SKIP TO MAIN CONTENT

एस्ली बार्टी: बिग ब्याश लिग क्रिकेट खेलेकी अस्ट्रेलियाली बनिन विश्व टेनिस चाम्पियन

दुई हप्ता अगाडी मात्र आफ्नो पहिलो ग्रयाण्ड स्ल्याम जितेकी अस्ट्रेलियाली खेलाडी एस्ली बार्टी महिला विश्व नम्बर एक टेनिस खेलाडी बनेकीछन्।

Barty reacts to becoming world No.1

Ashleigh Barty reacts to becoming world number 1 after her WTA Birmingham Classic title win.

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

आदिवासी टेनिस चाम्पियन एस्ली बार्टीले महिला विश्व वरियतामा पहिलो स्थान हात पार्दै गए ४३ वर्षमै उक्त कीर्तिमान बनाउने पहिलो अस्ट्रेलियाली महिला बनेकी छन्।

बर्मिङ्घम क्लासिकको फाइनलमा आफ्ना प्रतिद्वन्दी जुलिया जोर्जेसलाई पराजित गर्दै उनले जापानी खेलाडी नाओमी ओसाका बाट पहिलो स्थान खोस्न सफल भएकी हुन्।

Ashleigh Barty and Andy Richards.
Coach Andy Richards says Ashleigh Barty had the talent to go all the way to the top as a cricketer. (AAP) Source: AAP

दुई हप्ता अगाडी मात्र २३ वर्षीय बार्टीले फ्रेन्च ओपन प्रतियोगिताका साथ् आफ्नो पहिलो ग्रयाण्ड स्ल्याम टेनिस प्रतियोगिता जितेकी थिइन्।

सन् २०१४ मा टेनिस बाट सन्यास लिंदै क्रिकेट खेल्न सुरु गरेकी बार्टीले ब्रिसबेन हिटका लागि बिग ब्याश लिगमा पनि खेलेकी थिइन्।

तर टेनिस प्रतिको आफ्नो रुचीलाई निरन्तरता दिंदै क्वीन्सल्याण्ड निवासी सन् २०१६ मा फेरी उक्त खेलमै फर्किएकी हुन्।

विशेष गरि आफ्नो लागि गए तीन वर्ष धेरै नै उपलब्धि मुलक रहेको उनि बताउँछिन्।

एस्ली बार्टी भन्दा अगाढी विश्व वरियतामा पहिलो स्थानमा पुग्ने अस्ट्रेलियाली महिला पनि आदिवासी पृष्ठभूमिकै  खेलाडी थिइन्।

सन् १९७६ मा गूलागोन्ग कलीले दुई हप्ता सम्म उक्त कीर्तिमान कायम राख्न सफल भएकी थिइन्।

तर कलीलाई आफ्नो गूरुको रूपमा लिने बार्टीले चाहिं आफ्नो पछिल्लो सफलताले पनि आफुलाई कलीको समान नपुर्‍याउने बताएकी छन्।

आगामी जुलाई १ देखि सुरु हुने विम्बल्डन टेनिस प्रतियोगितामा एस्ली बार्टी महिला विश्व नम्बर एक खेलाडीको रूपमा सहभागी हुने छिन् ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now