SKIP TO MAIN CONTENT

अन्य राष्ट्रमा पक्राउ पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्यामा वृद्धि

अस्ट्रेलियाली नागरिकहरू विदेशी भूमिमा पक्राउ परेका वा अध्यागमन नजरबन्दमा राखिने सङ्ख्या गएका पाँच वर्षमा २५ प्रतिशतले वृद्धि भएको बताइएको छ।

The number of Australians getting arrested overseas is increasing
The number of Australians getting arrested overseas is increasing Source: Getty

2 min read

Published

Updated

Source: AAP



Skip to article content

गत आर्थिक वर्षमा मात्रै १,५०० बढी अस्ट्रेलियाली नागरिकहरू विदेशी भूमिमा पक्राउ परेका वा अध्यागमन नजरबन्दमा परे।

यसरी अस्ट्रेलियालीहरू प्रमुख रूपले पक्राउ पर्ने वा थुनामा राखिने देशहरूमा अमेरिका, थाइल्यान्ड र चीन पहिलो तीन देश हुन्।

त्यसै गरी, फिलिपिन्स र इन्डोनेसिया चौथो र पाँचौँ नम्बरमा छन्।

केही समय अगाडी नेपालमा पनि नेपाली मूलका अस्ट्रेलियाली नागरिकहरू लाई जरिवाना तिराएर छोडिएको थियो भने अघिल्लो वर्ष एक अस्ट्रेलियाली नागरिकले नेपालमा कथित रुपमा धर्म परिवर्तन गराउँदै हिँडेको आरोपमा पक्राउ परेकी थिइन्।

विदेश मन्त्री मरिस् पेयनले सोमबार अस्ट्रेलियालीहरूलाई आफूले भ्रमण गर्ने देश र अस्ट्रेलियाको ऐन कानुन बिच हुने अन्तरका बारे राम्ररी बुझ्न आग्रह गरिन्।

“आफूले भ्रमण गर्ने देशको कानुन बारे बुझ्नु अस्ट्रेलियालीहरूको दायित्व हो। त्यहाँको र अस्ट्रेलियाको कानुन एकै हुँदैनन् र संसारभर नै अलग अलग नियमहरू लागू हुन्छन्। त्यसैले आफ्नो गन्तव्यमा कस्तो कानुन लाग्छ भन्ने बारे जान्नु एकदमै जरुरी कुरा हो,” सिनेटर पेयनले भनिन्।

अमेरिका गएर अस्ट्रेलियाली कन्सुलर सेवा लिने २२९ जना मध्य आधा भन्दा बढी त केवल अध्यागमन कारणहरूले समातिएका थिए।

Hakeem al-Araibi  at the criminal court in Bangkok, Thailand
Hakeem al-Araibi at the criminal court in Bangkok, Thailand Source: AAP

उता, थाइल्यान्डले आफ्नो अध्यागमन कानूनमा कडाइ गरेपछि अस्ट्रेलियालीहरू पक्राउ पर्ने क्रममा ३० प्रतिशतले वृद्धि भएको बताइएको छ।

सरकारका अनुसार, आर्थिक वर्ष १८/१९मा मात्रै ११ मिलियन भन्दा बढी विदेश भ्रमण अस्ट्रेलियालीहरूले गरेका थिए जुन विगत पाँच वर्षमा करिब २० प्रतिशतको वृद्धि हो।

यसरी विदेश गएका अस्ट्रेलियालीहरूले चोरी, अस्पताल भर्ना एवं मृत्यु लगायतका १३,७१५ मामिलाहरूमा सरकारी सहयोग मागेका थिए।

उक्त समयावधिमा श्रीलङ्का र न्युजिल्याण्डमा भएका आतङ्कवादी घटनाहरूका कारण सहयोग माग्ने उक्त सङ्ख्यामा वृद्धि भएको पनि सरकारी भनाइ छ।

अस्ट्रेलियाली सरकार वा राजदूतावासले के गर्न सक्दैन?

  • तपाईँलाई कानूनी सल्लाह वा सहायता प्रदान गर्न
  • कानूनी कागजात अनुवाद वा भावानुवाद गरिदिन
  • नेपालको अदालतमा तपाईँ उपर चलिरहेको मुद्दा-मामिला माथि हस्तक्षेप गर्न
  • नेपाल छँदा घटेका अपराधको छानबिन गरिदिन वा हराइरहेका प्रियजनको खोजी गरिदिन
  • नेपालबाट तपाईँलाई “डिपोर्ट” हुनबाट रोक्न
  • जेल पर्नुभयो भने अन्य कैदी भन्दा राम्रो सुविधाका लागि स्थानीय अधिकारीसँग पहल गरिदिन
  • जमानत वा अन्य कानूनी शुल्क तिरिदिन
  • औषधोपचार गरिदिन
  • पेन्सन वा सेन्टर लिङ्क बापतको रकम हस्तान्तरण गरिदिन

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now