SKIP TO MAIN CONTENT
-

This article is more than 3 years old

अस्ट्रेलियाली धर्तीका परम्परागत मालिकहरू प्रति सम्मान

आदिवासी र टोरेस स्ट्रेट द्विपसमूहका मानिसहरू यो देशका परम्परागत मालिकको रूपमा स्वीकार गर्दै पृथ्वी, जल, आकाश र समुदायसँग उनीहरूको स्थायी तथा निरन्तर सम्बन्ध रहेको एसबीएस स्वीकार गर्छ।

अस्ट्रेलियामा सामान्यतया कुनै भाषण, बैठक लगायतका सार्वजनिक एवम् निजी कार्यक्रमहरू सञ्चालन गर्दा, परिचय आदानप्रदान वा अतिथिहरूलाई त्यस्ता कार्यक्रममा स्वागत गर्नु अघि, ‘एक्नलेड्जमेन्ट टु कन्ट्री’ सम्बोधनबाट यहाँका आदिवासी समुदायहरू प्रति सम्मान व्यक्त गरिन्छ।

‘एक्नलेड्जमेन्ट टु कन्ट्री’, त्यस्ता कार्यक्रम आयोजित भएका स्थानका परम्परागत मालिकहरूको पहिचान खुलाएर सम्मान गर्ने तरिका हो।

एसबीएस अडियो अन्तर्गतका नेपाली लगायतका सबै कार्यक्रमहरू पनि आ-आफ्नै भाषाहरूमा ‘एक्नलेड्जमेन्ट टु कन्ट्री’बाट सुरु हुन्छन्।

आदिवासी र टोरेस स्ट्रेट द्विपसमूहका मानिसहरूको उनीहरूको माटोसँगको सम्बन्ध चिनाउन, अनि विगत र वर्तमानका ज्येष्ठ आदिवासीहरू प्रति सम्मान गर्न हामी यसको प्रयोग गर्छौँ।

अस्ट्रेलिया एउटा यस्तो भूमि हो जहाँको सार्वभौमसत्ता कहिल्यै अरूलाई सुम्पिएको छैन भनी स्वीकार गर्ने पनि यो एउटा तरिका हो।

‘एक्नलेड्जमेन्ट टु कन्ट्री’,को लागि कुनै विशिष्ट शब्दहरू छैनन् र जसले पनि यो गर्न सक्छ।

‘वेलकम टु कन्ट्री’ चाहिँ परम्परागत मालिकहरू, वा एबोरिजिनल एवम् टोरेस स्ट्रेट द्विपसमूहका मानिसहरूद्वारा मात्र वाचन गरिन्छ जसलाई आगन्तुकहरूलाई उनीहरूको भूमिमा स्वागत गर्न परम्परागत मालिकहरूबाट अनुमति प्राप्त हुन्छ।

‘एक्नलेड्जमेन्ट टु कन्ट्री’को एक उदाहरण:

पृथ्वी, जल र आकाशका परम्परागत मालिकहरूलाई स्वीकार गर्दै विगत एवं वर्तमानका अग्रजहरू समक्ष हामी सम्मान व्यक्त गर्न चाहन्छौँ। विश्वको सर्वप्राचीन निरन्तर संस्कृतिलाई हामी सम्मान व्यक्त गर्छौँ।

तपाईंले आफ्नो स्थानीय काउन्सिल, राज्य वा प्रदेश सरकारका वेबसाइटहरू हेरेर वा स्थानीय आदिवासी र आदिवासी सङ्गठनहरूसँग सम्पर्क गरेर आफू बस्ने भूमिका परम्परागत मालिकहरू को हुन् भनी पत्ता लगाउन सक्नुहुन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now