स्वास्थ्य अधिकारीहरू खोप उपलब्ध हुना साथ कोरोना विरुद्धको खोप लगाउन आम मानिसलाई आग्रह गरीरहेका छन् ।
फाईजरका ६० हजार खोप प्राथमिकतामा परेका मानिसहरूलाई लगाउने गरी बृहद खोप कार्यक्रम सुरु भएको छ ।
भिक्टोरियामा सोमबार बिहान खोप लगाउने मध्येकी पहिलो महिला मोनास हेल्थकी सरुवा रोग विभागकी प्रमुख रोन्डा स्टुअर्ट हुन् ।
“कोभिड–१९ विरुद्ध दोस्रो च्याप्टर सुरु भएको छ, म एकदमै उत्साहित छु ।” खोप लिए पछि उनले प्रतिक्रिया दिइन् ।
“अबको उदेशय सबै स्वास्थ्यकर्मीहरूलाई खोप लगाएपछि सर्वसाधारणलाई खोप कार्यक्रममा सहभागी गराउने हो ।”
गत वर्षको जनवरीमा भिक्टोरियामा देखिएको कोभिड–१९ को बिरामीलाई उनको टोलीले उपचार गरेको थियो ।

यता ड्यानडेनिङ अस्पतालको सघन उपचार विभागकी नर्स म्यानेजर राचेल होगब्यानले पनि खोप लगाउँदा राहत महसुस भएको प्रतिक्रिया दिइन् ।
“म सोचे भन्दा बढी नै भावनात्मक भएकी छु, एकदमै राहत महसुस गरिरहेकी छु ।” उनले भनिन् ।
देशभरका खोप केन्द्रबाट अङग्रपङतीका स्वास्थ्यकर्मी,सीमा एवम् क्वारेनटिन कर्मचारी,एज्ड केयर र आशक्तता केन्द्रका बासिन्दा एवम् कर्मचारीहरूले खोप लगाउन सुरु गरेका छन् ।
अस्ट्रेलियाका उपस्वास्थ्य प्रमुख मिसेल किडले भने करिब २० प्रतिशत समुदायले खोप कार्यक्रममा समावेश हुन हिच्कीचाईरहेको बताए ।
डाक्टर किडले नियामक निकायले खोपका बारेमा विस्तृत रूपमा खोपको परीक्षण गरेकाले ढुक्क भएर खोप लगाउन अनुरोध गर्छन् ।
अङग्रपङतिका काम गर्ने प्रहरी कर्मचारीले पनि खोप लगाउन सुरु गरेका छन् ।
न्यु साउथ वेल्समा आगामी तिन हप्ता भित्र करिब ३५ हजार खोप लगाइने उद्देश्य राखिएको छ ।

सिड्नीको रोयल प्रिन्स अलर्फेड,वेस्टमिड र लिभरपुल अस्पतालमा पोसाक लगाएका प्रहरी खोपका लागि लामबद्ध रहेको देखिन्थे ।
सिड्नीको रोयल प्रिन्स अलफेर्ड अस्पतालमा कोरोना सङ्क्रमण भएका मानिसहरूको नजिक रहेर काम गर्ने करिब ५ सय मानिसलाई खोप दिइएको छ ।
न्यु साउथ वेल्सकी प्रिमीयर बेरीजिक्लिएनले खोप कार्यक्रमको फाइँदाका बारेमा चर्चा गदै “आउँदो अक्टोबर सम्ममा न्यु साउथ वेल्सका सम्पूर्ण बासिन्दाले खोप लगाउने” आशा व्यक्त गरिन् ।
यता साउथ अस्ट्रेलियामा पनि प्रिमीयर र सरकारका उच्च अधिकारीहरूले खोप लगाएपछि खोप कार्यक्रम सुरु भएको छ ।
साउथ अस्ट्रेलियाले चार हजार खोपका मात्राहरू प्राप्त गरेको छ ।
राज्यका १७ सय अङग्रपङतिका कर्मचारीहरूलाई प्राथमिकतामा राखिएको छ ।
क्विन्सल्याण्डमा पहिलो खोप लगाइएपछि करिब १ सय ७० जना मानिसलाई खोप दिइने बताइएको छ ।
सरकारले अक्टोबर सम्म अस्ट्रेलियाका सबै बासिन्दालाई खोप कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ ।
फाईजर उत्पादित खोपबाट कार्यक्रम सुरुवात भएको भए पनि मार्च देखि एस्ट्रा जेनेकाको खोप पनि उपलब्ध हुने सरकारले बताएको छ ।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।
