगाडि चाहिँ

नेपालले नचिनेको, नदेखेको तर जनस्तरमा जनताको बीचमा ठूलै समुदाय तामाङ, थकाली,

योल्मो, मुगाम्बा, मुगाली र नेपाल र चीनको बोर्डर, सिगात्से, ग्याङसे, पुरानै यो

एरियामा चाहिँ जनताहरूले चाहिँ मान्दै आको पर्व हो। र नेपालको सन्दर्भमा यसको महत्त्व

तपाईंले हेर्नुहोस, तपाईंले स्वयम्भूमाथि उक्लियो भयो भने उता उकालोबाट ठ्याक्कै

पुग्ने बित्तिकै एउटा ठूलो बज्र छ, बज्रको मुनि यही वर्ष चक्रको चाहिँ बदेल चिन्ह छ।

त्यसकारण तामाङहरूले स्वयम्भूलाई चाहिँ फाक्पसिङ्गोन् भन्छ, फाक भनेको बदेल वर्षमा

बनेको बौद्ध छ। बौद्धलाई हामी ज्यारुङ्खासेर भन्छौं। चाङ्गुको त्यहाँ छत्रमा एउटा चाहिँ

मलमास परम्परा देखेको छु, पुस महिनामा अधिक मास जोड्ने, लिपमास जोड्ने। तामाङ समुदायमा

त्यो परम्परा छ। चन्द्र मासमा चाहिँ बाह्रपछि तेह्र जोड्ने, अरूमा चाहिँ असार,

साउनमा जोड्छ, जहाँ चाहिँ एउटै महिनामा दुईटा संक्रान्ति पर्यो भने त्यसलाई जोड्ने

परम्परा छ। यो

ऐतिहासिक रूपमा हेर्यौँ भने पनि नेपाल उपत्यकामा

रहेका प्राचीन पुरातात्विक जो तथ्यहरूले प्रमाणित गर्ने

यो जुन वर्ष चक्र अथवा समय परिवर्तनसँग जोडिएको यो सोनाम लोसार नेपालको लगभग उत्तरी

हिमाली क्षेत्र सबैतिर प्राचीन कालदेखि मनाउँदै आको एउटा पुरानो पर्व हो। पछि सूर्य

सिद्धान्तको पात्र आएर मात्र माघी अहिले माघ एक गते हो, नत्र हामी चन्द्र सिद्धान्त

अनुसार त माघी भए यही बेला नै हो। तत्व जुन

खगोलशास्त्रमा आधारित अँ प्राचीन परम्परा हो यो।

-विशेष गरी कसरी मनाइन्छ यो पर्व? -यो पर्व आउनुभन्दा एक महिना अगाडि नै

गाउँघरमा लिपोत गर्ने, डाँडाकाँडाको त्यो बाटोहरू सफा गर्ने, पँधेराहरू चाहिँ सफा

गर्ने एक महिना अगाडि नै गर्छ। आफ्नो घर परिवार टाढा टाढा पुगेकालाई पनि सकेको जुन

माध्यमबाट समाचार पठाउँछ, यसपालि चाहिँ लोसारमा आउनुहोस् है तपाईं भन्छ। हामी यहाँ

घरको सबैभन्दा जेठो बाठोले आफू सफा सुग्घर भएर आफ्नो कुल कुलानी सबैलाई सम्झेर

अ... दक्षिणा पैसासहित अनि यो अहिले जाडोमा खाने पौष्टिक तत्वहरू खुवाउँछौं र अनि

लोसारलाई चेरङ्गै तपाईं दीर्घायुहोस् भनेर चाहिँ हामीले यसरी आजको दिनमा मान्छौं भने

वास्तवमा सोनाम लोसार भनेको मतलब के हो भने किसानहरू,

जनताहरूले मनाउने चाहिँ लोसार भयो। अब

चाहिँ राजाले अथवा यहाँका शासकहरूले उसको आफ्नो विशिष्ट ठाउँमा रात्रि भोज खुवाउँछ।

जनताले मानिसकेपछिको दिनको लोसार हुन्छ, त्यसलाई राजकीय चाहिँ पर्व अथवा राजकीय भतेर

भन्ने जो चलन छ। सांस्कृतिक रूपमा हेर्यो भने यो ब्रह्माण्ड र सृष्टिको कुरा आगो,

पानी, माटो, वायु है, साच्यु मेलुङ भन्छ, त्यो भनेको चतुर महाभूत, यो साइन्टिफिक छ

त्यो लोसार चाहिँ। हामी वैदिक परम्परामा पञ्चतत्त्व मान्छ। चारवटा चिजलाई बराबर

राख्ने हामी यिङयाङ भन्छ चाइनिजहरूले, हामी याबयुङ भन्छौं।

भनेपछि यो चाइनिज क्यालेन्डरसँग पनि मिल्छ सोनाम लोसार।

यो चाहिँ अब होल एसियाकै उनीहरूको एउटा कमन रूपमा तपाईंले जस्तो चिनीयाहरूले मान्ने,

कोरियन जापानिजहरूले मान्ने, थाइहरूले मान्ने, यो ककेसियनभन्दा यतापट्टिका जुन

पश्चिमतिरका जो क्रिजिसहरू, मुंगोलियनहरू, तिनीहरूले मान्ने, तिब्बती मान्ने, हामीले

मान्ने आधारभूत रूपमा बाह्रवटा वर्ष चक्रै एउटै हो। पाँचवटा खाम तत्वै एउटै हो। किनभने

आकाशको ग्रह, नक्षत्र, पिण्ड त सबैले एउटै नै हुन्छ। तर संस्कारगत हिसाबले संस्कृतिको

-हिसाबले केही फरक चाहिँ छ। -यही कुरा गर्दाखेरि यो वर्ष चाहिँ घोडा वर्ष

भनेर मनाइन्छ होइन? यो चाहिँ कसरी तय गरिन्छ, कुन वर्ष के भनेर?

यो चाहिँ जम्माजम्मी बाह्रवटा जीवजन्तु हुन्छ, मुसाबाट सुरु हुन्छ, यो सातौँ अहिले

घोडा, अब भेँडा आउँछ। म भेँडा वर्ष जन्मेको यसरी थाह हुन्छ। भेँडा वर्ष जन्मेको तपाईँ

कति भयो भने भने बाह्र चौको अठचालिस, अठचालिस र अब साठीमा दुई कम भनेपछि

अन्ठाउन्न भयो भने यसरी थाह हुन्छ के। लोकोर भन्छ, वर्षको चक्र भन्छ। त्यसकारण यो

बाह्रवटा वर्ष चक्र र यो जुन पाँचवटा तत्व खाम भन्छ हामी, त्यो तत्वको आधारमा ग्रह,

नक्षत्र, पिण्डहरूको चलायमान गतिको हिसाब किताब हुन्छ। यो ठ्याक्कै मिल्छ त्यो। यो

पाँचवटा खाम अघिको तत्व र

बाह्रवटा जीवजन्तु तत्व, दुईटा तत्वको गुणा गरे साठ्ठी वर्ष भो। अङ्ग्रेजीमा त्यसलाई

जुपिटर इयर साइकल भन्छ। अनि त्यसैलाई तपाईँ हामी वैदिक परम्परामा बृहस्पति वर्ष चक्र

भन्छ, हामी राब्जिङ लो भन्छौं। उनको गणितमा बाह्र पन्च साठी छ, हाम्रो चाहिँ बाह्रवटा

जीवजन्तुको बाह्रवटा वर्ष अनि पाँचवटा खामको पाँच वर्ष हिसाब गरे साठ्ठी वर्ष भो। अनि

माइनस साठ्ठी वर्ष प्लस साठ्ठी एक सय बीस वर्षको केन्द्रमा बसेर त्यो हजारौँ वर्षको

चाहिँ यो हामी गणितीय चाहिँ ज्योतिषको जस्तो हिसाब निकाल्न सक्छौं। चिनीयाहरूसँग नजिक

नजिक जस्तो यता वैदिकसँग माघ शुक्ल जो प्रतिपदाको कुरा ठ्याक्कै मिल्छ भन्दा। यो

अब एसियामा चलेको हामी पूर्वीया दर्शनको आधारभूत रूपमा यो समय चक्रलाई आधार मान्ने

हो भने यही परम्परा हो एसियाको हामीले हेर्यो भने, मूलत हिमाली भेगका।

... अब यो घोडा वर्षको चाहिँ के महत्त्व छ? अथवा यसलाई कसरी परिभाषा गर्न सक्छ ?

अब जस्तो अहिले घोडा वर्ष त्यो पनि मेल, त्यो पनि फायर। तपाईं अग्नि वर्षमा

जन्मनुभएछ, तपाईं चाहिँ अग्निले के गर्छ? सबैलाई जित्छ हैन्, सबैलाई डढाइदिन्छ। त्यो

पनि कस्तो पर्यो, पोजिटिभ पर्यो भनेको मेल पर्यो। मेल डुमिनेट हुन्छ तपाईंमा। घोडा

वर्षमा जन्मिएको मान्छेहरूलाई यसरी पनि व्याख्या गरेको चैँ उनी चाहिँ धेरै विश्वको

चैँ भ्रमण गर्न पाउने हुन्छ है। त्यो प्रत्येकको हृदयमा घडी पला सेकेण्ड

सेकेण्डको पनि त्याँ त्यो घोडा हुन्छ। जस्तो तपाईंले अहिले घडी हेर्नुभो भने अहिले

ठ्याक्कै

एक बज्यो होइन, एक बजेपछि भयो भने तपाईंको यो एघार बजेबाट चाहिँ मुसा सुरु भो भने दुई

घण्टाको बिचमा भने अब गोरुमा पुगिसक्यो समय। त्यसरी त्यो समयलाई पनि विभाजन गरेको छ।

-महिना पनि त्यस्तै हुन्छ। -सोनाम लोसारलाई सही तरिकाले मनाइएको छ अहिले

-पछिल्लो समय? -आजभन्दा बत्तीस वर्षअगाडि मैले प्याकेट

पात्रो निकाले। आज अब त्यही विस्तृत रूपमा यही पात्रोलाई एकदम डिटेलमा निकाल्ने अब

पण्डितहरू जन्मे अब निस्के। भनेसि नाइन्टीन नाइन्टीको बेला सबै हराइसकेको अवस्था,

खोजिरहनु पर्थ्यो, रिसर्चको कामहरू त्यो बेला भर्खर थोरै थियो। हामी परम्परागत

गाउँमा त मान्थ्यो सधैँ। तर त्यसको जुन ऐतिहासिक यी पक्षहरू चिनियाँहरूसँग कति नजिक

छ, भारतीय वैदिक ज्योतिषसँग कति नजिक छ, तिब्बतीहरूसँग कति नजिक छ र आफैले के गर्छ

भन्ने कुराहरू अहिले बढी व्यापक रूपमा विस्तृत रूपमा आको छ। जस्तो मैले यो

लाइरहेको लुगा

उन्नाइस सय नब्बे ताका मरिसक्या थियो, हराइसकेको थियो। डोर बहादुर बिष्टले चाहिँ

लेख्नुभा थियो, असनमा चाहिँ बेच्न राखेको हुन्थ्यो, त्यो तामाङले लाउँथ्यो। आज त्यो

टोपी, भाद गाउले टोपी भनेर दुनियाँ संसारले लाउने भाछ। यही तामाङ लुगा संसारभरि तपाईं

अष्ट्रेलियाको सिड्नीमा जानुहोस्, लन्डनमा जानुहोस्, न्युयोर्कमा जानुहोस्, आजको सबै

रमाइलो मानिँराको छ नि। निश्चित रूपमा नयाँ पुस्ताले यलाई अहिले चाहिँ सांस्कृतिक

पुनर्जागरणको रूपमा चाहिँ नेपालीहरूले यलाई लिन थालेको छ र यो अघि नै मैले भने

स्वयम्भू, बौद्ध यो काठमाडौँको उद्गम उत्पत्तिसँग जोडिएको छ के मञ्जुश्री तत्वहरू

-छ। -यो मनाउँथालेको धेरै भाको छ जस्तो चाहिँ

-देखिँदैन, यसरी उल्लासका साथ सबै ठाउँमा। -नाइनटिन नाइन्टीमा अगाडि मान्न दिँदैनथ्यो।

हामीले त्यो लोसारको यस्तो पर्चाहरू चाहिँ बोकेर हिड्यो भने पनि हामीलाई समातेर

थुन्थ्यो त्यो बेलामा। मलाई याद छ त्यो बेला दुई हजार पैंतालीस सालको कुरा हो। छयालिस

सालमा बौद्ध आयो नेपालमा, त्यो बेलामा मान्न दिँदैनथ्यो। तर पनि हामी गाउँमा त

मानिरहेको हुन्थ्यौँ। तर यो सहरमा यस्तो चाहिँ नाइन्टीन नाइन्टी पछि मात्रै भव्य

रूपमा भएर नाइन्टीन नाइन्टी थ्रीमा संयुक्त राष्ट्रसंघमा तपाईंको इन्डिजिनियस डिकेड भनेर

संयुक्त राष्ट्रसंघले नै यलाई स्वीकृत दिएपछि नेपालमा पनि बाध्य भएर यो आयो वन

सिक्स नाइन ह्युमन राइट कमिसनको जुन डिक्लेरेसनहरू, त्यो आधारमा हामीले मान्न

थालेम् र। तर अब घरघरमा दैलो दैलोमा बाहिरतिर जागिरमा पैसा कमाउन गएकाहरू,

साथीभाइहरू अझ नेपालमा भन्दा बढी भव्य रूपमा विदेशमा पनि मनाउन थालेका छन्।

सोनाम लोसार होइन, अलि अघि तमु लोसार थियो, अब अलि पछि अर्को लोसार आउँदैछ। यो सबैमा

चाहिँ समानता चाहिँ के छ अथवा भिन्नता के छ?

लुनार एयर सिस्टमको क्याल्कुलेसनले गर्दा यो अन्तरहरू आको हो र यही अन्तरको आधारमा त्यो

बेलाका चाहिँ विभिन्न स्टेटहरू भनौँ न, अहिले सिङ्गै तिब्बत भयो, हामी सिङ्गै नेपाल

भयौँ। त्यो सानो फरक फरक स्टेट हुँदाखेरिको फरक फरक ढङ्गले मान्दै आको देखिन्छ। गणित

ज्योतिषबाट हेऱ्यौ भने एउटै देखिन्छ यिनीहरूको जग।

-त्यो चाहिँ? -त्यो भनेको यो बाह्र वटा यो जुन एनिमल

टुवेल्भ एनिमल साइन, यसको तपाईंको पाँच वटा तत्व र यसको चाहिँ आठ वटा दिशा होइन, र यसका

जुन चरित्र, यसका ओरिजिन, यसको व्याख्या, त्यो इलेमेन्टल भनेर जुन तत्व ज्योतिष

भन्छौं, एउटै हो तत्व ज्योतिष नै हो। खाली यो डेट हामी अघि मैले भनेँ नि वैदिक

परम्परामा पहिले चाहिँ माघ शुक्ल प्रतिपदाकै दिन वर्ष फेर्थ्यो भने पछि आएर त्यो के

भयो? वैशाखमा लग्यो। बुद्ध जयन्ती पनि वैशाखमै हुन्छ र तिब्बती पात्रोमा पनि त्यो

वैशाखमा प्रभाव परेको छ र वैशाख शुक्ल आदिबाट सुरु हुन्छ यो, यो पात्रो। यो चाहिँ

विस्तृत पात्रो। तर चिनियाँभन्दा मुन्तिर आएर तिब्बत भो, नेपाल भो, भुटान भो, या

चाहिँ विस्तृत रूपमा यो जो उनीहरू फागुनमै मान्नेहरूले पनि यो निकालेको देखिँदैन। किन

देखिँदैन भनेको भने यसको बेसिक फन्डामेन्टल आधार एउटै हो। पछि हामी फलाना कम्युनिटी

भनेर आइडेन्टीको खोजीमा गर्दा एकभन्दा फरक आइडेन्टी देखाउनु पर्यो।

[म्युजिक]

र श्रोताबृन्द सोनाम लोसारको सांस्कृतिक महत्त्वबारे विभिन्न कोणबाट अनुसन्धान गर्दै

आएका संस्कृतिविद् अजितमान तामाङसँग नेपाल संवाददाता प्रतिक्षा दुलालको यो कुराकानी

सुन्नुभयो एसबीएस नेपालीमा। र यो सँगै हामी तपाईंहरूलाई जानकारी गराउन चाहन्छौं कि यस

कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको

समर्थन वा विरोध छैन। र तपाईंले चाहिँ लोसार मनाइसक्नुभयो कि मनाउने योजना गर्दै

हुनुहुन्छ कि के छ? आफ्ना योजनाहरू चाहिँ हामीलाई एसएमएसमा अवश्य पनि बताउनुहोस्,

मेसेज गरेर नम्बर हो शून्य चार तीन नौ सात नौ नौ सात छ सात। नम्बर फेरि पनि एकपटक

शून्य चार तीन नौ सात नौ नौ सात छ सात। अब यति भनेपछि लोसारकै गीत पनि सुन्नु

परिहाल्यो र यो गीत सुन्नतर्फ लागौं। सुबानी मोक्तानको आवाजमा स्याजी होइ नाचु नाचु

लाग्यो।

एसबीएस नेपाली एसबीएस साउथ एशियनमा।

...

सोसलमा

थप सामग्रीहरू पाउनुहोस्, एसबीएस डट कम डट एयू स्लैश नेपालीमा जानुहोस् वा

फेसबुकमा एसबीएस नेपालीलाई फलो गर्नुहोस्।

यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाइमा

हामीलाई खोज्नुहोस् वा तपाईंले पोडकास्ट सुन्ने अन्य

सेवामा।

...

END OF TRANSCRIPT

Share

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now