SKIP TO MAIN CONTENT

एजियो: आतङ्कवाद सम्बन्धी भाषामा परिवर्तन, अस्ट्रेलियामा विदेशी जासुसका जालो तोड्न सफल

अस्ट्रेलियाको सुरक्षा तथा गुप्तचर सङ्गठनले बुधवार हिंसात्मक खतराहरूको बारेमा बोल्दा, "दक्षिणपन्थी उग्र वाद" र "इस्लामिक कट्टरपन्थी" जस्ता शब्दावलीको प्रयोग नगर्ने बताएको छ।

ASIO boss Mike Burgess warns Neo-Nazis are among the nation's most challenging security matters.
ASIO boss Mike Burgess has warned Neo-Nazis are among the nation's most challenging security matters. Source: AAP/Getty Images

3 min read

Published

Updated

By Emma Brancatisano



Skip to article content

अस्ट्रेलियन सेक्युरिटिज इन्टेलीजेन्स अर्गनाइजेसन (एजियो) भनेर चिनिने सो सरकारी नियोगका प्रमुखले त्यस्ता शब्दावलीहरू अब प्रयोग गर्नु उपयुक्त नरहेको बताएका हुन्।

अस्ट्रेलिया माथि रहेको खतराको मूल्याङ्कन बारे आफ्नो दोस्रो वार्षिक भाषणका क्रममा, एजियोका महानिर्देशक माइक बर्जेसले अबदेखि एजियोद्वारा हाल देखा परिरहेका संवेदनशील सुरक्षाका घटनाहरूलाई, "हिंसात्मक रूपको वैचारिक चरम पन्थीबाट प्रेरित" र "धार्मिक हिंस्रक कट्टरपन्थीबाट प्रेरित" का रूपमा परिभाषित गर्नेछ।

उनले भने, "शब्दहरू महत्त्व राख्छन्। कुनै पनि मुद्दालाई कसरी चित्रण गर्ने र मानिसहरू ती विषयका बारेमा के सोच्छन् भन्ने कुरामा नयाँ परिभाषा शक्तिशाली साबित हुन सक्छन्।"

"एजियोले कहिल्यै पनि मानिसहरूको राजनैतिक विचारधारा आधारमा उनीहरू माथि अनुसन्धान गर्दैन, त्यसैले दक्षिणपन्थी वा वामपन्थी जस्ता लेबल प्रयोग गर्दा खतराको सही मूल्याङ्कन हुनु भन्दा हाम्रो ध्यान प्राय: अन्यत्रै जान्छ।"

Director-General of ASIO, Mike Burgess
Director-General of ASIO, Mike Burgess Source: AAP/MICK TSIKAS

माइक बर्जेसका अनुसार, यसै गरी मानिसहरूको कुन धर्ममा आस्था छ भन्ने कुराले उनीहरू माथि हुने एजियोको अनुसन्धानलाई निर्देशित गर्दैन।

"फेरि, हामीले हर्ने भनेको त हिंसा हो र 'इस्लामिक कट्टरपन्थी' जस्ता शब्दावली प्रयोग गर्दा यो कुरा सधैँ प्रस्ट हुँदैन," उनले भने।

बर्जेस भन्छन् कि "इस्लामिक कट्टरपन्थी" जस्ता शब्दावलीलाई, मुसलमानहरूले "हानिकारक" र "इस्लामको गलत परिभाषा"को रूपमा पनि लिन सक्छन् किनकि समुदायका अन्य मानिसहरूले यसलाई सामाजिक विभाजन निम्त्याउन, सबै मुसलमानहरूलाई एउटै खालको दृष्टिकोणले हर्ने जस्ता कार्यहरूलाई बढवा दिन सक्छ।

"खतराको परिभाषा बद्लिँदै जाँदा, हामी पनि सोही रूपले परिवर्तन हुँदै जानुपर्दछ।"

एजियोले चरम पन्थी क्रियाकलापहरूका बारेमा गर्ने अनुसन्धानहरूको सङ्ख्या बढ्दै गएर, हाल आफूहरूले गर्ने कामको ३० देखि ४० प्रतिशत समय हिंसात्मक रूपको वैचारिक चरम पन्थीलाई निस्तेज तुल्याउन खर्च हुने पनि उनको भनाई छ।

"यस्ता सुरक्षात्मक खतराको कुरा गर्दा मानिसहरूले कपाल खौरिएका, स्वस्तिक (नाजी सङ्केत ) चिन्हको ट्याटु खोपेका र बुट बजार्दै सहर बजारका भित्री बाटामा हिँड्ने व्यक्ति नै त्यस्ता अवान्छनिय तत्त्व होलान् भन्ने सोच्छन्। तर प्राय: जसो, यिनीहरू मध्यम वर्गका अभिव्यक्त र सुशिक्षित युवा रहेका छन् जसलाई सजिलै पहिचान गर्न सकिँदैन," महानिर्देशक माइक बर्जेसले भने।

बर्जेसका अनुसार, साधरणतया यस्ता अनुसन्धानमा २५ वर्षका युवाहरू प्रमुख रूपमा लाग्ने देखा परेको छ, तर त्यो भन्दा पनि १५ र १६ वर्षे उमेर समूहका किशोर-किशोरीहरुलाई बढ्दोरुपमा कट्टरपन्थी बनाउने क्रियाकलाप थप चिन्ताजनक कुरा हो।

भविष्यमा यसबाट थप खतरा हुनसक्ने कुरा नकार्न नसकिने पनि उनको धारणा छ।

क्यानबेरामा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै एजियोका महानिर्देशकले, विदेशी जासुसहरूको गुँडलाई नै गत वर्ष अस्ट्रेलियाबाट हटाइको पनि खुलाए।

ASIO Director General Mike Burgess
ASIO Director General Mike Burgess Source: AAP

अस्ट्रेलियाका अवकाश प्राप्त तथा बहालवाला राजनीतिज्ञ, विदेशमा रहेका दूतावासहरू र एक राज्यको प्रहरी सेवासम्म आफ्नो पहुँच बढाएर विदेशी जासुसहरूले बनाएको जालोलाई आफूहरूले भत्काउन सफल भएको पनि उनको भनाई थियो।

"उनीहरूले अस्ट्रेलियाली सरकारको सुरक्षा घेरा भित्र रहने अधिकार प्राप्त एक व्यक्तिलाई, आफू अनुकूल प्रयोग गर्ने गरी तयार पारेर आफ्नो सेवामा भर्ती गरे," माइक बर्जेसले आफ्नो भाषणको क्रममा सुनाए।

"ती अधिकारीसँग अस्ट्रेलियाको प्रतिरक्षा सम्बन्धी अति संवेदनशील विवरणसम्मको पहुँच थियो।"

यस कार्यमा संलग्न विदेशीहरूलाई व्यावसायिक रूपमा देशबाट निष्कासित गरिएको र त्यसरी सहयोग गर्ने ती सरकारी कर्मचारीको पनि सुरक्षा घेरा भित्र रहेर काम गर्न सक्ने सुविधा रद्द गरिएको उनले जानकारी दिए।

यसका साथै, अस्ट्रेलिया माथि विदेशी जासुसहरूद्वारा हुने खतराहरूलाई अब "अभूतपूर्व घटना" नमाने पनि हुने बर्जेसले बताएका छन्।

कोरोनाभाइरस महामारीका कारण चरमपन्थीहरुका साथै अन्य देशका जासुसहरूले इन्टरनेटको प्रयोग बढाउन थाल्दा थप चुनौतीहरू देखा परेको उनको कथन छ।

"यसरी इन्टरनेटको कुनै कुनामा आफ्नै जस्तो विचारधारामा विश्वास राख्ने अन्य मानिसहरूसँग घुलमिल हुँदा, त्यसले ती व्यक्तिहरूलाई चरम पन्थी बनाउन सहयोग गर्न सक्छ," उनले भने।

अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्नको लागि यो लिङ्क हेर्नुहोस्: https://podfollow.com/sbs-nepali


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now