SKIP TO MAIN CONTENT

तलब "चेक" गर्न आग्रह

यो महिनाको सुरु देखि वृद्धि हुने भनिएको न्यूनतम तलब रोजगारदाताले प्रदान गरेका छन् कि छैनन् भनेर आफ्नो ‘पे-स्लिप’ जाँच गर्न युनियनहरूले अस्ट्रेलियाभरका २२ लाख कामदारहरूलाई आग्रह गरेका छन्।

A standard pay packet showing twenty- and fifty-dollar notes.
A three per cent wage increase applies to all employees on awards from July 1. (AAP) Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

मे महिनाको आखिरीमा आफ्नो वार्षिक समीक्षा पछि फेयर वर्क कमिसनले जुलाई १ देखी लागु हुने गरी राष्ट्रिय न्यूनतम ज्याला दर ३ प्रतिशतले बढाउने निर्णय सुनाएको थियो।

उक्त निर्णय अनुसार, अस्ट्रेलियाका सबैभन्दा न्यूनतम ज्यालामा काम गर्ने मानिसहरूले प्रति घण्टा १८.९३ डलर को सट्टा १९.४९ डलर पाउनुपर्छ।

यस अनुसार, न्यूनतम ज्यालामा ‘फुल टाइम’ काम गर्ने मानिसहरूको कमाई हप्तामा ७४०.८० डलर हुन आउँछ।

Sally McManus has called on the union chief to resign, following the apparent comments.
Sally McManus has called on the union chief to resign, following the apparent comments. Source: AAP

अस्ट्रेलियन ट्रेड युनियन परिषद्की महासचिव स्याली म्क्मानसका अनुसार मानिसहरूले आफ्नो ‘पे-स्लिप’ राम्ररी हेरेर त्यसमा बढेको तलब देखिएको छ कि छैन भनेर हेर्नु जरुरी छ।

“कोही रोजगारदाताहरुले भुलवश पुरानै दरको तलब आफ्ना कामदारलाई पठाएका हुन सक्छन् भने कतिले चाहिँ मेरा कामदारलाई यसबारे केही थाहा नै छैन भनेर ठग्ने नियत राखेका हुन सक्छन्,” उनले भनिन्।

रिटेल र हस्पिट्यालिटिमा काम गर्नेलाई मार

रिटेल र हस्पिट्यालिटि भनेर जानिने खुद्रा पसलहरू र होटेल अनि रेस्टुरेन्ट आदिमा काम गर्नेहरूका लागि भने यो तीन प्रतिशत तलब वृद्धि पुरै प्राप्त हुने छैन।

विशेष गरी, आइतबार काम गरे बापत पाइने ‘सन्डे पेनाल्टी रेट’मा भएको कटौतीका कारण उनीहरूले उक्त वृद्धि पुरै नपाउने हुन्।

स्वतन्त्र कानुनी प्राधिकरणका रूपमा काम गर्ने “रेमुनरेसन ट्राईब्युनल”ले गरेको एक निर्णयको फलस्वरूप यी दुई क्षेत्रमा आइतबार काम गर्ने करिब सात लाख भन्दा बढी मानिसहरूले आफ्नो पेनाल्टी रेटमा कटौती व्यहोर्न परेको हो।

यसका साथै, फास्ट फुड अवार्ड अन्तर्गत लेभल १ का कामदारहरू र फार्मेसी अवार्डमा काम गर्नेहरूलाई पनि आइतबार काम गरे बापत पाइने ‘पेनाल्टी रेट’मा भएको कटौती व्यहोर्नु पर्नेछ।

How much cut in Sunday penalty rates
आइतबार काम गर्ने कसले कति गुमाए? Source: SBS Nepali

तर अस्ट्रेलियन इण्डस्ट्रि ग्रुपका प्रमुख कार्यकारी इन्नेस विल्कसको कुरा मान्ने हो भने केही क्षेत्रहरूमा पेनाल्टी रेट घटेता पनि समग्र रूपमा तलब बढेकै छ।

“अस्ट्रेलियन ट्रेड युनियन परिषद्ले आइतबारको पेनाल्टी रेट घटेर कामदारहरूलाई घाटा हुने कुरा जुन बताई रहेको छ, स्वतन्त्र रूपमा त्यसको तथ्यहरू जाँच गरेपछि उसका भनाइहरू सदा झैँ काल्पनिक हुन् भन्ने प्रस्ट हुनेछ, उनले भने।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now