SKIP TO MAIN CONTENT

वृद्धा माथि हातपात गरेको दोषी ठहर भएकी स्याहारकर्मी जेल सजायबाट बचिन, सामुदायिक सेवाको आदेश

अपडेट: यो समाचार पहिलो पटक १४/१०/२०१९ मा प्रकाशित भएको थियो। १६/८/२०१९ मा म्यान्ली स्थानीय अदालत द्वारा गरिएको फैसला विरुद्ध अनिता प्रजापति द्वारा न्यु साउथ वेल्स जिल्ला अदालतमा अपिल गरिएको थियो। गत १८ मार्च २०२० मा जिल्ला अदालत कि न्यायाधीश जे.कुल्भर द्वारा उक्त अपिललाई स्विकार्दै स्थानिय अदालतको फैसलालाई उल्टाएर, मुद्दा खारेज गरिएको छ।

Anita Prajapati with her partner outside Manly Courthouse
Source: Nine Network

2 min read

Published

Updated



Skip to article content

उत्तरी सिड्नी स्थित एक एज्ड केयरमा एक ८० वर्षीय वृद्धा माथि हात हालेको आरोपमा दोषी ठहर भएकी अनिता प्रजापतिलाई १०० घण्टाको सामुदायिक सेवाको आदेश दिइएको छ।

३१ वर्षीय प्रजापतिले न्याराबीन स्थित आफू कार्यरत रहेको वृद्ध स्याहार केन्द्रमा डिमेन्सियाबाट पीडित एक महिलाको मुखमा ‘ओसिलो रुमाल’ कोचेको आरोपमा गए अगस्ट महिनामा उनलाई दोषी ठहर गरिएको थियो।

साथै, गत वर्षको नोभेम्बर महिनामा भएको भनिएको उक्त घटनामा पीडित महिलाको लुगा फेर्ने क्रममा ती महिला माथि हातपात गरेको आरोपमा पनि प्रजापतिलाई अदालतले दोषी पाएको थियो।

तर, प्रजापति र उनका वकिलले चाहिँ “व्यक्तिगत कलह”का कारण एक समकक्षीले उनी विरुद्ध झुटो आरोप लगाएको आफूहरूको अडानलाई कायमै राख्दै आएका छन्।

अक्टोबर ९ मा, म्यान्ली स्थानीय अदालतमा आफ्नो फैसला सुनाउँदै न्यायाधीश मिशेल गुडविनले भनिन कि प्रजापतिले आफू निर्दोष भएको बताइ रहनुले उनको “पश्चात्ताप बापत सजायमा छुट दिने” विकल्प रहेको छैन।

आफ्नो जीवनको नाजुक अवस्थामा रहेका वृद्धहरूको दुर्व्यवहार गर्नु धेरै नराम्रो रहेको भन्दै यस्ता गतिविधिलाई अदालतले नसहने सन्देश समुदायमा जानु जरुरी रहेको पनि न्यायाधीश गुडविनको भनाइ थियो।

अन्ततः उनले अनिता प्रजापतिलाई समुदायमा पूरा गर्न मिल्ने १२ महिने सजाय सुनाउने फैसला गरिन।

Anita Prajapati outside Manly Courthouse in Sydney Australia
Source: Nine Network

उक्त फैसला अनुसार, प्रजापतिले १०० घण्टाको सामुदायिक सेवा पूरा गर्नुपर्नेछ।

गम्भीर शारीरिक हानि नपुगेका हिंसामा दोषी ठहर हुनेहरूलाई दुई वर्ष सम्मको जेल सजाय हुने प्रावधान रहेको छ।

तर प्रजापतिका वकिल डेरेक श्रीधरले चाहिँ अदालतको उक्त फैसला विरुद्ध अपिल गर्ने बताएका छन्।

आफ्ना क्लाएन्ट विरुद्ध झुटो आरोप लागेको र स्वास्थ्य प्रमाणहरूले पनि उक्त नतिजालाई समर्थन नगर्ने भन्दै श्रीधरले पुनरावेदन अदालत समक्ष उक्त मुद्दा लैजाने बताए।

Derek Shridhar
प्रजापतिका वकिल डेरेक श्रीधर Source: Seven Network

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now