यसै वर्षको सुरुवातमा, हाम्रो टेलिभिजनहरू दुखद दृश्यहरूले भरिएको थियो: जलमग्न घरहरू, टुटेका सडकहरू र घरका छानाबाट डुङ्गामा राखेर मानिसहरूको उद्धार गरिएको।
न्यु साउथ वेल्स राज्यको आपतकालिन सेवाहरूका स्वयंसेवक कलिन ब्रिटनले सिड्नीको उत्तर पश्चिमी हक्स्बरी क्षेत्रका बासिन्दाहरूका लागि त्यस्तो किसिमको बाढी अब नयाँ सामान्य बनेको छ।
"गत वर्षको बाढी धेरै मानिसहरूका लागि पहिलो अनुभव थियो जो पछिल्ला २० वर्षदेखि सो क्षेत्रमा रहँदै आएका छन्।, उनीहरूले हामीले जस्तो बाढी देखेका थिएनन्, जस्तै कि सन् १९९० को। "
उनी थप्छन्, "त्यसैले पहिलो बाढी आश्चर्यजनक थियो र अहिले एक्कासि हामी तेस्रो लहरको बाढी खेपिरहेका छौँ।- र यो निराशाको उच्च बिन्दु हो।"
यस्तो किसिमको मौसमका लागि जलवायु परिवर्तनलाई दोष दिने गरिएको छ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले पृथ्वीमा ठुलो असर पर्ने अवस्था आइसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
"युरोपको तातो हावा बहाव, पाकिस्तानको बाढी, चीन, अफ्रिकी क्षेत्रहरू र अमेरिकामा लामो समसम्म देखिएको खडेरी। प्राकृतिक प्रकोपको यो नयाँ स्वरूपमा केही कुरा पनि प्राकृतिक रहेको छैन। यो मानिसहरूको जीवाश्म इन्धन प्रतिको लतको मूल्य हो।"
प्रोफेसर मार्क हाउडेन अस्ट्रेलियन नेसनल युनिभर्सिटीका जलवायु सम्बन्धी इन्स्टिच्युटका निर्देशक हुन्।
उनी भन्छन् यो गर्मी याममा थप बाढी आउने सम्भावना रहेको छ।
"भाडा भरिएको छ, अब थप वर्षाको मतलब त्यो भाडाबाट पोखिन्छ।"
बाढीको उच्च जोखिमको कारण भनेको मौसम विभागले पूर्वानुमान गरेको मौसमी अवस्था: ला निन्या हो।
यसको मुख्य अर्थ भनेको देशको पूर्वी र दक्षिणी भागमा थप वर्षा हुने हो, त्यो पनि धेरै परिमाणमा।
स्प्रिङ सिजन भरि र गर्मी याम पनि पनि वर्षा हुने यो अवस्थाबारे मौसम विभागका लामो रेन्जको पूर्वानुमानकर्ता डा एन्ड्रु वाट्कीन्स् ला निन्याबारे यस्तो बताउँछन्।
"ला निन्या अवस्थामा प्यासिफिक सागरमा सामान्यभन्दा चिसो तापमान देखिन्छ, र सागरमा देखिएको तापक्रम परिवर्तनले विश्वभरको मौसमी ढाँचामा परिवर्तन ल्याउँछ।"

ला निन्याको अर्थ स्पेनिस भाषामा बालिका भन्ने हुन्छ र प्रोफेसर हाउडेन यसलाई तातो, सुख्खा मौसमी अवस्था वा एल निन्यो- बालक- को ठिक विपरीत हुने बताउँछन्।
ला निन्या प्राकृतिक रूपमा नै देखिने मौसमी अवस्था हो।
पछिल्ला दशकहरूमा अस्ट्रेलियामा यो अवस्था तेस्रो पटक देखिएको थियो।
"हामीले यस अघि केही पटक यो देखेका थियौँ। हामीले यो सन् १९९८ देखि २००१ त्यस्तै १९७३ देखि १९७६ सम्म र १९५४ देखि १९५७ सम्म देखेका थियौँ। त्यसैले यो कहिले काहीँ हुने गर्छ। हामीले यस अघि तिन पटक (यो अवस्था) देखेका थियौँ।"
व्यवहारिक रूपमा यसको असर मिश्रित किसिमको हुन्छ।
बाढीको सम्भावना रहे पनि प्रोफेसर हाउडेन भन्छन् यसले गर्दा डढेलोको जोखिम भने कम हुने देखिन्छ।
ला निन्या अस्ट्रेलियामा फर्केर आएपछि के हुन्छ भनेर यकिनका साथ भन्न नसकिए पनि युनिभर्सिटी अफ न्यु साउथ वेल्सका जलवायु वैज्ञानिक एगस सान्टोसो भन्छन् भविष्यमा देश कहिले जलमग्न हुने र कहिले सुख्खा हुने सम्भावना देखिन्छ।
"ग्लोबल वार्मिंगले एल निन्यो र ला निन्या चक्रलाई थप दरिलो बनाउँछ र चरम ला निन्या र एल निन्यो अवस्थाहरू आउने क्रमलाई बढाउँछ।"
