SKIP TO MAIN CONTENT

बलात्कार आरोपित बलराम शिवलाई सशर्त जमानत

सन् २०१७ मा कार्लटन स्थित अपार्टमेन्टमा एक २१ वर्षीय महिला माथि कथित यौन हमला गरेको आरोपमा मे महिनामा संयुक्त राज्यबाट सिड्नी ल्याइएका बलराम शिवलाई सशर्त जमानत दिइएको छ।

Balaram shiv
A Nepali national was extradited from the US to Sydney by New South Wales police over allegations of sexual assault in 2017. Source: NSW Police Force

3 min read

Published

Updated

By SBS Nepali

Source: AAP, SBS


Skip to article content

दक्षिण सिड्नीमा एक महिलाको कथित बलात्कार गरेको आरोप लागेका ३५ वर्षीय नेपाली नागरिक बलराम शिवलाई सर्बोच्च अदालतले सशर्त जमानत दिने निर्णय गरेको छ।

शुक्रवार सदरल्याण्ड स्थानीय अदालतमा भएको सुनुवाइमा बलराम उपस्थित थिएनन्।

उनका वकिलले न्यायाधीश समक्ष सर्बोच्चबाट बिहीबार नै जमानत दिने निर्णय भएको जानकारी गराएका थिए। साथमा उनले जमानत प्राप्त भइसके पनि बलराम सुनुवाइ भएको समयसम्म पनि हिरासतमा नै रहेको पनि जानकारी गराएका थिए।

Balaram shiv
NSW Police Force detectives escort the man through Sydney Airport. (NSW Police Force) Source: NSW Police Force

बिहीबार सर्वोच्चमा के भयो ?

बिहीबार स्वास्थ्य अवस्थालाई कारण देखाउँदै कडा सर्तहरूका साथ न्यु साउथ वेल्स सर्वोच्च अदालतले बलरामलाई जमानत दिने निर्णय गरेको थियो।

उनका वकिलले अदालत समक्ष बलराम शिवको मिर्गौला सम्बन्धी समस्याका रहेको भन्दै हिरासतमा धेरै अनुरोधका बाबजुद पनि आवश्यक हेरचाह पुग्न नसकेको बताएका थिए।

गम्भीर आरोप र पहिले पनि कथित बलात्कारको घटना पश्चात् बलरामले अस्ट्रेलिया छाडेको हुनाले प्रमाण र प्रत्यक्षदर्शीहरू लाई बाधा पुर्‍याउन सक्ने जोखिमबारे अभियोजकले अदालतको ध्यानाकर्षण गराएका थिए।

त्यस पश्चात् न्यायाधीश पिटर गार्लिङ्गले अभियोजक चिन्तालाई पनि जायज मान्दै कडा सर्तहरूका साथ जमानत दिए, जोखिम न्यूनीकरण हुने भनेका थिए।

Supreme Court of NSW is seen on King St and Elizabeth St in Central Sydney, Monday, July 20, 2015. (AAP Image/Mick Tsikas) NO ARCHIVING
Balaram Shiv has been granted a conditional bail by Supreme Court of New south Wales. (AAP Image/Mick Tsikas) Source: AAP

बलरामका वकिलले कडा सर्तहरूमा २४ घण्टा नै गृहबन्दि बनाउने र स्वास्थ्य परीक्षणका लागी मात्र घर छोड्न पाउने त्यो पनि प्रहरीलाई खबर गर्नु पर्ने , त्यस्तै ३० हजार डलर धरौटी स्वरूप राखेर जोखिम न्यूनीकरण गर्न सकिने भनेका थिए।

आवेदकले आफू माथि लागेका आरोप 'अस्वीकार' गरेको भए पनि जमानतमा रहँदा भाग्ने सम्भावना रहेको भन्दै सो जोखिमका बिच पनि न्यायाधीश गार्लिङ्गले स्वास्थ्य अवस्थाका कारण जमानत दिने निर्णय गरे।

लङ्ग बे अस्पतालबाट अडियो भिजुयल लिंक मार्फत जोडिएका बलरामलाई निर्णय सुनाउँदै न्यायाधीशले यदि जमानतका कुनै पनि नियम उल्लङ्घन गरे पुनः हिरासतमा फर्किनु पर्ने बारे सजग गराए।

आरोप के हो?

न्यु साउथ वेल्स प्रहरीका अनुसार पर्यटन भिसामा अस्ट्रेलिया आएका बलराम शिवले सन् २०१७ को जुन महिनामा कार्लटन स्थित अपार्टमेन्टमा एक २१ वर्षीय महिला माथि कथित यौन हमला गरेको आरोप रहेको छ।

घटना भएको केही घटना पछि आरोपित व्यक्ति संयुक्त राज्य गएको प्रहरीको भनाइ छ।

संयुक्त राज्यसँगको सुपुर्दगी सन्धिकासाथ सङ्घीय महान्याधिवक्ता समक्ष बुझाइएको आवेदन पछि प्राप्त वारेन्टको आधारमा न्यु साउथ वेल्स प्रहरीका सेन्ट जर्ज इलाका कमाण्डका केही सदस्य न्यु योर्क पुगेका थिए।

Balram Shiv appeared at Sutherland Court in Sydne's south
During the hearing in Sutherland Local Court on Friday, Balaram didn't appear in the court. (AAP) Source: AAP Image/ Mick Tsikas

१७ जनवरी २०१९ मा न्यु योर्क प्रहरीद्वारा हिरासतमा लिइएका उक्त पुरुषलाई लस एन्जलस लागिएको थियो र गए मे २ को दिन न्यु साउथ वेल्स प्रहरी समक्ष सुपुर्दगी गरिएको थियो।

शनिवार, ४ मे को दिन सिड्नी ल्याइएका उक्त पुरुष माथि प्रहरीद्वारा अनुमति बिना यौन सम्पर्क राखेको दुई आरोप र अभद्र क्रियाकलापमा संलग्न भएको पाँच ओटा आरोप लगाएको हो।

भोलि पल्ट आइतबार पश्चिम सिड्नीको पारामाटा अदालतमा उनले जमानतका लागि निवेदन हालेनन्।

त्यसपश्चात् त्यहाँबाट उनको मुद्दा सदरल्याण्ड अदालत सारिएको थियो।

दक्षिण सिड्नी स्थित सदरल्याण्ड अदालतले सोमबार ६ मे को दिन उनलाई जमानत दिन अस्वीकार गरेको थियो।

एसबीएस नेपालीसँग कुरा गर्दै बलरामका वकिलले बलराम सशर्त जमानतमा चाडै हिरासत मुक्त हुने जानकारी दिएका छन्।

शुक्रबारको सुनुवाईमा न्यायाधीश कन्नेलले धेरै समय नलिई आगामी सुनुवाइ अगस्ट ८ मा हुने निर्णय गरेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now