SKIP TO MAIN CONTENT

म्यानमारमा प्रदर्शनकारीहरु माथिको पछिल्लो कारबाहीमा कम्तिमा १८ जनाको मृत्यु

म्यानमारमा शैन्य शासन विरुद्धको पछिल्लो प्रदर्शनको क्रममा कम्तिमा १८ जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले बताएको छ।

People carry an injured man after police cracked down on demonstrators during a protest against the military coup in Mandalay, Myanmar, 28 February 2021.
People carry an injured man after police cracked down on demonstrators during a protest against the military coup in Mandalay, Myanmar, 28 February 2021. Source: AAP

2 min read

Published

By SBS Nepali

Source: AFP, SBS



Skip to article content

म्यानमारमा सत्ता कब्जा गर्ने शैन्य कदमको बिरोधमा सडकमा ओर्लिएका प्रदर्शनकारीहरु माथिको कारबाहीमा कम्तिमा १८ जनाको मृत्यु भएको "विश्वसनीय जानकारी" आफुसंग रहेको राष्ट्रिय संघीय निकायको भनाइ छ।

गत चार हप्ता देखि देशमा बिरोध प्रदर्शन जारी रहंदा, सुरक्षा निकायहरुले प्रदर्शनकारीहरु माथिको कदम पनि कडा बनाउदै गएको बताइएको छ।

यसैक्रममा आइतबार सुरक्षाकर्मीहरु द्वारा देशका विभिन्न स्थानमा प्रदर्शनकारीहरु माथि गोली प्रहार गरिएपछि "कम्तिमा १८ जनाको मृत्यु भएको र ३० जना भन्दा बढी घाइते भएको" मानव अधिकार कार्यालयले बताएको हो।

"प्रहरी र शैन्य समूहहरुले शान्तिपूर्ण प्रदर्शनहरुमा हस्तक्षेप गर्दै घातक बल प्रयोग गरिएको रिपोर्ट प्राप्त भएका छन्", राष्ट्र संघीय कार्यालयको भनाइ छ।

एक विज्ञप्ति मार्फत राष्ट्र सङ्घीय मानव अधिकार उच्च आयुक्त को कार्यालय कि प्रबक्ता रभिना शम्दासनीले म्यानमारमा प्रदर्शनकारीहरु माथिको "बढ्दो हिँसा" को कडा आलोचना गर्दै "शान्तिपूर्ण प्रदर्शनकारीहरु माथि बल प्रयोग गर्न तुरुन्तै रोकिनुपर्ने" माग पनि गरेकिछिन्।

प्रदर्शनकारीहरु माथि अश्रुग्यास र स्टन ग्रिनेड पनि प्रयोग गरिएको उनको भनाइ छ।

गत वर्षको नभेम्बर महिनामा म्यानमारमा सम्पन्न भएको आम निर्वाचनमा नेत्री आङ्ग सान सु ची को न्याशनल लीग फर डेमोक्रेसी द्वारा बहुमत हात पार्न सफल भएता पनि शैन्य अधिकारीहरुले चाहिं चुनावमा व्यापक धाँधली भएको आरोप लगाउदै गत फेब्रुवरी १ को दिन सु की लगायत एनएलडीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिंदै सेना प्रमुखले देशमा संकटकालको घोषणा गरेका थिए।

अस्ट्रेलियाली विदेश मामिला र व्यापार बिभाग द्वारा पनि म्यानमारमा जारी हिँसा प्रति चिन्ता व्यक्त गरिएको छ।

"शान्तिपूर्ण प्रदर्शनकारीहरु माथिको बढ्दो हिँसा अस्वीकार्य रहेको छ। हामी म्यानमारका सुरक्षा बलहरुलाई आम मानिसहरु माथि घातक बल प्रयोग नगर्न पनि आग्रह गर्दछौं", विदेश मामिला र व्यापार बिभाग का एक प्रबक्ताले बताए।

मानव अधिकार सम्बन्धि राष्ट्र संघीय प्रमुख मिशेल बाशले ले पनि निर्वाचित सरकारका सदस्यहरुका साथै मनमानी रूपमा हिरासतमा लिइएका सबैलाई रिहा गरिनुपर्ने माग पनि गरेकी छिन्।

"प्रहरी र सुरक्षाकर्मीहरुले बढ्दो संख्यामा राजनीतिक अधिकारी, अभियन्ता, नागरिक समाजका सदस्य, पत्रकार र स्वास्थ्यकर्मीहरु लगायत विपक्षी समूहका सदस्य र प्रदर्शनकारीहरुलाई लक्षित कारबाही गरिएको छ", उनले भनिन्।

"आज मात्र प्रहरी द्वारा प्रदर्शनका क्रममा उपस्थित रहेका कम्तिमा ८५ जना स्वास्थ्यकर्मी र विद्यार्थीहरुका साथै, सात जना पत्रकारहरुलाई पनि हिराशतमा लिइएको छ।"

साथै म्यानमारमा प्रजातन्त्रको पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदाय द्वारा त्यहाँका जनताहरु प्रति एक्यबद्धता जनाउनु पर्ने पनि राष्ट्रसंघीय मानव अधिकार प्रमुखले बताइन।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now