SKIP TO MAIN CONTENT

शैक्षिक ठगी: अवैध गतिविधि रोक्न केही वेबसाइटहरू माथि प्रतिबन्ध

विश्वविद्यालयका विद्यार्थीहरूलाई छलछाल गर्नबाट वञ्चित गर्नलाई उच्च शिक्षा नियामक संस्थाले केही वेबसाइटहरू माथि प्रतिबन्ध लगाएको छ।

A person's hands typing on a computer keyboard.
The 40 academic-cheating websites blocked by the regulator are visited about 450,000 times a month. Source: AP / Elise Amendola/AP

2 min read

Published

Source: AAP, SBS



Skip to article content

मुख्य विषयहरू:

  • उच्च शिक्षा नियामकले ४० वटा वेबसाइटहरू माथि प्रतिबन्ध लगाएको छ
  • ती वेबसाइटहरू प्रति महिना ४,५०,००० पटक प्रयोग हुने शिक्षा मन्त्रीको भनाइ
  • व्यापारिक रूपमा ठगी सेवा प्रदान गर्नेलाई जेल सजाय र जरिवाना

विद्यार्थीहरूले ठगी गर्न प्रयोग गर्ने वेबसाइटहरूलाई अस्ट्रेलियाको विश्वविद्यालय नियामक, टर्सियरी एजुकेसन क्वालिटी एन्ड स्ट्यानडर्ड्स एजेन्सी (टेक्सा)ले पहिलो पटक विशेष प्रोटोकल प्रयोग गरी प्रतिबन्धित गरेको छ।

ती ४० वटा वेबसाइटहरू प्रति महिना करिब ४,५०,००० पटक प्रयोग गरिने शिक्षा मन्त्री जेसन क्लेयरको भनाई छ।

"ठगी गर्ने अवैध सेवाहरूले शैक्षिक अखण्डतालाई खतरामा पार्छ र विद्यार्थीहरूलाई अपराधीहरूको जोखिममा पार्छ - जसले विद्यार्थीहरूलाई पैसा मागेर ब्ल्याकमेल गर्न सक्छन्," उनले एक विज्ञप्ति मार्फत बताएका हुन्।

"यस्ता वेबसाइटहरूमा पैसा तिरेर विद्यार्थीका लागि निबन्ध या असाइनमेन्टहरू किन्ने गरिन्छ, र पैसा तिरेर कसैलाई विद्यार्थी सट्टामा जाँच दिन भनिन्छ।

"यी वेबसाइटहरू ब्लक गरियो भने यसमा संलग्न अपराधीहरूको काममा वाधा पुग्दछ।"

युनिभर्सिटी अस्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत क्याट्रियोना ज्याक्सनको अनुसार "कनट्र्याक्ट चिटीङले" "विश्वविद्यालयको शिक्षाको अखण्डता र सञ्चालनलाई" खतरामा पार्छ।

"यो विश्वविद्यालय र विद्यार्थीहरूका लागि नराम्रो हो, र यस्ता निर्दयी वेबसाइटहरूलाई रोक्न कुनै पनि कदम चाल्नु एक राम्रो कुरा हो।"

नियामकले संचार उद्योग र इन्टरनेट सेवा प्रदायकहरूसँग मिलेर, नयाँ प्रोटोकल प्रयोग गरी यस्तो कदम चालेको यो पहिलो पटक हो।

यी प्रोटोकलले अवैध वेबसाइटहरू ब्लक गरी अस्ट्रेलियाको व्यापार-विरोधी शैक्षिक ठगी कानुनहरू लागु गर्न अनुमति दिन्छ।

सन् २०२० मा ल्याइएका कानुनले व्यापारिक रूपमा ठगी सेवा प्रदान गर्नुलाई अपराध तोकेको थियो।

यसको उल्लङ्घन गर्नेमा दुई वर्ष जेल सजाय र करिब १,११,००० डलर सम्मको जरिवाना हुन सक्छ।

कानुनहरूले संघीय अदालतलाई क्यारिज सेवा प्रदायकहरूलाई त्यस्ता ठगी सेवाहरूमा पहुँच रोक्न बाध्य पार्न पनि अनुमति दिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now