ग्रेस टेम: अस्ट्रेलियाको सन् २०२१ "बर्ष व्यक्ति"

तास्मेनियाकी ग्रेस टेम सन् २०२१ को लागि अस्ट्रेलियाको बर्षव्यक्तिको उपाधिले विभूषित भएकी छिन्।

Washindi wa tuzo zamu Australia wa mwaka 2021: (Kushoto) Grace Tame, Dr Miriam-Rose Ungunmerr Baumann AM, Isobel Marshall, Rosemary Kariuki.

Washindi wa tuzo zamu Australia wa mwaka 2021: (Kushoto) Grace Tame, Dr Miriam-Rose Ungunmerr Baumann AM, Isobel Marshall, Rosemary Kariuki. Source: Salty Dingo

यौन दुराचार र अपराध विरुध्द सक्रिय रहेकी २६ बर्षीय टेम यस उपाधिले सम्मानित हुने पहिलो टास्मेनियाली पनि हुन्। 

यसैगरी, डा. मिरियम-रोज उनगुन्मेर बोमन वरिष्ठ अस्ट्रेलियाली र रोजमेरि करिओकी लोकल हिरोको रुपमा सम्मानित भएका छन्। 

बाइस बर्षीया ईसाबेल मार्शेल भने युवा अस्ट्रेलियालीको रुपमा सम्मानित भएकी छिन्। 

"अस्ट्रेलियन अफ द यर"को सम्मानको चारै कोटिमा एकैपल्ट महिलाहरु सम्मानित गरिएको यो दोस्रो पटक हो।

अस्ट्रेलिया डे काउन्सिलकी प्रमुख डेनियल रकले चारै महिलाहरु पुराना बाँधहरुलाई भत्काउदै आवश्यक अधिकारका लागि लड्न सक्रिय रहेका भनि बताउछिन्। 

“उनीहरुको कारणले गर्दा अन्य धेरैले सजिलो बाटो पाउँछन्,” उनले भनिन्।

बर्ष व्यक्ति: ग्रेस टेम

टेम १५ बर्षको हुँदादेखि उनको गणित शिक्षकबाट बलात्कृत भएकी थिईन्।

यौन दुराचारी शिक्षक पछि जेल गए पनि, स्थानिय कानूनले टेमलाई सार्वजनिक रुपमा उक्त दुराचारको विषयमा कुरा गर्न रोक लगाएको थियो।

2021 Australian of the Year winner Grace Tame.
2021 Australian of the Year winner Grace Tame during the 2021 Australian of the Year Awards ceremony. Source: AAP

पछि उनले ‘लेट हर स्पीक’ अभियानको सहारा लिदै त्यहाँको उच्च अदालतमा आफूले बोल्न पाउनु पर्ने मुद्दा दायर गरिन्, जसमा उनको विजय भयो।

टेमको यो प्रयासले यौनिक दुराचारका पीडितहरुलाई अगाडि आउन मद्दत गर्यो र साथै यस अपराधको बारेमा जनमानसमा जागरुकता जगाउन सहयोग गर्यो।

वरिष्ठ अस्ट्रेलियाली: डा. मिरियम-रोज उनगुन्मेर बोमन

नर्दन टेरिटोरिकी डा बोमन एक अधिकारकर्मीका साथै लेखिका हुन्।

उक्त राज्यकी पहिलो एबोरिजिनल शिक्षिकाको रुपमा योग्यता पाएकी उनले स्थानिय संस्कृति र कला त्यहाँको पाठ्यक्रममा राखिनु पर्छ भनि अभियान चलाएकी थिईन्।

2021 Senior Australian of the Year Dr Miriam-Rose Ungunmerr Buumann AM from the Northern Territory.
2021 Senior Australian of the Year Dr Miriam-Rose Ungunmerr Buumann AM from the Northern Territory. Source: Salty Dingo

सन् २०१३ देखि उनी अस्ट्रेलियाको आदिवासी र अन्य समुदायबिच रहेको असमानतालई कम गर्ने अभियानमा लागेकी छिन्।

युवा अस्ट्रेलियाली: ईसाबेल मार्शल

मार्शलले १८ बर्षको उमेरमा महिलाहरुको महिनावारीका कारणले हुने मानसिक संकोच हटाउन अभियान शुरु गरेकी थिईन्।

उनले आफ्नो सहकर्मीसँग मिलेर महिलाहरु चाहिने प्याड लगायतको पहुँच होस् भन्ने हेतुले एक संस्था पनि शुरु गरेकी छिन्।

Australian of the year
Source: Salty Dingo

अहिले उक्त संस्थाले सियरा लिओन र युगाण्डालगायतका देशमा यि सामाग्रीहरु वितरण गर्दै आएको छ।

लोकल हिरो: रोजमेरि करिओकी

केन्यामा जन्मेकी करिओकी पारिवारिक दुराचार र हिंसाको शिकार भएकी थिइन् । सन् १९९९ मा अस्ट्रेलिया आएकी उनी अहिले यस देशमा आउने नयाँ प्रवासीहरुलाई वृहत समाजमा सम्मिलत गराउन सदैव प्रयासमा रहेकी छिन्।

Australian of the Year Awards 2021 Reception at Governor General's residence Government House in Yarralumla. Portrait of Local Hero nominee Rosemary Karinki of NSW. Reflect.Respect.Celebrate. Australian of the Year Awards 2021 © Salty Dingo 2021
2021 Australia's Local Hero Rosemary Kariuki, from Oran Park, NSW. Source: Salty Dingo

हाल सिड्नीको ओरान पार्कमा बसोबास गर्ने करिओकी, अस्ट्रेलियामा रहेका बिभिन्न समुदायबिच सम्बन्ध गाढिनु पर्छ भन्ने कुरामा विश्वास गर्ने बताउँछिन्।

 


Share

2 min read

Published

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now