SKIP TO MAIN CONTENT
Man with a mask speaking to SBS Nepali during a community event in Sydney. Photo by Abhas Parajuli

This article is more than 3 years old

एसबीएसमा काम गर्ने अवसर!

अस्ट्रेलियामा नेपाली भाषा बोल्ने मानिसहरूको बढ्दो सङ्ख्यालाई ध्यानमा राखेर एसबीएसले आफ्नो नेपाली भाषा सेवालाई विस्तार गर्ने निर्णय लिएको छ।

के तपाईँ:

  • सिड्नी वा मेलबर्नमा फुलटाइम कामको खोजीमा हुनुहुन्छ?
  • भिडियो, अडियो र अनलाइन प्रस्तुतिहरूमा दक्खल राख्नुहुन्छ?
  • देवनागरी लिपि प्रयोग गरेर नेपाली भाषामा अस्ट्रेलिया सम्बन्धी समाचार र लेख फटाफट र शुद्धसँग टाइप गर्न सक्नुहुन्छ?
  • अस्ट्रेलियाभरको नेपाली भाषी समुदायहरू बारे जानकार हुनुहुन्छ?
  • सामाजिक सञ्जालमा आउने नयाँ-नयाँ प्रयोगहरूको ज्ञान राख्नुहुन्छ?
  • पत्रकारिता वा सृजनात्मक लेखन वा जनसम्पर्क सम्बन्धी पृष्ठभूमि भएको व्यक्ति हुनुहुन्छ?

यदि यी प्रश्नहरूका लागि तपाईँको उत्तर सकारात्मक छ भने, अस्ट्रेलियाको बहुभाषिक सार्वजनिक प्रसारण संस्था, एसबीएसमा काम गर्ने मौका तपाईँको हुन सक्छ!

यी पदहरू हाम्रो सङ्गठनका लागि महत्त्वपूर्ण रहेकाले, हामी सकेसम्म चाँडो तपाईँको आवेदनको समीक्षा गर्न चाहान्छौं।

सिड्नीको पद बारे विस्तृत रूपमा बुझ्न र आवेदन हाल्न यहाँमेलबर्नको पद बारे विस्तृत रूपमा बुझ्न र आवेदन हाल्न यहाँ थिच्नुहोस्!


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now